Pokharapatra National Daily

गण्डकी प्रदेशको पहल

कोभिड–१९ विरुद्ध जुध्न गण्डकी प्रदेश सभामा सबै दल मिलेर संकल्प प्रस्ताव पेश गरेका छन । बर्षे अधिवेशनमा काङ्ग्रेसले ल्याएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियोे । विगतको गल्तीबाट पाठ सिकेर काङ्ग्रेसको अग्रसरतामा संकल्प प्रस्ताव आएको छ।संकल्पको प्रस्ताव ल्याउने सहमति सत्तारुढ नेकपासहितका दलले गरेका थिए । काङ्ग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेल प्रस्तावक रहेको संकल्प प्रस्तावमा सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा सचेतक गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा प्रस्तावको समर्थक छन् । प्रमुख सचेतक अधिकारी नेकपा ओली पक्षका हुन् भने सचेतक गुरुङ नेकपाको अर्को समूह दाहाल नेपाल पक्षकी हुन् । प्रस्तावक पोखरेलले, ‘प्रतिपक्षीको सुझावलाई पनि आत्मसात नगर्ने , निर्णय गर्ने लागु नगर्ने प्रवृत्तिमात्र देखाइएको गुनासो गरेका छन ।’ पोखरेलले कोरोना कोषको रकम पनि जनताका लागि खर्च हुन नसकेको सुनाए । ‘करोडौं रकम कोरोना कोषमा राखियो, तर जनताका लागि प्रयोग गरिएन,’पोखरेलको आरोप छ ।
सामाजिक विकास मन्त्री नरदेवी पुनले सकेजति काम गरिरहेको र विपक्षीले भनेझैं काम नै नभएको भन्ने कुरा सही नभएको जिकिर गरेकी छन । अस्पताल, जनशक्ति, बजेट, आइसोलेसन केही पनि नरहेको अवस्थाबाट काम सुरु गरेको उनको दाबी छ । ‘सीमित स्रोत साधनको अधिकतम प्रयोग गरेका भनाइ छ सरकारको । विदेशबाट आउनेलाई राख्न क्वारेन्टिनमा राख्न १ करोड ५३ लाख रुपैयाँ निकासा गरेको १४१३ शैय्याका ४० आइसोलेसन केन्द्र बनाइएको, कोरोना कोषमा ३४ करोड ७८ लाख जम्मा भएको र २७ करोड ८ लाख रुपैयाँ खर्च भएको सरकारी फेहरिस्त छ । गण्डकीमा अहिले विशेष अधिवेशन चलिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्य ४ विषयमा छलफल हुनुपर्ने मागसहित विशेष अधिवेशनको मागेका थिए । बजेट कार्यान्वयन, बेरोजगारी र महँगी र कोरोना नियन्त्रणका विषयमा छलफल हुनुपर्ने माग थियो। तीमध्ये कोरोना नियन्त्रणबाहेक अरु ३ विषयलाई जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा ल्याइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन पछि सत्तारूढ नेकपा विभाजन भएको छ । कानुनी रुपमा छुट्टयाइएको छैन ।सबैभन्दा तिक्तता नेकपा का दुवै समुहको छ।सबै दल आन्दोलनमा आएको बेला दलहरूले कोभिड–१९ विरुद्ध कसरी जुध्ने भनेर चिन्तन गर्नु सकारात्मक पहल हो । राजनीतिक जोडघटाउ भन्दा साझा समस्याका बारेमा मिलेर जुध्ने उपाय खोज्नु दलहरूको परिपक्व काम हो । गण्डकी प्रदेशले स्थिरता, विकासका लागि सहकार्य र कोभिड–१९ ले सृजना गरेका चुनौती सामना गर्न कसरी जाने भन्नेमा समान धारणा बनाउन सकेमा अरुका लागि उदाहरण बन्न सक्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा लिएको अडानले पनि यो अवसरलाई गण्डकी प्रदेशले सदुपयोग गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...