Pokharapatra National Daily

गण्डकीमा मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशमा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बनेका छन । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र कृष्ण चन्द्र नेपाली पोख्रेल पछि मुख्यमन्त्री बन्ने अधिकारी तेस्रो हुन । एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता अधिकारी नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन।६० सदस्यीय प्रदेश सभामा ३३ जना सांसदहरूको समर्थनमा अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री अधिकारी सहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अधिकारीसँगै एमालेकी सीता सुन्दास, माओवादीकेन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई साथमा लिएर शपथ ग्रहण गरेका हुन् । उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन । गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउन बाँकी छ । देशभरिबाट दलित महिला निर्वाचित हुने सीता सुन्दास एक्ली हुन।एमालेले पहिलोपटक दलित महिलालाई मन्त्री बनाएर सम्मान गरेको छ ।
सुन्दास स्याङ्जा १(१)बाट प्रदेश सभामा निर्वाचित भएकी हुन् । यसअघि स्याङ्जा जिल्ला समन्वय समितिकी प्रमुख भएकी सुन्दास राष्ट्रिय महासंघमा संस्थापक अध्यक्ष थिइन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान पनि विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन । मुख्यमन्त्रीका आकांक्षी देखाएका चुमान दोस्रो पटक गण्डकी प्रदेशका मन्त्रिपरिषद् सदस्य बनेका छन् । चुमान यसअघि पृथ्वी सुब्बा नेतृत्वका सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । चुमान तनहुँ १(२)बाट प्रदेश सभामा निर्वाचित भएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा २ सिट पाएसँगै सरकारमा समेत सहभागी भएको छ । केन्द्रमा सरकारलाई समर्थन गरे पनि अहिलेसम्म सरकारमा गइसकेको छैन । तर, गण्डकी २ सिट पाएको राप्रपा सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री अधिकारीले पहिलेको भन्दा मन्त्रालय र मन्त्री घटाउने प्रतिबद्धता जनाएका छन । सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने वाचा गरेपनि गठबन्धन दल र आफ्नै दल भित्र मन्त्रीका आकांक्षीलाई मिलाउनुपर्नेछ । सुरुमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका खगराजले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । संविधानले प्रदेश सभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ ।यहाँ अधिकतम १२ मन्त्री बनाउन पाइन्छ । सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाका १ जनालाई मन्त्री बनाउने तयारी छ । गण्डकी प्रदेशको स्थापना वर्षमा एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा ७ मन्त्री थिए । गुरुङले ०७८ जेठ पहिलो साता कार्य विभाजन नियमावली संशोधन गरेर ८ मन्त्री बनाए । उनको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले १२ जना मन्त्री बनाएको थियो।धेरै मन्त्री बनाएको भन्दै विरोध भएको थियोे ।
प्रदेशको भूमिका स्थापित गराउने भन्दै आएका अधिकारीले मितव्यी बन्ने रर जनतालाई सुशासनको प्रत्याभूति देखाउनुपर्नेछ। कार्यभार सम्हालेसंगैे मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलायसिस सेवा आवश्यक पर्ने मिर्गौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलायसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री सीता सुन्दासलाई जिम्मेवारी दिएको छ।सरकारमा सबै जाति, वर्ग र समुदायको प्रतिनिधित्व गराएर राम्रो सन्देश दिएको छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...