Pokharapatra National Daily

प्रेमको आत्मदाह न्यायको खोजी

ईलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाह गरेपछि उनको पक्षमा न्याय खोजी भएको छ । प्रेमप्रसादले आत्मदाहपूर्व फेसबुकमा हालेको ‘बकपत्र’ ले यतिवेला सम्पूर्ण देशवासीलाई भावविह्वल बनाइरहेको छ । यो एउटा ‘सुसाइड नोट’ होइन, हाम्रो देशको व्यवसायिक वातावरण कति दूषित छ भन्ने जानकारी हो । काम गरेर खान कति गाह्रो छ भन्ने मार्मिक र ऐतिहासिक दस्तावेज हो । सरकारले उनले उठाएका विषयमा छानबिन र अनुसन्धान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ ।
प्रेमप्रसादले रोजेको निर्णय दुर्भाग्यपूर्ण हो ।यस्तो कार्यलाई प्रोत्साहन गर्नु पनि हुँदैन । कुनैकुनै निर्णयका पछाडिको जुन पृष्ठभूमि खोज्नुपर्छ । प्रेमले सार्वजनिक गरेका कथा पढिसकेपश्चात भन्न कर लाग्छ– यहाँ गरिखान सजिलो छैन । देशमै उद्यम गरेर बाँच्न खोज्नेहरुले पाइला–पाइलामा हण्डर खानुपर्छ । विभिन्न भेषमा रहेका लुटेराहरुबाट निमोठिनुपर्छ । गरिखाने वर्गको संरक्षण गर्नुपर्ने सरकारले हो । तर, सरकार स्वयं सबैभन्दा ठूलो लुटेराका रुपमा उभिएको छ । फलतः प्रेमप्रसादले कुनै उपाय देखेनन् र एउटा कठोर निर्णय लिए ।
उनले त्यतिवेला आफ्नो शरीरमा आगो सल्काए, जतिवेला प्रधानमन्त्री प्रचण्ड ‘सवारी’ को लावालस्करसहित संसद भवनबाट निस्किँदै थिए । प्रधानमन्त्रीकै गाडीबाट केही फिट दूरीमा प्रेमप्रसादको जलिरहेको शरीर ढल्यो । तर, उनको सवारीलाई त्यसले केही फरक पारेन । जलिरहेका प्रेमप्रसादलाई हेर्दै नहेरी कार्गेड अगाडि बढ्यो । सडकमा मानिस जलिरहँदा प्रधानमन्त्रीको सवारी निर्वाध चलिरहेको दृश्य गणतन्त्रको एउटा कुरुप बिम्ब हो । यत्रो बलिदानीका साथ देशमा आएको गणतन्त्रका शासकहरु हिजोका ‘राजा’ भन्दा कुन अर्थमा फरक रहेछन् त ?
प्रेमप्रसादले आफ्नो बकपत्रमा व्यक्तिगत जीवनका हण्डर–ठक्कर र दुःखका फेहरिस्तमात्र प्रस्तुत गरेका छैनन्, सरकारलाई देशको व्यवसायिक वातावरण सुधार्न २५ बुँदामा सुझाव दिएका छन् । उनी अर्थशास्त्रका विज्ञ नहोलान् । तर, एउटा भुक्तभोगीका रुपमा, एउटा व्यवसायीका रुपमा उनले दिएका सुझावहरु साँच्चै मननयोग्य छन् । सरकारले प्रेमप्रसादको ‘शहादत’लाई तत्कालको जनआक्रोस थामथुम पार्न छानबिन गर्ने भनेरै पुग्दैन । उनले आफ्नो बकपत्रमा आरोपित गरेका व्यक्तिहरुमाथि छानबिन गरी कसुर भेटिएमा कारबाही गर्ने काम गरियो भने पनि प्रेमप्रसादलाई आंशिक न्याय मिल्नेछ । गृहमन्त्री रवि लामिछानेले फेसबुकमा भावुक स्टाटस लेख्दै प्रेमप्रसादको मृत्युमा आफू पनि जिम्मेवार रहेको बताएका छन् । काङ्ग्रेस, एमाले, माओवादी, नागरिक समाज तथा हाम्रो सामाजिक प्रणाली जिम्मेवार छ । यसलाई सामान्य रुपमा लिइयो भने न्याय मर्छ ।भुषको आगो झै विद्रोह फैलिन सक्छ भन्ने राज्य संचालकले हेक्का राख्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...