Pokharapatra National Daily

असार १५ फेसन नबनाऊँ

नेपाली किसानले १५ असारलाई ब्यस्त दिनको रुपमा लिन्छन् । मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा चित्रित गरिन्छ । नेपालमा असार १५ लाई धान दिवस मनाउन थालिएको छ । असार १५ मा दही चिउरा खाएर हिलोमा खेल्ने चलन छ । पहाडमा असार १५ धान रोपाइँको व्यस्त हुने दिन मानिन्छ नेपालीहरु खेत बाँझै राखेर चामल आयात गर्ने अवस्था छ । नेपाल चार दशकअघि चामल निर्यात गर्ने देशमा थियो । धान चामल निर्यात कम्पनी खुलेको थियो । यी अहिले एकादेशको कथा भएका छन । नेपालको मौलिक र रैथाने खेती प्रणालीलाई तहस नहस पारे पछि चामल आयात गर्ने मुलुकमा पर्न थालेको छ । नेपालको कृषि नीति देशलाई अघि बढाउने भन्दा विदेशी अनुदान लिने, घुमफिर गर्ने र प्रोजेक्ट चलाउनेमा सिमित हुन पुग्यो । कृषिमा सरकारले केही अनुदानको व्यवस्था गर्न थालेको छ । सारकारले दिने अनुदान प्रस्ताव बनाउन जान्नेले पाउने तर काम गर्न नआउने अवस्था छ । जसले काम गर्छ उसले प्रस्ताव बनाउन सक्दैन । जसलाई दिन पर्ने हो उसले नपाउने जसलाई नदिए हुन्छ उसले पाउने अवस्था विद्यमान छ । बजेटका माध्यमबाट लुटेर खाने हावी भएका छन।सरकारले बजेटमा पनि कृषिमा जति हुन पर्ने हो त्यो हुन सकेको छैन ।
कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम बन्न नसकेसम्म अवस्था फेरि पनि आयात मै निर्भर हुनसक्छ । गाउँमा काम गर्ने जनशक्तिको अभावमा पाखोवारी खाली छन् । नेपाल कृषि प्रधान देश भएको हुँदा अझैपनि धेरै जनसंख्या कृषिमा आश्रित छन् । नेपालको अर्थतन्त्रमा कृषिको योगदान विस्तारै कम हुंदै गएको छ । कृषिवालीमा सवैभन्दा मुख्य धान भएको हुँदा अर्थतन्त्रमा यस्को अंश उल्लेख्य छ । नेपालमा १३० जातका धान सुचित छन।धानको धेरै जात हुनु फरकफरक स्वादको माग हुनु ह।देशको अर्थतन्त्रमा धानको योगदान १ खर्व रहेको अनुमान छ । खाद्यन्नको रुपमा चामल नै मुख्य हुँदा उत्पादन वृद्धिले ठूलो अर्थ राख्ने गरेको छ । नेपालले असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ । दिवस अवसर पारेर नेता र उच्च पदाधिकारी लगाएर रोपाईँमा सामेल भएको देखाउने गरेका छन् । केहि वर्षदेखि सहरबजारका युवापिंढिका लागि असार १५ हिलोमा खेल्ने मनोरञ्जनको साधन वनेको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा १८ औं संस्करणको रोपाइँ महोत्सव पोखरा –१३ कसेरीमा मनाइदैछ।पर्यटक र नयाँ पिँढीलाई हिलोमा टेक्ने बानी पार्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन।रोपाइँ महोत्सव गरेर धान रोपाईँको महत्वभन्दा हिलोमा खेलेर रमाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गतिलो औजार भएको छ । आफ्नो खेतवारी बाँझो राख्ने, बाबुआमालाई नसघाउने पनि १ दिन हिलोमा टेकेर कृषिकर्मप्रति लागेको देखाउने गरेका छन् । वस्तविकता भन्दा देखावटिका लागि दिवस बन्ने गरेका छन् ।
धान दिवस मनाएपछि कति उत्पादन बढ्यो भन्ने कुनै तथ्याङ्क कृषि मंत्रालयले दिने गरेको छैन् । तथ्याङ्कका आधारमा नीति बनाउनुभन्दा हचुवाका भरमा लक्ष्य तोक्ने र हचुवाकै भरमा प्रचार हुने गरेको छ । धानको उत्पादकत्व बढाउनका लागि बनाइएका योजना वास्तविकतासँग मेल खान्छन् कि खाँदैनन् भनेर कहिल्यै समिक्षा हुँदैन् । धानमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । रोपाइँ गर्ने बेला रासायनिक मल पाउन सकेका छैनन् । सरकारले किसानलाई मल दिन सकेको छैन । सरकारको प्राथमिकता किसानलाई मल दिन परेको छैन । सत्ता टिकाउने, कमिसन खाने मात्र छ । सरकारले धानको उत्पादन बढाउन मल, बीउ, सिंचाइ र उन्नत प्रबिधि भित्र्याउने बनाउन सकेको छैन । बनाइएका योजना पनि यथार्थपरक नहुँदा र काम गर्नसक्ने जनशक्ति तयार नभएसम्म कार्यान्वयनमा आउन सक्दैन । नेपालमै श्रम गरेर जीवन धान्न सकिन्छ र त्यसवाट केहि नाफा पनि हुन्छ भन्ने सन्देश युवा शक्तिमा प्रवाह गर्न सक्नु पर्दछ ।
तराई र ठूला फाँटमा आधुनिक प्रविधिले गर्दा खेती गर्न सजिलो र कम समयमा सकिने अवस्था छ । पहाडमा भने जनशक्ति र प्रबिधिको अभावमा जमिन बाँझै रहेका छन् । काम गर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएको र शहर बजारमा बसाइँसराइका कारण खेती गर्ने जनशक्तिको अभावमा जमिन बाँझो रहने गरेको छ । सरकारले स्वदेशमै रोजगारी दिन नसक्दा र स्वदेशमा भन्दा बिदेशमा नगई जीवन चल्दैन भन्ने मानसिकता छ । सरकारले कृषिमा दिएको अनुदान कृषकसम्म पुग्न सकेको छैन । कृषिमा आधुनिक प्रबिधि भित्र्याउन थालिएको छ । आधुनिक प्रबिधिको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सक्ने भएको छ । समयमै मनसुन शुरु भएको कारण धान रोपाइँ भएको छ । बाढी र पहिरोले गर्दा खेतीयोग्य जमिन बगाएको छ । बाढी, पहिरो र डुबानको चुनौती खडा भएको छ । मौसमले साथ दिएको हुँदा रोपाइँ धमाधम भए पनि अतिवर्षाबाट हुने क्षति कम गर्न किसानलाई सल्लाह दिनु आवश्यक छ । कृषि नै धन हो भन्ने भावना जागृत गराउन सकेमा नेपाल केही वर्ष पछि धानमा आत्मनिर्भर हुन सक्छ । धान दिवस मनाउनु भनेको हिलोमा खेल्ने मात्र होईन । धानको महत्व बुझाउने, कृषि पेशा सम्मानित पेशा हो भन्ने सन्देश दिनु पनि हो । जसले अन्न उत्पादन गर्छन तिनै हाम्रा देवता हुन भन्ने सन्देश दिन सकेमा मात्र राष्ट्रिय धान दिवस मनाएको सार्थकता रहनेछ ।

प्रतिकृया दिनुहोस्

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ...

गण्डकीमा बहुमतकै सरकार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी दोश्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मिलिजुली सरकारको मुख्यमन्त्री नियुक्त...