Pokharapatra National Daily

प्रचण्डलाई अभूतपूर्व समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रचण्ड समर्थनसाथ विश्वासको मत प्राप्त गरेका छन । प्रतिनिधि सभाका २७५ सदस्य मध्ये प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउन सफल भए । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र प–यो । नेपालको संसदीय इतिहासमा ‘प्रचण्ड’लाई सदनको दोस्रो ऐतिहासिक समर्थन हो । यसअघि नेकपा (एमाले)का तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सदनमा रहेको उपस्थितिको शतप्रतिशत मत पत पाएका थिए । २०५१ पुस ७ गते प्रतिनिधि सभामा भएको मतदानमा अधिकारीलाई १९८ मत प्राप्त भएको थियो । २०५ सदस्यीय तत्कालीन प्रतिनिधि सभामा मतदानमा १९८ जना उपस्थित थिए ।
२८ वर्षपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उपस्थित दुई जनाबाहेक सबैको मत पाउन सफल भए । प्रधानमन्त्री ‘प्रचण्ड’लाई सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, र प्रभु साहले विश्वासको मत दिए । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले समेत विश्वासको मत दिए । प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका छ, लोसपाका चार र नागरिक उन्मुक्तिका चार सदस्य छन् । जसमध्ये कांग्रेसबाहेकका अन्य दलका सबै सदस्य उपस्थित थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मत दिए। कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले भने प्रधानमन्त्रीको समर्थनमा विश्वासको मत दिए पनि सरकारमा सामेल नहुने संसद्बाटै घोषणा गरेका छन् ।
मतदानमा नेपाली कांग्रेसका अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन अनुपस्थित रहे । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण कांग्रेसका टेकबहादुर गुरुङको मताधिकार छैन । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्यले मताधिकार प्रयोग गर्न परेन । आलोपालो प्रधानमन्त्री दिन तयार नभएका कांग्रेस सभापति शेरबहादुर देउवा विश्वासको मत लिने पूर्वसन्ध्यामा दाहाललाई भेट्दै सरकारको पक्षमा उभिनु अर्थपूर्ण छ । निर्वाचनका बेलाका सहयात्रीलाई समेत साथमा लिएर हिँडेको सन्देश दिन सहज भएको छ ।
कांग्रेस र एकीकृत समाजवादीले प्रधानमन्त्रीमा विश्वासको मत दिएर दाहाललाई आफूबाट टाढिन नदिएका मात्र होइनन् उनलाई ओलीसंग घनिष्ठ हुन नदिने रणनीति बनाएका हुनसक्छन् । प्रधानमन्त्री दाहालका निम्ति भविष्यमा अनेकन चुनौती भए पनि अहिले यो एउटा अवसरका रूपमा आएको छ । ओलीले सहमति गरेर पनि प्रधानमन्त्री बन्न नपाएको गुनासो गर्ने दाहालले अहिले उनैको सहयोगमा सरकारको नेतृत्व पाएका छन् । त्यसैगरी सरकारको नेतृत्व गर्ने पूर्वसहमति अस्वीकार गरेका देउवाबाट विश्वासको मत पाएर सम्बन्ध सुधार्ने मौका पाएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेअनुसार पृथ्वीजयन्तीको बिदा दिने निर्णय गराउने,दौरा सुरुवालमा सपथ ग्रहण गर्नसमेत तत्पर हुने काम अहिलेको परिस्थितिले गरेको छ । यो पनि उनको लचिलोपनको लक्षण हो । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई जेलबाट मुक्त गर्ने विश्वास पनि उनले दिलाउनै परेको छ । अति उत्साहले आएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दल र सांसदको आकांक्षालाई पनि दाहालले बोकिदिनुपर्ने बाध्यता छ । कांग्रेसले दाहाललाई विश्वासको मत दिएर संसद्मा प्रतिपक्षको भूमिका कमजोर बनाएको टिप्पणी यतिबेला भइरहेको छ । सदनमा बलियो प्रतिपक्षी हुनुपर्ने संसदीय मान्यता हो ।
दाहाललाई प्रधानमन्त्री नदिएर सत्ता साझेदारी गर्नबाट वञ्चित भएका देउवाले गठबन्धन भत्काउन र राजनीतिक अस्थिरता निम्त्याउन यस्तो कदम चालेको ठान्नेहरू पनि छन् । सत्ताको यो खेल आगामी दिनमा अरू रोचक हुने संकेत यसले दिएको छ । दाहालको लचिलोपनले अहिलेकै सरकारको निरन्तरता पाँच वर्षसम्मै हुन पनि सक्छ । त्यो बेलामा अहिले समर्थन गर्ने प्रमुख दलको छटपटी हेर्न लायक हुनेछ । सबै दललाई सत्ताभन्दा बाहिर बस्नै नसक्ने अवस्थामा पु¥याएका कारण पनि दाहालका निम्ति पद बाँडफाँट गर्दै अघि बढ्ने अवसर छ । आफूमाथि प्राप्त प्रचण्ड विश्वासलाई कायम गर्दै अघि बढ्न दाहाललाई सफलता मिलोस शुभकामना ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...