Pokharapatra National Daily

हाम्रो अविचलित यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका प्रकाशित भएको पाइन्छ । त्यो पनि हस्तलिखित हो।पोखरामा २००८ सालमा हस्तलिखितबाट पत्रिका शुरु भएको थियो । निजी क्षेत्रबाट दर्ता गरेर प्रकाशन सुरु २०१५ सालबाट भएको हो । आम चुनावको घोषणा पछि पत्रपत्रिका प्रकाशित भएका हुन । २०१७ साल पौष १ गतेको शाही कु पछि पत्रपत्रिका निस्के पनि जनताको आवाज बन्न सकेनन । राज्यले निकाल्ने र सत्ताको पक्षपोषण गर्ने बाहेकका अरु सबैको ध्येय पंचायत ब्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको बहालीको लागि थियोे ।
मिसनको रुपमा थालिएको पत्रकारिता पञ्चायतको अन्त्यपछि व्यावसायिक बन्न प्रयास गरेको हो । बहुदलीय खुला अवस्था पछि बल्ल पत्रकारिता व्यवसायिक र जनताप्रति जवाफदेही बन्नुपर्छ भन्ने मान्यताको विकाश हुदै गएको होइन ।त्यही परिवेशमा २०५६ साल माघ १ गतेबाट पोखरापत्र दैनिक शुरु भएको हो । विभिन्न आरोह अवरोह पार गर्दै पोखरापत्र २४ वर्ष भएको छ । भर्खरै ब्याबसायिक हुन थालेको बेला द्वन्द्वकाल संक्रमणकाल हुँदै अहिलेको न्यु मिडियाको विकास भएको अव्यवस्था आउँदा कहिलेसम्म बाँच्छ भन्ने अवस्था छ । स्थानीय र प्रदेश स्तरका संचारमाध्यमले नै भुई तहका जनताको आवज दिन सक्छन् । तिनै संचार माध्यमले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन सक्छन् । त्यस्ता संचार माध्यमलाई टिकाउनका लागि स्थानीय तह र प्रदेश सरकारले सघाउनुपर्छ भन्ने मान्यता अझै आउन सकेको छैन् । कागजमा संघीयता आएपनि व्यवहार र मानसिकतामा आउन सकेको छैन् । अझै पनि संघीय सरकारको लोक कल्याणकारी विज्ञापनलाई आधार मान्नुपर्ने अवस्था विद्यमान छ । जवसम्म स्थानीय र प्रदेश सरकारले पत्रपत्रिकालाई संरक्षण गर्ने निति लिन सक्दैन तवसम्म दिर्घायू हुन सक्दैनन् ।
अनेकौ चुनौतीलाई पार गर्दै पोखरापत्रलाई यो अवस्थासम्म ल्याई पु¥याउने अहोरात्र खट्ने सहकर्मीको मेहनत, लगनशिलता र ईमान्दारिताको प्रतिफल हो । जसले शुरुका अवस्थामा मेहनत, परिश्रम लगाए त्यसैको जगमा टेकेर हामी यो अवस्थामा आएका हौँ । हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको मायाले नै हामीलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । सूचना प्रविधिको विकाशले गर्दा पत्रपत्रिकालाई अगाडी बढ्न चुनौती खडा भएको छ । हिजोको अवस्थाबाट आज अगाडि बढ्न सहज छैन् । हरेक व्यक्तिले ताजा समाचार सजिलै पाउँने अवस्था प्रविधिले विकाश गरेको छ । प्रविधिसँग सँगसँगै जान नसक्नेले यात्रा परिवर्तन गरेका छन् । अहिलेको खाचो जनतालाई सत्यतथ्य समाचार र समाजलाई अग्रागामी बाटोमा लैजाने विचारको खाचो छ । पाठकले रुचाएको र खोजेका विषय दिन नसक्दा पत्रिका जन्मने र मर्ने पनि भएका छन् । डिजिटल पत्रिका चर्चित र लोकप्रिय बन्दै गएको छ । सामजिक सञ्जालको विकासले गर्दा हरेक कुरा तत्काल थाहा पाउने अवस्थाको विकास भएको छ । संचार क्षेत्रमा आएको परिवर्तनले गर्दा छापा पत्रकारिता क्षेत्रले धेरै चुनौतीको सामना गर्नुपरेको छ । जनताले सही र तथ्ययुक्त समाचार पाउँन अझै सकेका छैनन् ।
पत्रकारिता आवाजहिनको आवाज बन्नुपर्नेमा अझैपनि शास्त्रीय राजनीतिक विषयबस्तुले मात्रै प्राथमिकता पाउने गरेको छ । लोकतन्त्रको प्रतिफल जनताले अनुभुत गर्ने पाएका छैनन् । व्यवस्था फेरिए पनि नेताहरुको प्रवृतिमा परिवर्तन आएको छैन । जनताका सरोकारका विषय संचारमाध्यमले दिनुपर्ने अहिलेको अहम चुनौती हो । स्थानीय र प्रदेश सरकार पनि ठूला लगानीका मिडियालाई नै महत्व दिने गरेका छन् । स्थानीय र प्रदेश सरकारको नीति एकातिर व्यवहार अर्कोतिर छ । केन्द्रीकृत मानसिकताका कारण केन्द्रबाट प्रकाशित हुने पत्रिकामा विज्ञापन गरेर प्रदेश र स्थानीय सरकारले करको दुरुपयोग गरेका छन् । अभिजात्य वर्ग, ठूला व्यापारिक घराना, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले संरक्षण पाउने नीतिलाई प्रदेश सरकारले बदल्न सकेका छैनन् । संघीयतालाई वलियो बनाउन र आधारभूत जनताको पक्षमा रहने संचार माध्यमलाई संरक्षण र प्रोत्साहन गर्नु पर्दछ ।
नयाँनयाँ कानुन बनाएर प्रेसलाई नियन्त्रण गर्न खोज्दा लोकतन्त्र बलियो हुन सक्दैन् । धेरै जरिवान र सजाय दिएर मात्र तह लगाउन सकिन्छ भन्ने मान्यता अहिलेको खुला समाजलाई सुहाउने कुरा होईन । प्रेस स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुन्छ । स्वच्छन्दता नेपाली प्रेसले खोजेको होईन । स्वच्छन्दतालाई निहु बनाएर स्वतन्त्रतालाई रोक्नु हुदैन । नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । प्रेसले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्नेमा पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाका साथै संचारमाध्यमलाई संरक्षण र प्रबद्र्धन गर्ने नीति राज्यले नलिएसम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानमा लेखेर मात्र पुग्दैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति व्यवहारमा देखिनु पर्दछ ।त्यसका लागि साना र मझौला संचार माध्यम टिक्ने वातावरण सरकारले बनाइदिनु पर्छ।प्रेसलाई प्रबर्द्धन गर्ने कानुन र नीति सरकारले लिएमा संचार माध्यम सरकार र जनताको बीचमा पुल बन्नेछन् ।अहिले प्रेसका सामु खडा भएका थुप्रै चुनौतीका बाबजुद पोखरापत्र यो अवस्थामा ल्याउन हामीलाई पाठक विज्ञापनदाता शुभेच्छुकहरुको माया“ र स्नेहका कारणले सम्भव भएको हो । हामीलाई अविचलित रुपले अघि वढन प्रेरणा दिने हाम्रा सहकर्मी, पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुप्रति आभार प्रकट छौं ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...