Pokharapatra National Daily

रास्वपाको हतारको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेसंगै मन्त्रीहरूले राजिनामा दिएका छन । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको सभापति रबि लामिछानेले जानकारी गराएका छन । पार्टीका मन्त्रीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने सभापति लामिछानेले पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल छन । त्यसैगरी रास्वपाकै तर्फबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन । रास्वपाका मन्त्रीहरु खनाल, अर्याल र राज्यमन्त्री कार्कीले माघ ३ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । रास्वपाका सभापति लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई माघ १३ गते उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापतिसमेत नरहने फैसला गरेको थियो । माघ १५ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेपछि पार्टीले लामिछानेलाई केन्द्रीय सदस्य हुँदै पार्टी सभापतिमा मनोनित गरेको थियो ।
दुई दिनको अल्टिमेटम दिएको रास्वपाले गृहमन्त्री नपाएपछि सरकार छाड्ने निर्णयमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गृहको साटो भौतिक पुर्वाधार तथा यातायात दिन सकिने बताएका थिए । प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा रास्वपालाई गृहमन्त्री दिने सहमति भएको हो ।सहमति अनुसारको मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएर पार्टी निर्णय पालना गरेका छन । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन ।
आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पार्टीको निर्णय लगत्तै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनु भएको हो । अरु दल जस्तो ल्याङ ल्याङ गर्ने रास्वपा होइन भन्ने देखाएको छ । रास्वपा सरकारबाट हटेपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । राष्ट्रिय सहमति गरेर अघि बढ्ने कुरा गरिरहेको र सत्तासाझेदार दलहरूबीचको एकतालाई बचाउने चुनौती छ । त्यसका लागि रास्वपाका सभापति लामिछानेसँग छलफल गरी देखिएको समस्या तत्काल हल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइमा कति सत्यता छ चाँडै थाहा हुन्छ । सत्तासाझेदारबीचको एकतालाई बचाउन नसके सरकार अस्थिर रहनेछ । राजनीतिक स्थायित्वका लागि उदाएका पार्टीको व्यवहार हतारमा निर्णय गरेर फुर्सदमा पछुतो मान्ने छ।रास्वपाले त्यही हतारहतार निर्णय गरेर अस्थिरता निम्त्याउने काम गरेको छ ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...