Pokharapatra National Daily

जनैपूर्णिमाको शुभकामना

हिन्दु धर्मावलम्बीले मनाउने चाडपर्व मध्ये जनैपूर्णिमा विषेश महत्त्वको छ । आजको दिनलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ । जनैपूर्णिमामा नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ । पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँधीदिने गरिन्छ । भारतीय चलन नेपालमा सरेको छ । राखी कुटनीति पनि हुन थालेको छ ।
प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालालाई राखी बाँधेर भारतीय सत्तारूढ पार्टीसँग सम्बन्ध सुधारको काम गरेकोले कुटनीति पनि बन्न पुगेको छ । यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ । क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ ।
गुरु विधिपूर्वक मन्त्रिएको जनै धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पूर्णिमाको दिन विधिपूर्वक वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने नेपालमा प्रचलन छ । त्यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै एवं डोरो धारण गरिन्छ । जनै पूजा, पितृ कार्यमा समेत अत्यावश्यक हुन्छ । डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्व हुन्छ । हिन्दु धर्मावलम्बीले जनै पूर्णिमाको अवसरमा धेरैले नयाँ जनै ग्रहण गर्ने गर्छ । धेरै महत बोकेको चाडलाई सबैले मनाउन सक्ने बनाउन सकेमा जनैपूणिर्माको महत्व बढेर जानेछ । जनैपूर्णिमाको सबैमा हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...