Pokharapatra National Daily

शहिदप्रति श्रद्धा सुमन

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
यश अघि माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीमा तथा १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । जहानीया निरंकुश राणा शासनको विरुद्ध वलिवेदीमा चढ्ने वीर शहिदलाई संझने गरिएको छ । उनीहरूको जीवन गाथालाई संझेमा शहिदको योगदान ताजा बनाउँछ । जस्ले लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि ज्यानको आहुती दिए उनीहरूलाई सहिद घोषणा गरिएको थियो । शहिदलाई सम्मान गर्ने सबैको साझा बनाउन सकेमा शहिद प्रतिको सच्चा श्रद्धाञ्जली हनेछ । आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोक हितमा व्यक्ति अमर हुन्छ । उनीहरुको सम्झनामा शिर निहुराउने अवस्था हरेक वर्ष आउने गर्छ । उनीहरुले पछ्याएको बाटोमा लाग्ने प्रण पनि गर्ने दिन सहिद दिवस हो ।
देश र जनताको हक अधिकार प्राप्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिदको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ । वि.स. २०१२ देखि माघ १६ गते शहीद दिवस मनाउने थालिएको छ । वि.स. ११९७ मा युवराज शास्त्री माघ १० गते काठमाडांै पचलीमा मृत्यु दण्ड दिइएको थियो । त्यस्तैगरी धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्यु दण्ड दिएका थिए । तीनै सहिदले जनताको अधिकार प्राप्ति र राष्ट्रिय स्वाभिमानका लागि प्राणको आहुती दिएको हुँदा सहिदको संझना सहिद दिवस मनाउने गरिएको हो । चार जनालाई सहिद मान्नु अघि लखन थापा सहिद भएका थिए । लखन थापालाई पहिलो सहिद मान्ने गरिएको छ । नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि भएको आन्दोलनमा धेरैले ज्यान गुमाएका छन् । राणा कांग्रेसको सरकार बनेपनि चिनिया काजीले ज्यान गुमाउनु प¥यो । पंचायतीकालरात्रीको बेला धेरैले ज्यान गुमाए २०४६ को प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा शाहदत प्राप्त गर्ने १९ जनालाई सहिद घोषणा गरियो । प्रजातन्त्र पुनस्थापना पछि पनि जनताले अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखे । त्यसबेला पनि शाहदत प्राप्त गर्नेहरुलाई राजनीतिक पार्टीले सहीद मान्न थालेका थिए ।
राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीवासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । दोश्रो जनआन्दोलन पछिका सरकारले विभिन्न दलले संचालन गरेका आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र १० लाख रुपैया दिने गरिएको छ । विगतको सरकारले शसस्त्र द्वन्द्वमा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा कार्यरत समेतलाई सहीद घोषणा गरिएको छ । नेपालमा अझै कति सहीद थपिने हुन टुङ्गो छैन ।
यसरी घोषणा गर्दै जादाँ सहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई सहिद मान्ने भन्ने मापदण्ड पनि सरकार पिच्छे फरक फरक बनाउने गरिएको छ । सहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । देश र जनताका लागि आफ्नो प्राण त्याग गर्ने सहिदलाई राज्यले घोषणा नगरे पनि नेपाली जनताले सम्झने र श्रद्धा गर्ने गरेका थिए । विभिन्न कालखण्डका सरकारले हचुवाको भरमा र सडक आन्दोलन गरेको भरमा सहिदको संख्या बढाउने गरेको छ । राज्य कोषबाट १० लाख लिनकै लागि सहिद घोषणा गरेर सहिदको अवमुल्यन गर्ने गरिएको छ । सारा देशले सहीद प्रति श्रद्धा गर्ने र उनीहरुले आन्दोलनमा पु¥याएको योगदानको कदर गर्न सकेमा मात्र सहीद दिवस मनाएको सार्थकता हुनेछ । सहीदप्रतिको सम्मान गर्न आन्दोलन र आन्दोलनका योद्धाहरुलाई विर्सन मिल्दैन । जसले ज्यान दिए, अंग भंग भए, सन्तान गुमाए, टुहुरा भए तिनका बारेमा पनि राज्यले सोच्नुपर्दछ । सहीद, सहीद परिवार र घाइते तथा अपाङ्ग राजनीतिक मुद्धा बनाउनु हुदैन । सहीद, योद्धा, घाइते, अपाङग र सहीद परिवारलाई सम्मान गरे मात्र सहीदहरुप्रति सच्चा सम्मान हुनेछ ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...