Pokharapatra National Daily

प्रेमको आत्मदाह न्यायको खोजी

ईलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाह गरेपछि उनको पक्षमा न्याय खोजी भएको छ । प्रेमप्रसादले आत्मदाहपूर्व फेसबुकमा हालेको ‘बकपत्र’ ले यतिवेला सम्पूर्ण देशवासीलाई भावविह्वल बनाइरहेको छ । यो एउटा ‘सुसाइड नोट’ होइन, हाम्रो देशको व्यवसायिक वातावरण कति दूषित छ भन्ने जानकारी हो । काम गरेर खान कति गाह्रो छ भन्ने मार्मिक र ऐतिहासिक दस्तावेज हो । सरकारले उनले उठाएका विषयमा छानबिन र अनुसन्धान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ ।
प्रेमप्रसादले रोजेको निर्णय दुर्भाग्यपूर्ण हो ।यस्तो कार्यलाई प्रोत्साहन गर्नु पनि हुँदैन । कुनैकुनै निर्णयका पछाडिको जुन पृष्ठभूमि खोज्नुपर्छ । प्रेमले सार्वजनिक गरेका कथा पढिसकेपश्चात भन्न कर लाग्छ– यहाँ गरिखान सजिलो छैन । देशमै उद्यम गरेर बाँच्न खोज्नेहरुले पाइला–पाइलामा हण्डर खानुपर्छ । विभिन्न भेषमा रहेका लुटेराहरुबाट निमोठिनुपर्छ । गरिखाने वर्गको संरक्षण गर्नुपर्ने सरकारले हो । तर, सरकार स्वयं सबैभन्दा ठूलो लुटेराका रुपमा उभिएको छ । फलतः प्रेमप्रसादले कुनै उपाय देखेनन् र एउटा कठोर निर्णय लिए ।
उनले त्यतिवेला आफ्नो शरीरमा आगो सल्काए, जतिवेला प्रधानमन्त्री प्रचण्ड ‘सवारी’ को लावालस्करसहित संसद भवनबाट निस्किँदै थिए । प्रधानमन्त्रीकै गाडीबाट केही फिट दूरीमा प्रेमप्रसादको जलिरहेको शरीर ढल्यो । तर, उनको सवारीलाई त्यसले केही फरक पारेन । जलिरहेका प्रेमप्रसादलाई हेर्दै नहेरी कार्गेड अगाडि बढ्यो । सडकमा मानिस जलिरहँदा प्रधानमन्त्रीको सवारी निर्वाध चलिरहेको दृश्य गणतन्त्रको एउटा कुरुप बिम्ब हो । यत्रो बलिदानीका साथ देशमा आएको गणतन्त्रका शासकहरु हिजोका ‘राजा’ भन्दा कुन अर्थमा फरक रहेछन् त ?
प्रेमप्रसादले आफ्नो बकपत्रमा व्यक्तिगत जीवनका हण्डर–ठक्कर र दुःखका फेहरिस्तमात्र प्रस्तुत गरेका छैनन्, सरकारलाई देशको व्यवसायिक वातावरण सुधार्न २५ बुँदामा सुझाव दिएका छन् । उनी अर्थशास्त्रका विज्ञ नहोलान् । तर, एउटा भुक्तभोगीका रुपमा, एउटा व्यवसायीका रुपमा उनले दिएका सुझावहरु साँच्चै मननयोग्य छन् । सरकारले प्रेमप्रसादको ‘शहादत’लाई तत्कालको जनआक्रोस थामथुम पार्न छानबिन गर्ने भनेरै पुग्दैन । उनले आफ्नो बकपत्रमा आरोपित गरेका व्यक्तिहरुमाथि छानबिन गरी कसुर भेटिएमा कारबाही गर्ने काम गरियो भने पनि प्रेमप्रसादलाई आंशिक न्याय मिल्नेछ । गृहमन्त्री रवि लामिछानेले फेसबुकमा भावुक स्टाटस लेख्दै प्रेमप्रसादको मृत्युमा आफू पनि जिम्मेवार रहेको बताएका छन् । काङ्ग्रेस, एमाले, माओवादी, नागरिक समाज तथा हाम्रो सामाजिक प्रणाली जिम्मेवार छ । यसलाई सामान्य रुपमा लिइयो भने न्याय मर्छ ।भुषको आगो झै विद्रोह फैलिन सक्छ भन्ने राज्य संचालकले हेक्का राख्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...