Pokharapatra National Daily

कोभिड–१९ विरुद्धको खोपको उपलब्धता

धनी र शक्तिशाली देशका नागरिकले कोभिड–१९ विरुद्धको खोप लागेको एक महिनापछि कोभिड १९ विरुद्धको खोप पहिलो पटक बिहीबार नेपालमा ल्याइने भएको छ । भारतले अनुदानमा दिने खोप बिहीबार बिहान ११ बजे अन्तराष्ट्रिय विमानस्थलमा एउटै उडानमार्फत् १० लाख डोज खोप झारिने भएको छ । भारतमा प्रयोगमा आएको खोप नेपाललाई दिने सहमति भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार पत्रकार सम्मेलन गरि नेपालमा खोप आउने जानकारी गराइसकेका थिए । भारतले दिने खोप भण्डारणका लागि विमानस्थलमा मर्मत गरिएको एउटा र टेकुस्थित ८ वटा कोल्डचेन तयारी अवस्थामा राखिएको छ ।
केन्द्रीय भण्डारण केन्द्रबाट रेफ्रिजेरेटर भ्यानमार्फत् प्रदेश र विभिन्न तहमा क्रमशः वितरण गर्ने योजना रहेको खोप विभाग प्रमुख डा. झलक गौतमले जानकारी दिएका छन । भारतबाट ल्याइने खोप रेगुलर अर्थात् २ देखि ८ डिग्री सेल्सियस क्षमताका कोल्डचेनमा भण्डारण गर्न सकिन्छ । भारतले बुधबार देखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। बुधबार भुटान र माल्दिभ्समा खोप पठाइएको छ । नेपाल र बंगलादेशमा बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ । भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने सरकारले पहिल्यै स्पष्ट पारेको छ । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा आउने खोप कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिइने छ । अग्रपंक्तिमा कार्यरत समूहलाई खोप दिनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले खोप ल्याउन आवश्यक कानुनी, प्राविधिक र आर्थिक सुनिश्चितता गरेको छ।पहिलो चरणमा जनसंख्याको तीन प्रतिशत र त्यसपछि क्रमशः ७२ प्रतिशत जनतालाई निशुल्क खोप दिने घोषणा गरिसकेको छ।खोप लगाउदा पहुँचका आधारमा होइन आवश्यकताको आधारमा हुन्छ भन्ने विश्वास दिलाउन
जरुरी छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...