Pokharapatra National Daily

आक्रोस र आवेग छोड

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित छ । ओली नेतृत्वको नेकपा र पुष्प कमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा कुन आधिकारीक हो भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको छ । विघटन विरुद्धको मुद्दामा वहस गर्ने कानुन ब्यवसायिको संख्या धेरै छ । दैनिक दुई जनाले बहस गर्दा कति महिना लाग्ने हो भन्ने अवस्था छ । चुनाव हुने बेलासम्म बहस चलिरहने त होइन भनेर संवैधानिक इजलासबाट न्यायाधीशले ब्यंग्य भएको छ । विघटनको पक्ष र विपक्षमा अदालतमा बहस चलिरहेकै बेला नेकपा दुवै पक्ष अदालतलाई प्रभावित पार्ने गरि बोल्दै हिड्नु आबश्यक होइन ।
प्रतिनिधि सभा पुनःस्थापनाको माग राखेर सडक आन्दोलनमा गरिरहेका नेताहरूको अभिब्यक्ति सुन्दा देशप्रति जवाफदेही नभएको जस्तो छ । आन्दोलन शान्तिपूर्ण ‘भेजिटरिएन’ भएकोमा प्रचण्डलाई पटक्कै चित्त बुझेको छैन । उनले युवाविद्यार्थीहरूलाई ‘आक्रामक’ र ‘आवेगमय’ आन्दोलनका निम्ति उक्साउने अभिव्यक्ति आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा दिएका छन् । यही पुस ९ गते सत्तारूढ दलको सत्ताबाहिर रहेको समूहले काठमाडौं उपत्यका ‘अस्तव्यस्त’ बनाउने आन्दोलन कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका नाममा अराजकता उत्पन्न गरेर मुलुकको हितमा देखिदैन । विरोधका कार्यक्रम आक्रामक र आवेगपूर्ण बनाउनु पर्ने बेला होइन । नेकपा अहिलेसम्म वैधानिकरूपमा एउटै दल हो । नेकपाका दुवै अध्यक्षले एकअर्काप्रति प्रयोग गरेका शब्दहरू नै हिंसात्मक र आवेगपूर्ण छन् । उनीहरूको कुण्ठा, द्वेष, घृणा र आक्रोश सडकमा छताछुल्ल भएका छन् । जनजीवन नै अस्तव्यस्त बनाउने धम्कीले देश बनाउने सोच भन्दा सधैं प्रतिपक्षी भएर आन्दोलन मात्रै गर्ने खालका पार्टी हुन भन्ने सन्देश जान्छ ।
प्रधानसेनापति रुक्मांगद कटवाल हटाउन खोज्दा प्रचण्डले प्रधानमन्त्रीबाट राजिनामा दिनुपरेको थियो । त्यसपछि दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाल प्रधानमन्त्री छँदा २०६७ वैशाखमा पुष्पकमल दाहालको नेतृत्वमा काठमाडौं घेर्न देशभरका कार्यकर्ता उपत्यका भित्र्याइएका थिए । काठमाडौं अस्तव्यस्त बनाए पनि घेराउ फिर्ता लिन वाध्य भएका थिए। प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा अहिलेसम्म राजनीतिक दलका कार्यकर्ता र अभियन्तामात्र आएका छन् । अहिले काठमाडौंमा कोभिड–१९ को संक्रमण केही मत्थर देखिए पनि साम्य भएको छैन । नयाँ प्रकारको भाइरसको संक्रमण संसार भर बढ्दै छ । देशको सबैभन्दा ठूलो र संक्रमणको जोखिममा भएको सहरलाई अस्तव्यस्त बनाउन युवाविद्यार्थीलाई उक्साउनु क्षणिक आक्रोस र आवेग हो । शान्तिपूर्ण र अहिंसाबाट पनि सरकारलाई झुकाउन सकिन्छ भन्ने डाक्टर गोविन्द केसीले देखाएका छन । भेजिटेरीयन आन्दोलनले भएन र हुदैन भन्ने धङ्धङीबाट मुक्त हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...