Pokharapatra National Daily

अन्तर्राष्ट्रिय महिला दिवस

‘समान हिस्सेदारी आत्मसात’ भन्ने नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान कामको समान ज्यालाको माग गर्दै आन्दोलन सुरु भएको हो । समान ज्याला सहित, शिक्षा, स्वास्थ्य र राजनैतिक अधिकारको माग गर्दे ८ मार्च १९०७ मा प्रथम समाजवादी महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन भएको दिनलाई महिलाहरुले विशेष पर्वको रुपमा मनाउँने गर्दछन् । ८ मार्चलाई विश्वभर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने गरिएको छ ।
सो सम्मेलनको नेतृत्व समाजवादी महिला नेतृ क्लारा जेटकिनले गरेकी थिइन् । सन् १९११ मा अमेरिका १९१७ मा विघठित सोभियत संघ (रुस) र १९२८ मा अष्ट्रेलियामा विश्व महिला सम्मेलनहरु भए जसमा संसारभरका महिलाहरुले हक, अधिकार र लिंगभेद विरुद्व आवाज उठाएका थिए । विश्वमा भएका महिला सम्मेलनबाट निस्किएको उपलब्धिका रुपमा संयुक्त राष्ट्रसंघले सन् १९७५ मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवस भनि घोषणा समेत गर्यो । नेपालले पनि त्यसै बर्षदेखि अन्तर्राष्ट्रिय नारी (महिला) वर्षको रुपमा र्याली सभा गोष्ठी जस्ता औपचारिक कार्यक्रमहरु गर्दै आएको छ ।
अधिकार प्राप्तिको आन्दोलनबाट सुरु भएको अन्तराष्ट्रिय श्रमिक महिला दिवस अहिले समानता र आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने गरिन्छ । वर्गिय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लौंगिक एवं सबै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न आवाज उठाउने दिन हो । आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागीता्को सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्न संकल्प गर्ने दिन पनि हो । महिला दिवसमा हुने कार्यक्रमहरु महिलाका मात्र हुन् भन्ने सोचबाट पुरुषहरु मुक्त हुनुपर्ने दिन पनि हो । महिला विरुद्व हुने सबै प्रकारका हिंसा विरुद्वको अभिसन्धीमा नेपाल लगायत १८९ सन्धिका पक्ष राष्ट्र भएका छन् । नेपालले अनुमोदन गरेको २६ वर्ष भन्दा बढी भइसक्यो तर महिलामाथि हुने हिंसा भने कम भएको छैन । महिला हिंसा अन्त्य गर्न भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा अहिलेपनि न्यायको लागि आवाज उठाउन बाध्य हुनु परेको छ ।
संविधानले महिलाको अधिकारलाई सुनिश्चित गरेको छ । संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । प्रत्येक महिलालाई भेदभाव विना वंशीय हक हुने छ भन्ने महिला अधिकारका लागि लड्दै आएका दलहरुको कारणले सम्भव भएको हो । दलहरुले मौका पाउँदा महिलालाई प्राथमिकतामा नराखेका धेरै उदहरणहरु छन् । ‘सुरक्षित प्रजनन सम्बन्धी हक, शारिरीक, मानिसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्य कार्य वा शोषण गरिने छैन ।’ महिलाका लागि समानताको बाटोमा हिड्न प्ररेति गर्ने काम संविधानले गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षामा सकारातमक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने हक र सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक’ भन्ने व्यवस्थाले महिलाको पक्षमा संविधानले दिएको अधिकार अब कानुनी रुपमा र व्यवाहारिक रुपमा ल्याउनु पर्दछ ।
राष्ट्रियसभा, प्रतिनिधीसभा सहितको संघीय संसदमा एक तिहाई महिला पुगेका छन् । प्रदेशसभामा पनि एक तिहाई महिलाको प्रतिनिधित्व छ । स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागिता छ । आधारभूत तहदेखि संघीय संसदमा महिलाको एक तिहाई प्रतिनिधित्व हुनु अन्य देशका लागि पनि उदाहरण हो । दलहरुले कार्यकारी पदमा महिलालाई पुरयाउन अनिच्छा देखाउने, पार्टीका सवै तहमा महिलाको प्रतिनिधित्व हुन नसक्नुले भनाई र गराईमा तालमेल मिल्न सकेको छैन् । संविधानले महिला अधिकार र विभेद अन्त्यको व्यवस्था गरे पनि व्यवहारमा महिला विरुद्ध हुने विभिन्न खाले हिंसाका घटनामा कमी आउन सकेको छैन । महिला बिरुद्धका हिंसाका घटनामा राज्यले संवेदनशील बन्न नसकेका घटना सार्वजनिक भएका छन् । संविधानमा भएका व्यवस्था कार्यान्वयनको लागी सबै क्षेत्रबाट सशक्त आवाज उठाउनु आवश्यक छ । ।सुखी नेपाली र समृद्ध नेपालको संकल्प पुरा गर्न महिला माथिको विभेद अन्त्य हुनुपर्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वभरीका महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...