Pokharapatra National Daily

फेदीखोला गापाले देखाएको बाटो

बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा जान आनाकानी भएको थियोे । सरकारले ल्याएको सामाजिक सुरक्षाको कार्यक्रमलाई श्रमिकले शुरुमै स्वागत गरेका थिए । बैंक तथा वित्तीय क्षेत्रले सामाजिक सुरक्षा कोषमा जान आलटाल गर्ने र कार्यक्रमका बारेमा सकारात्मक हुन लामो समय लाग्यो । कार्यक्रम कस्ले ल्याएको हो भन्ने आधारमा राम्रा पक्ष नदेख्ने रोगबाट नेपाल गुज्रिएको छ।अन्य देशमा सामाजिक सुरक्षा कार्यक्रमको बखान गर्नेहरु आफ्नो देशले पनि शुरु गरेकोमा सकारात्मक हुन नसक्दा अपेक्षित उपलब्धि हुन सकेको छैन ।सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षा कोषका बारेमा कार्यक्रम शुभारम्भ समारोहमा सिमित भयो ।सरकार परिवर्तनपछि त सामाजिक सुरक्षा कोषले अपेक्षित गति लिन सकेन।अनौपचारिक क्षेत्रलाई समेट्न थालेपछि बल्ल सामाजिक सुरक्षा कोषको महत्त्व स्थानीय सरकारले बुझ्न थालेका छन। अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सुरु भएको छ ।

कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार वैशाख एक गतेदेखि कार्यान्वयनमा आए पनि करिव तीन महिनापछि बुधबारदेखि आवद्धता सुरु भएको छ। सामाजिक सुरक्षा कोष र स्याङजाको फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोगारका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि लिखित सम्झौता भएसँगै औपचारिक रुपमा अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक कोषमा आवद्धता हुन सुरु भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुधबार आयोजित एक औपचारिक समारोहकाबीच कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीविच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। श्रमिक र स्वरोगार व्यक्तिलाई कोषमा आवद्ध गर्ने, उनीहरुको योगदान रकम संकलन गर्ने र ऐन, नियमावली र कार्यविधि बमोजिम सरकारको तर्फबाट सहयोगदान गर्ने सम्बन्धमा दुई पक्षविच समझदारी भएको छ।

समझदारी पत्रमा पालिकाको तर्फबाट ६ बुदाँ कार्यान्वयन गर्ने र कोषका तर्फबाट तीन बुदाँ कार्यन्वयन गर्ने सहमति भएको छ । कोषले आठदेखि १० स्थानीय तहलाई प्रस्ताव गरे पनि पहिलो चरणमा फेदीखोला गाउँपालिका सम्झौता गर्न तयार भएपछि सम्झौता गरिएको छ।समाजवाद उन्मुख जान सामाजिक सुरक्षा कोषमा अनौपचारिक र स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्दै लैजानुपर्छ । फेदीखोला गाउँ पालिकाले शुरु गरेको काम स्तुत्य छ।

अब सम्झौता अनुसार श्रमिक सुचीकरण भएपछि कार्यान्वयनमा जानेछ। फेदीखोला गाउँपालिकासँग सम्झौता भएसँगै अन्य पालिका पनि कोषमा आवद्ध हुनका लागि बाटो खुला भएको छ। फेदीखोला गाउँपालिकाका अध्यक्ष सुवेदीका अनुसार पहिलो चरणमा गाउँपालिकाले सञ्चालन गरेको मजदुर सञ्चित कोषमा आवद्ध ७५० जना अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन। समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सामाजिक सुरक्षा कोषका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फेदीखोला गाउँपालिकाले अनौपचारिक तथा स्वरोगारको क्षेत्रका कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर नेपाली श्रम बजारमा नमुना र उदाहरणीय कार्य सुरु गरेको भन्दै प्रशंसा गरे । फेदीखोलाको नमूनामुलक कार्यक्रमलाई आधार मानेर ७५३ वटै स्थानीय तहलाई अनौपचारिक तथा स्वरोजगारको क्षेत्रका श्रमिकलाई आवद्ध गराउनका लागि मन्त्रालयले परिपत्र गर्ने भएकोे छ।राम्रो कामको शुरुआत सानो पालिकाबाट भएको छ।अघिल्लो कार्यकालमा कृषिमा पालिकाले कृषकलाई अनुदान दिएर कृषि उत्पादन वृद्धि भएको थियोे । सस्तो प्रचार छाडेर जनताको जीविका र आधारभूत जनताका पक्षमा काम गर्नेलाई संचार माध्यम र सामाजिक संजालले महत्त्व दिन सकेमा जनतामा आशाको किरण छाउनेछ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...