Pokharapatra National Daily

बहुमत पाउनै नहुने

नेपालमा बहुमतको सरकार बनेको बेला सत्तारुढ दल भित्रको विवादले कार्यकाल पुरा नहुदै सरकार ढलेका छन् । २०१७ सालमा नेपाली कांग्रेसको दुई तिहाईको सरकार राजा महेन्द्रले अपदस्त गर्दा आन्तरिक विवाद थियो । पार्टी भित्रको दुई लाइनको संघर्षकै कारण दुई तिहाई पाएको सरकार डेठ वर्षमै ठल्यो । त्यसपछिका ३० वर्ष दलविहिन व्यवस्थामा पनि कुनै पनि सरकारले ५ वर्षको कार्यकाल पुरा गर्न सकेनन । दलबिहिन पञ्चायत व्यवस्था ढालेर प्रजातन्त्र पुनस्थापनापछि कांग्रेसले बहुमत पायो । कांग्रेसले २०४८ सालमा पाएको बहुमत पार्टीभित्रको आन्तरिक विवादका कारण २०५१ सालमा प्रतिनिधि सभा विघटन भयो ।
वहुमतका प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेस र एमाले सर्वोच्च अदालत पुगे । अदालतले चुनावमा जाने निर्णयलाई सदर ग¥यो । कांग्रेसको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन हुन पुग्यो । पार्टी भित्रको विवादका कारण सरकार अस्थिर बन्ने क्रम रोकिएन । पार्टी विवादका कारण २०५१ मा ठूलो दल बनेको एमाले फुट्यो । २०५६ मा कांग्रेसले फेरि बहुमतको दावी गर्दै चुनाव ग¥यो । बहुमत प्राप्त गु¥यो । कांग्रेस भित्रको विवादका कारण पार्टी विभाजन भयो । २०५८ सालका प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभा विघटन गरे । सर्वोच्चले विघटन सदर ग¥यो । अल्पमतका प्रधानमन्त्रीले गरेको विघटन मनमोहन अधिकारी र सूर्य बहादुर थापाले गर्दा वदर भयो । सरकार अस्थिर हुने त्रम अहिलेसम्म रोकिएको छैन । २०६४ सालमा संविधान सभाको चुनावमा प्रत्यक्षमा बहुमत पाएको नेकपा माओवादी पनि आन्तरिक विवादका कारण सरकारबाट राजीनामा गर्नुपर्ने अवस्था आयो ।
एउटा कार्यकालका चारवटा प्रधानमन्त्री वन्दा पनि संविधान जारी भएन । प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर चुनावी सरकार बन्यो । सरकारको नेतृत्व गरेकै दलभित्रको विवादले गर्दा सरकार ठल्ने क्रम जारी रहेको छ । नेपाली जनताले नेकपालाई झण्डै दुई तिहाइको बहुमत दिए पनि आन्तरिक विवादले सरकारले कामै गर्न सकेन । प्रतिनिधिसभा विघटन हुन पुग्यो । पार्टी विभाजिन भयो । विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा चलिरहेको छ । फैसला जे आए पनि नेकपा सग्लो हुनेछैन । दल विभाजनका कारण त्यसको लाभ विपक्षी कांग्रेसले लिने देखिएको छ । विभाजित भएमा दुवै नेकपाले कांग्रेसलाई प्रधानमन्त्री दिन सकिने वताइसकेका छन् । प्रतिनिधिसभा पुनस्थापन भए सरकारको नेतृत्व दिने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपालले सन्देश दिएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई छोड्न भन्दा कांग्रेस सभापति शेर बहादुर देउवालाई छोडन तयार भएका छन् ।
चुनाव भए पनि दुई नेकपाको चुधाईमा कांग्रेसले फाइदा पाउने निश्चित छ । नेकपा विभाजनको असर प्रदेश नं. १ र बागमती प्रदेश सरकारमा परेको छ । दुवै प्रदेशका मुख्य मन्त्री विरुद्ध नेकपाकै प्रचण्ड नेपाल समुहले अविश्वास प्रस्ताव ल्याएको छ । कांग्रेसले मुख्यमन्त्री पाउने भएमा अविश्वास प्रस्ताव पास हुने अवस्था छ । नेकपाले पाएको अवसर विभाजनले गुमाउने भएको छ । बहुमत दिनै नहुने भएको छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...