Pokharapatra National Daily

कोभिड–१९ विरुद्धको खोपको उपलब्धता

धनी र शक्तिशाली देशका नागरिकले कोभिड–१९ विरुद्धको खोप लागेको एक महिनापछि कोभिड १९ विरुद्धको खोप पहिलो पटक बिहीबार नेपालमा ल्याइने भएको छ । भारतले अनुदानमा दिने खोप बिहीबार बिहान ११ बजे अन्तराष्ट्रिय विमानस्थलमा एउटै उडानमार्फत् १० लाख डोज खोप झारिने भएको छ । भारतमा प्रयोगमा आएको खोप नेपाललाई दिने सहमति भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार पत्रकार सम्मेलन गरि नेपालमा खोप आउने जानकारी गराइसकेका थिए । भारतले दिने खोप भण्डारणका लागि विमानस्थलमा मर्मत गरिएको एउटा र टेकुस्थित ८ वटा कोल्डचेन तयारी अवस्थामा राखिएको छ ।
केन्द्रीय भण्डारण केन्द्रबाट रेफ्रिजेरेटर भ्यानमार्फत् प्रदेश र विभिन्न तहमा क्रमशः वितरण गर्ने योजना रहेको खोप विभाग प्रमुख डा. झलक गौतमले जानकारी दिएका छन । भारतबाट ल्याइने खोप रेगुलर अर्थात् २ देखि ८ डिग्री सेल्सियस क्षमताका कोल्डचेनमा भण्डारण गर्न सकिन्छ । भारतले बुधबार देखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। बुधबार भुटान र माल्दिभ्समा खोप पठाइएको छ । नेपाल र बंगलादेशमा बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ । भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने सरकारले पहिल्यै स्पष्ट पारेको छ । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले खोप ल्याउन आवश्यक कानुनी, प्राविधिक र आर्थिक सुनिश्चितता गरेको छ।पहिलो चरणमा जनसंख्याको तीन प्रतिशत र त्यसपछि क्रमशः ७२ प्रतिशत जनतालाई निशुल्क खोप दिने घोषणा गरिसकेको छ।खोप लगाउदा पहुँचका आधारमा होइन आवश्यकताको आधारमा हुन्छ भन्ने विश्वास दिलाउन
जरुरी छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...