Pokharapatra National Daily

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइएको छ । १३३ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता र वीरताको प्रदर्शन गरेका थिए । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका माग सहित अमेरिकाको शिकागो शहरमा मजदुरहरुले वलिदानी संघर्ष गरेका थिए । त्यही संघर्षले सफलता हासिल गरेका हुँदा मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउन थालिएको हो । मे १ मा संसारभरका मजदुरहरुले आफ्ना अधिकार प्राप्तिको लडाइको स्मरण गर्दैै आएका छन् । मजदुरले त्यो अधिकार प्राप्त गर्न थुप्रै मजदुरहरुले आफ्नो रगत पसिना बगाएका छन् । त्याग र बलिदानकै प्रतिफल अहिलेको अवस्थामा मजदुरहरुले थप अधिकारका लागि संघर्ष गर्ने माहोल बन्दै गएको छ ।
निरंकुश शासनकालमा मजदुरहरुले आफ्ना माग सुनाउन पनि सक्ने अवस्था थिएन । नेपालका श्रमिकहरुले मे १ का दिन लड्दै आएको गौरवपूर्ण इतिहास छ । लोकतन्त्र पछि मे १ का दिन सार्वजनिक विदा दिने अवस्था मजदुरहरुले गरेको आन्दोलनको प्रतिफल हो । नेपालमा निरंकुशतन्त्रको अन्त्य भइ लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपालमा विसं २००३ मा मजदुरहरूले विराटनगरको जुट मिलबाट सुरु गरेको मजदुर आन्दोलनले अन्ततः जहानियाँ राणाशासनलाई घुँडा टेकायो । २००७ सालको प्रजातन्त्र स्थापनापछि पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दा होस् या दश वर्षे सशस्त्र जनयुद्ध वा २०६२÷०६३ को जनआन्दोलन गर्दा होस्, नेपालका सबै राजनीतिक परिवर्तनहरूमा नेपाली श्रमिकहरूले गरेको योगदान महत्त्वपूर्ण छ ।
नेपालमा २०४६ सालपछि मात्र आफ्नो उचाइ लिएको ट्रेड युनियन आन्दोलनले २०७२ को संविधानको धारा ३४ मा श्रमको हकलाई मौलिक हकको रूपमा स्थापित गरेपछि कानुनी रूपमा श्रमिकका आवाजहरू थप व्यवस्थित भएको देखिन्छ । उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई संविधानले सुनिश्चित गरेको छ । प्रत्येक श्रमिकलाई श्रम अभ्यासको हक हुने, ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने व्यवस्थालाई संविधानले आत्मसात् गरेको छ । श्रमिकका हक, हित र सुविधालाई व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न र श्रम शोषणका सबै अवशेषको अन्त्य गर्न श्रम ऐन, २०७४ जारी गरी लागूसमेत गरिएको छ ।
श्रमिकको व्यावसायिक तथा पेसागत हक हितलाई संरक्षण र संवद्र्धन गर्न ट्रेड युनियन ऐन, २०४९ लागू गरिएको छ । निजामती सेवा ऐन २०४९ ले पनि ट्रेड युनियनको अधिकारलाई कानुनी रूपमा थप संस्थागत गरेको छ । कर्मचारीहरूको पेसागत हक हित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन खडा गरिएको छ । आइएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सुरक्षाको लागि केही नयाँ कार्यक्रम ल्याएको थियोे ।मजदुरको दीर्घकालीन हित हेरेर संस्थागत रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रबन्ध गरिएको हो । सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन गरेको छ । यसमा सहभागी हुने श्रमिकले अब उप्रान्त औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् । यतिखेर देशको आर्थिक व स्थिति कमजोर छ । रोजगारी र जीविकामा परेको क्षति अभूतपूर्व हुने देखिन्छ । मुखले मजदुरको कुरा गर्ने व्यबहार मजदुरको अहित गर्ने खालको छ।वर्गीय पक्षधरता हराउँदै दलाल र विचौलीयाको लागि काम गर्ने सरकार छ।यसपालि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहदा विश्वभरिका मजदुरहरूले रोजगारी गुमाउने,महंगीको मार खेप्नुपरेको छ। मजदुर मध्ये पनि सङ्गठित वा अनौपचारिक क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी, निर्माण क्षेत्रका श्रमिक तथा साना व्यापारमा समाहित कामदारहरू सबैभन्दा धेरै मर्कामा पर्ने देखिएको छ ।
आइएलओको आँकडाअनुसार विश्वका डेढ अर्बभन्दा धेरै त्यस्ता मजदुरको रोजगारी जोखिममा परेको छ । कुनै वैकल्पिक आम्दानीको अभावमा यी मजदुर र तिनका परिवारको जीविका सङ्कटमा पर्नेछ । नेपालमा पनि लाखौँ मानिस सङ्गठित क्षेत्रमा काम गर्छन् । सकेसम्म त्यस्ता श्रमिकलाई सरकारी काममा लगाएर राहतस्वरूप पैसा र खाद्यान्न दिएर सहयोग गरिने निर्णय गरिएको भनिन्छ । विश्वमा त्यस्ता धेरै श्रमिक छन् जो साँझ खान र बस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चिरहेका हुन्छन् । यही चुनौतीपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरिरहेको छ । सामाजिक सुरक्षा कार्यक्रम, कर्मचारीको पारिश्रमिक वृद्धि सबै श्रमको सम्मान हो । असंगठित क्षेत्रका मजदुरको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्छ ।चुनावको बेला मजदुरको कुरा गर्नेछ कार्यान्वयन नगर्ने प्रबृत्ति छ ।नेपालको अर्थतन्त्र विदेशमा काम गर्नेछ श्रमिकले पठाएको रेमिट्यान्सले योगदान पु¥याएको छ।तिनको कारण देश जेनतेन चलेको छ।श्रमिक दिवसले सबैलाई यश विषयमा सोच्न प्रेरित गरोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...