Pokharapatra National Daily

अस्थिरता बढेसंगै मुल्य बृद्धि

देशमा राजनीतिक अस्थिरता बढ्ने बितिक्कै बजार अराजक हुने गरेको छ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विभाजन हुन थाल्दा दैनिक उपभोग गर्ने वस्तुको भाउ बढेको छ।प्रतिनिधि सभा विघटन पछि राजनीतिक दलहरू सडक आन्दोलनमा होमिएको मौकामा केही वस्तुको मुल्य बढाउने काम भएको छ । सरकारलाई खबरदारी गर्ने प्रतिनिधि सभा विघटनपछि बजार अराजक हुने गरेको छ । लामो समयको कोरोनाले पिल्सिएका उपभोक्ता अहिले महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य सामानमा एक्कासि भारी मात्रमा मूल्य बढ्दा उपभोक्ताको चुल्हो महँगो भएको हो । पछिल्लो महिना खाने तेल, चामल, केराउलगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको व्यवसायीहरु बताउँछन् । नेपाल खुद्रा व्यापार संघले तेलमा लापरबाही तरिकाले मूल्य बृद्धि भएको स्वीकार गरेको छ ।
एउटै ब्राण्डको तेलमा पनि फरक–फरक एमआरपी राखेर मूल्य राखेर बजारमा पठाउने गरिएको छ । एक महिना अगाडि भटमासको तेल प्रति केजी १६५ एमआरपी मूल्य भएकोमा अहिले २१० एमआरपी मूल्य पुगेको छ । सनफ्लावरको तेल प्रति केजी केही दिन अघि १८५ एमआरपी मूल्य भएकोमा अहिले २२५ पुगेको छ । यसै गरी तोरीको तेलमा पनि मूल्य बृद्धि भएको व्यापार संघको भनाइ छ । यसको साथै बढी मात्रमा हरियो केराउको मूल्य केही दिन अघि प्रति केजी ९० रुपियामा पाइनेमा बढाएर एक सय रुपियाँ पु¥याएको छ । चामलमा प्रति बोरा एक सय रुपियाँसम्म बढाइएको छ । नेपालमा उत्पादित चामलले नपुगेको कारण भारतबाट आयात गर्नुपरेको कारण चामलको मूल्य बढेको व्यवसायीको जिकिर छ। भारतमा पनि चामल नपुगेको कारण तेस्रो मुलुक भियतनामबाट चालम ल्याउनुपरेकोले भारतमै चामलको मूल्यबृद्धि भएको भन्दै मुल्य बढाउने गरेका छन । तेलमा भारतमा पनि तेलको मात्रा प्रशस्त नभएको कारण नेपालमा खाने तेल मिलले भारतमा तेल पठाउने गरेकोले नेपालमा तेलको मूल्य बढेको भन्दै उपभोक्तालाई मारमा पारिएको छ । तर पछिल्लो समय कोरोनाको कहरले मारमा परेका उपभोक्तालाई एमआरपी मूल्यमै लापरबाही तरिकाले मूल्य राखेकोले उपभोक्ता माथि खेलवाड भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट तेलको विषयमा नियमित अनुगमन भइरहेको र गलत गर्नेलाई कारबाही गर्ने चेतावनी दिन सकेको भए यस्तो अवस्था आउने थिएन । विभिन्न बहाना बनाएर सामानको मूल्य बढाउने कारण देखिदैन । राजनीतिक दल र सरकारको ध्यान बजारमा नदिने मौका छोपेर मुल्य बढाउने दुस्साहस गरेका हुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही हप्ता अगाडि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।पछिल्लो एक–डेढ महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएपछि विभागले उद्योगीलाई यस्तो निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत मंसिरसम्म घ्यू र तेल १३.०१ प्रतिशत महँगो भएको देखिएको छ । विभागका अनुसार विभागले नेपालमा सञ्चालित १७ वटा तेल उद्योगलाई मूल्य बढ्नुको कारणसहितको विवरण बुझाउन निर्देशन दिएको थियो । उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनुपरेको बताउँदै आएका छन् । विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुकलगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् ।
खाद्य तेलमा चाहिने कच्चा प्रदार्थ प्रर्याप्त मात्रमा विना रोकटोक आएको बेला मुल्य बढाउनु बाहना मात्र हो । मूल्य बृद्धिको प्रमुख कारण अस्थिरता हो । सरकारबाट कडा कारबाहीको प्रावधान नल्याएसम्म लुटतन्त्र रोकिदैन । अराजकता गरेर मूल्य बढाएर करोडौ कमाएर ३ लाख जरिवाना तिरेर उम्किन पाउने परिपाटी रहुञ्जेल जनता मारमा परिरहन्छन । सरकारले गलत गर्ने यस्ता उद्योगमाथि सामान्य राजश्व उठाएर उन्मुक्ति दिनेभन्दा पनि होस खुल्ने गरी कारवाही गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...