Pokharapatra National Daily

बहुमत पाउनै नहुने

नेपालमा बहुमतको सरकार बनेको बेला सत्तारुढ दल भित्रको विवादले कार्यकाल पुरा नहुदै सरकार ढलेका छन् । २०१७ सालमा नेपाली कांग्रेसको दुई तिहाईको सरकार राजा महेन्द्रले अपदस्त गर्दा आन्तरिक विवाद थियो । पार्टी भित्रको दुई लाइनको संघर्षकै कारण दुई तिहाई पाएको सरकार डेठ वर्षमै ठल्यो । त्यसपछिका ३० वर्ष दलविहिन व्यवस्थामा पनि कुनै पनि सरकारले ५ वर्षको कार्यकाल पुरा गर्न सकेनन । दलबिहिन पञ्चायत व्यवस्था ढालेर प्रजातन्त्र पुनस्थापनापछि कांग्रेसले बहुमत पायो । कांग्रेसले २०४८ सालमा पाएको बहुमत पार्टीभित्रको आन्तरिक विवादका कारण २०५१ सालमा प्रतिनिधि सभा विघटन भयो ।
वहुमतका प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेस र एमाले सर्वोच्च अदालत पुगे । अदालतले चुनावमा जाने निर्णयलाई सदर ग¥यो । कांग्रेसको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन हुन पुग्यो । पार्टी भित्रको विवादका कारण सरकार अस्थिर बन्ने क्रम रोकिएन । पार्टी विवादका कारण २०५१ मा ठूलो दल बनेको एमाले फुट्यो । २०५६ मा कांग्रेसले फेरि बहुमतको दावी गर्दै चुनाव ग¥यो । बहुमत प्राप्त गु¥यो । कांग्रेस भित्रको विवादका कारण पार्टी विभाजन भयो । २०५८ सालका प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभा विघटन गरे । सर्वोच्चले विघटन सदर ग¥यो । अल्पमतका प्रधानमन्त्रीले गरेको विघटन मनमोहन अधिकारी र सूर्य बहादुर थापाले गर्दा वदर भयो । सरकार अस्थिर हुने त्रम अहिलेसम्म रोकिएको छैन । २०६४ सालमा संविधान सभाको चुनावमा प्रत्यक्षमा बहुमत पाएको नेकपा माओवादी पनि आन्तरिक विवादका कारण सरकारबाट राजीनामा गर्नुपर्ने अवस्था आयो ।
एउटा कार्यकालका चारवटा प्रधानमन्त्री वन्दा पनि संविधान जारी भएन । प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर चुनावी सरकार बन्यो । सरकारको नेतृत्व गरेकै दलभित्रको विवादले गर्दा सरकार ठल्ने क्रम जारी रहेको छ । नेपाली जनताले नेकपालाई झण्डै दुई तिहाइको बहुमत दिए पनि आन्तरिक विवादले सरकारले कामै गर्न सकेन । प्रतिनिधिसभा विघटन हुन पुग्यो । पार्टी विभाजिन भयो । विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा चलिरहेको छ । फैसला जे आए पनि नेकपा सग्लो हुनेछैन । दल विभाजनका कारण त्यसको लाभ विपक्षी कांग्रेसले लिने देखिएको छ । विभाजित भएमा दुवै नेकपाले कांग्रेसलाई प्रधानमन्त्री दिन सकिने वताइसकेका छन् । प्रतिनिधिसभा पुनस्थापन भए सरकारको नेतृत्व दिने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपालले सन्देश दिएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई छोड्न भन्दा कांग्रेस सभापति शेर बहादुर देउवालाई छोडन तयार भएका छन् ।
चुनाव भए पनि दुई नेकपाको चुधाईमा कांग्रेसले फाइदा पाउने निश्चित छ । नेकपा विभाजनको असर प्रदेश नं. १ र बागमती प्रदेश सरकारमा परेको छ । दुवै प्रदेशका मुख्य मन्त्री विरुद्ध नेकपाकै प्रचण्ड नेपाल समुहले अविश्वास प्रस्ताव ल्याएको छ । कांग्रेसले मुख्यमन्त्री पाउने भएमा अविश्वास प्रस्ताव पास हुने अवस्था छ । नेकपाले पाएको अवसर विभाजनले गुमाउने भएको छ । बहुमत दिनै नहुने भएको छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...