Pokharapatra National Daily

रास्वपाको हतारको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेसंगै मन्त्रीहरूले राजिनामा दिएका छन । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको सभापति रबि लामिछानेले जानकारी गराएका छन । पार्टीका मन्त्रीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने सभापति लामिछानेले पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल छन । त्यसैगरी रास्वपाकै तर्फबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन । रास्वपाका मन्त्रीहरु खनाल, अर्याल र राज्यमन्त्री कार्कीले माघ ३ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । रास्वपाका सभापति लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई माघ १३ गते उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापतिसमेत नरहने फैसला गरेको थियो । माघ १५ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेपछि पार्टीले लामिछानेलाई केन्द्रीय सदस्य हुँदै पार्टी सभापतिमा मनोनित गरेको थियो ।
दुई दिनको अल्टिमेटम दिएको रास्वपाले गृहमन्त्री नपाएपछि सरकार छाड्ने निर्णयमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले गृहको साटो भौतिक पुर्वाधार तथा यातायात दिन सकिने बताएका थिए । प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा रास्वपालाई गृहमन्त्री दिने सहमति भएको हो ।सहमति अनुसारको मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएर पार्टी निर्णय पालना गरेका छन । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन ।
आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पार्टीको निर्णय लगत्तै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनु भएको हो । अरु दल जस्तो ल्याङ ल्याङ गर्ने रास्वपा होइन भन्ने देखाएको छ । रास्वपा सरकारबाट हटेपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । राष्ट्रिय सहमति गरेर अघि बढ्ने कुरा गरिरहेको र सत्तासाझेदार दलहरूबीचको एकतालाई बचाउने चुनौती छ । त्यसका लागि रास्वपाका सभापति लामिछानेसँग छलफल गरी देखिएको समस्या तत्काल हल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइमा कति सत्यता छ चाँडै थाहा हुन्छ । सत्तासाझेदारबीचको एकतालाई बचाउन नसके सरकार अस्थिर रहनेछ । राजनीतिक स्थायित्वका लागि उदाएका पार्टीको व्यवहार हतारमा निर्णय गरेर फुर्सदमा पछुतो मान्ने छ।रास्वपाले त्यही हतारहतार निर्णय गरेर अस्थिरता निम्त्याउने काम गरेको छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...