Pokharapatra National Daily

आक्रोस र आवेग छोड

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित छ । ओली नेतृत्वको नेकपा र पुष्प कमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा कुन आधिकारीक हो भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको छ । विघटन विरुद्धको मुद्दामा वहस गर्ने कानुन ब्यवसायिको संख्या धेरै छ । दैनिक दुई जनाले बहस गर्दा कति महिना लाग्ने हो भन्ने अवस्था छ । चुनाव हुने बेलासम्म बहस चलिरहने त होइन भनेर संवैधानिक इजलासबाट न्यायाधीशले ब्यंग्य भएको छ । विघटनको पक्ष र विपक्षमा अदालतमा बहस चलिरहेकै बेला नेकपा दुवै पक्ष अदालतलाई प्रभावित पार्ने गरि बोल्दै हिड्नु आबश्यक होइन ।
प्रतिनिधि सभा पुनःस्थापनाको माग राखेर सडक आन्दोलनमा गरिरहेका नेताहरूको अभिब्यक्ति सुन्दा देशप्रति जवाफदेही नभएको जस्तो छ । आन्दोलन शान्तिपूर्ण ‘भेजिटरिएन’ भएकोमा प्रचण्डलाई पटक्कै चित्त बुझेको छैन । उनले युवाविद्यार्थीहरूलाई ‘आक्रामक’ र ‘आवेगमय’ आन्दोलनका निम्ति उक्साउने अभिव्यक्ति आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा दिएका छन् । यही पुस ९ गते सत्तारूढ दलको सत्ताबाहिर रहेको समूहले काठमाडौं उपत्यका ‘अस्तव्यस्त’ बनाउने आन्दोलन कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका नाममा अराजकता उत्पन्न गरेर मुलुकको हितमा देखिदैन । विरोधका कार्यक्रम आक्रामक र आवेगपूर्ण बनाउनु पर्ने बेला होइन । नेकपा अहिलेसम्म वैधानिकरूपमा एउटै दल हो । नेकपाका दुवै अध्यक्षले एकअर्काप्रति प्रयोग गरेका शब्दहरू नै हिंसात्मक र आवेगपूर्ण छन् । उनीहरूको कुण्ठा, द्वेष, घृणा र आक्रोश सडकमा छताछुल्ल भएका छन् । जनजीवन नै अस्तव्यस्त बनाउने धम्कीले देश बनाउने सोच भन्दा सधैं प्रतिपक्षी भएर आन्दोलन मात्रै गर्ने खालका पार्टी हुन भन्ने सन्देश जान्छ ।
प्रधानसेनापति रुक्मांगद कटवाल हटाउन खोज्दा प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनुपरेको थियो । त्यसपछि दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाल प्रधानमन्त्री छँदा २०६७ वैशाखमा पुष्पकमल दाहालको नेतृत्वमा काठमाडौं घेर्न देशभरका कार्यकर्ता उपत्यका भित्र्याइएका थिए । काठमाडौं अस्तव्यस्त बनाए पनि घेराउ फिर्ता लिन वाध्य भएका थिए। प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा अहिलेसम्म राजनीतिक दलका कार्यकर्ता र अभियन्तामात्र आएका छन् । अहिले काठमाडौंमा कोभिड–१९ को संक्रमण केही मत्थर देखिए पनि साम्य भएको छैन । नयाँ प्रकारको भाइरसको संक्रमण संसार भर बढ्दै छ । देशको सबैभन्दा ठूलो र संक्रमणको जोखिममा भएको सहरलाई अस्तव्यस्त बनाउन युवाविद्यार्थीलाई उक्साउनु क्षणिक आक्रोस र आवेग हो । शान्तिपूर्ण र अहिंसाबाट पनि सरकारलाई झुकाउन सकिन्छ भन्ने डाक्टर गोविन्द केसीले देखाएका छन । भेजिटेरीयन आन्दोलनले भएन र हुदैन भन्ने धङ्धङीबाट मुक्त हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...