Pokharapatra National Daily

गण्डकी प्रदेशको पहल

कोभिड–१९ विरुद्ध जुध्न गण्डकी प्रदेश सभामा सबै दल मिलेर संकल्प प्रस्ताव पेश गरेका छन । बर्षे अधिवेशनमा काङ्ग्रेसले ल्याएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियोे । विगतको गल्तीबाट पाठ सिकेर काङ्ग्रेसको अग्रसरतामा संकल्प प्रस्ताव आएको छ।संकल्पको प्रस्ताव ल्याउने सहमति सत्तारुढ नेकपासहितका दलले गरेका थिए । काङ्ग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेल प्रस्तावक रहेको संकल्प प्रस्तावमा सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा सचेतक गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा प्रस्तावको समर्थक छन् । प्रमुख सचेतक अधिकारी नेकपा ओली पक्षका हुन् भने सचेतक गुरुङ नेकपाको अर्को समूह दाहाल नेपाल पक्षकी हुन् । प्रस्तावक पोखरेलले, ‘प्रतिपक्षीको सुझावलाई पनि आत्मसात नगर्ने , निर्णय गर्ने लागु नगर्ने प्रवृत्तिमात्र देखाइएको गुनासो गरेका छन ।’ पोखरेलले कोरोना कोषको रकम पनि जनताका लागि खर्च हुन नसकेको सुनाए । ‘करोडौं रकम कोरोना कोषमा राखियो, तर जनताका लागि प्रयोग गरिएन,’पोखरेलको आरोप छ ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले सकेजति काम गरिरहेको र विपक्षीले भनेझैं काम नै नभएको भन्ने कुरा सही नभएको जिकिर गरेकी छन । अस्पताल, जनशक्ति, बजेट, आइसोलेसन केही पनि नरहेको अवस्थाबाट काम सुरु गरेको उनको दाबी छ । ‘सीमित स्रोत साधनको अधिकतम प्रयोग गरेका भनाइ छ सरकारको । विदेशबाट आउनेलाई राख्न क्वारेन्टिनमा राख्न १ करोड ५३ लाख रुपैयाँ निकासा गरेको १४१३ शैय्याका ४० आइसोलेसन केन्द्र बनाइएको, कोरोना कोषमा ३४ करोड ७८ लाख जम्मा भएको र २७ करोड ८ लाख रुपैयाँ खर्च भएको सरकारी फेहरिस्त छ । गण्डकीमा अहिले विशेष अधिवेशन चलिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्य ४ विषयमा छलफल हुनुपर्ने मागसहित विशेष अधिवेशनको मागेका थिए । बजेट कार्यान्वयन, बेरोजगारी र महँगी र कोरोना नियन्त्रणका विषयमा छलफल हुनुपर्ने माग थियो। तीमध्ये कोरोना नियन्त्रणबाहेक अरु ३ विषयलाई जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा ल्याइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन पछि सत्तारूढ नेकपा विभाजन भएको छ । कानुनी रुपमा छुट्टयाइएको छैन ।सबैभन्दा तिक्तता नेकपा का दुवै समुहको छ।सबै दल आन्दोलनमा आएको बेला दलहरूले कोभिड–१९ विरुद्ध कसरी जुध्ने भनेर चिन्तन गर्नु सकारात्मक पहल हो । राजनीतिक जोडघटाउ भन्दा साझा समस्याका बारेमा मिलेर जुध्ने उपाय खोज्नु दलहरूको परिपक्व काम हो । गण्डकी प्रदेशले स्थिरता, विकासका लागि सहकार्य र कोभिड–१९ ले सृजना गरेका चुनौती सामना गर्न कसरी जाने भन्नेमा समान धारणा बनाउन सकेमा अरुका लागि उदाहरण बन्न सक्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा लिएको अडानले पनि यो अवसरलाई गण्डकी प्रदेशले सदुपयोग गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...