Pokharapatra National Daily

बिर्सन नसकिने दिन

नेपालमा विनाशकारी भूकम्प गएको आठ ेवर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । विहान ११।५६ मिनेट जादाँ गएको भूकम्प र त्यस पछिको पराकम्पनबाट नौ हजारले ज्यान गुमाए । २२ हजार जना घाइते भएका थिए । ५ लाख घर पूर्ण ध्वस्त भएका थिए भने करिब ९ लाख भवन क्षति भएका थिए । भूकम्पबाट ९ सय सम्पदा पूर्ण र आंशिक क्षति भएका थिए । ९ हजार सरकारी भवनहरु क्षतिग्रस्त भएका थिए ।
भूकम्प पछि पुननिर्माणका लागि नेपालमा अन्तर्राष्ट्रिय दाता सम्मेलन भयो । दाता सम्मेलनमा चार खर्बको प्रतिवद्धता आएको थियो । भूकम्प गएको ८ महिना पछि मात्र संसदबाट पुननिर्माण प्राधिकरण ऐन बन्यो । दलहरुका कारण प्राधिकारणको सिइओ नियुक्तीमै ढिला भयो । प्राधिकरणमा सरकार फेरिए संगै सिइओ फेरिए । राजनीतिक दाउपेचमा प्राधिकरण पर्दा अपेक्षित काम हुन सकेन । धेरै संमय पछि मात्र पुननिर्माणको कामले गति लियो । निजि आवास निर्माणको काम अधिकांश पूरा भैसकेको छ । सात लाख बैसठीहार तीन सयले अनुदान सम्झौता गरेको ति मध्ये धेरै पुननिर्माण भैसकेको प्राधिकारणको आकडा छ । ७ हतार ५ साय विद्यालय मध्ये ५६ प्रतिशत भवन पुर्ननिर्माण भैसकेका छन् । ५४५ स्वास्थ्य संस्था मध्ये ३१२ भवन निर्माण भएका छन् । अरुको उद्धार गर्ने सुरक्षा निकाय भने केही अझै टेन्टमा बस्दै आएका छन् । सुरक्षा निकायका ३८ प्रशित मात्र निर्माण सम्पन्न भएको छ ।
नेपाल प्रहरीका १३९ मध्ये ५९, ससस्त्रको ३९ मध्ये २९ र नेपाली सेनाका २०४ मध्ये ५७ मात्र भवन बनोको छ । सबैभन्दा कामजोर अवस्था सम्पदा पुर्ननिर्माणमा देखिएको छ । ७५३ सम्पदा क्षति भएकोमा ३० प्रतिश मात्र पुननिर्माण भएका छन् । सम्पदा क्षेत्रको निर्माण कार्य कछुवाको गतिमा चलेको छ । पुर्नमिाणको लागि ४२९ अर्व अपुग हुने देखिए थियो ।सहकारी र निजि क्षेत्रबाट २ खर्ब खर्च हुने अनुमान गरिएकोमा १८६ अर्व रुपैया खर्च भएको थियो । दाताले प्रतिवद्धता जनाएको ३४३ अर्व मध्ये २६२ सम्झौता हुन सक्यो ।
वि।स। १९९० माघ २ गते गएको भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल भूकम्पीय जोखिममा रहेको हुदाँ भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्न सकिए मात्र क्षति न्यूनिकरण गर्न सकिन्छ । भूकम्प पीडितले चर्को गर्मी, वर्षा र जाडोमा मुटु काम्ने जाडो सहनु प¥यो । सरकारले समयमै भूकम्प पीडितको पिडालाई आत्मसाथ गर्न नसक्दा भूकम्पले पु¥याएको क्षति पछि जुन रफ्तारमा काम गर्नु पर्ने हो त्यो अनुसार हुन सकेन।हामी भुकम्प जोखिम क्षेत्रमा छौ भन्ने सम्झेर निर्माण गर्नुपर्दछ । हामीले विर्से पनि भुकम्पले विर्साउदैन भन्ने सबैमा चेतना आउनु आवश्यक छ । अहिले नेपाल भूकम्पको जोखिममा छैन ,सबै ठिकठाक छ जस्तो गरि घर, भवन र अन्य संरचना निर्माण गरिएका छन।भूकम्प सचेतना सम्बन्धि कार्यक्रम हुन छाडेका छन।कसरी उद्दार गर्ने ,कसरी राहत बाँड्ने र जनशक्ति तयार गर्ने सबै आवश्यक छैन जस्तो ठानिएको छ।आठ वर्षअघिको त्यो विनाशकारी दिन संझेर सचेत हुने र हरदम हामी भुकम्पीय जोखिममा छौं भन्ने विर्सनु हुँदैन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...