Pokharapatra National Daily

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी छन । दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । उनी नेकपा (एमाले) लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका छन । उनलाई सात दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको आवश्यकता पर्छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ढकालले विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेको जनाइएको छ । प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
दाहाललाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन् । प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । त्यस्तै, तीन जना स्वतन्त्र सांसद सहित दाहाललाई १६९ जना सांसदको समर्थन छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल ‘पावर शेयरिङ’ बाट तत्काललाई बाहिरिंदा दोस्रो ठूलो दल डेढ वर्षपछि पुनः शक्तिमा फर्किएको छ भने सत्ता तेस्रो ठूलो दलको हातमा पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै डेढ वर्ष पहिले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली विरुद्ध बनेको गठबन्धन विधिवत् रूपमै भत्किएको छ । २०७४ सालको निर्वाचनको तुलनामा प्रत्यक्षतर्फ आधा सीट कम जिते पनि दाहालको बालुवाटार फर्किने सपना पाँच वर्षपछि पूरा भएको छ । आफू प्रधानमन्त्री बन्न दाहाल जे पनि गर्न तयार हुन्छन् भन्ने पुनःपुष्टि भएको छ । उनले दुई वर्षपछि प्रधानमन्त्री बन्ने धैर्य देखाएको भए कांग्रेस सहितको गठबन्धनले निरन्तरता पाउने थियो । त्यसो हुँदा माओवादीले सभामुख, उपराष्ट्रपति लगायत सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने थियो ।
२०७५ जेठ २ मा माओवादीसँग एकता गरेर बनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोगाउन नसकेपछि सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धनबाट शक्तिमा फर्किएका छन् । नेकपा विभाजनपछिको राष्ट्रिय सभा निर्वाचन र केही हदसम्म गत वैशाखको स्थानीय निर्वाचन एमालेका लागि प्रतिकूल बनेको थियो । मंसीर ४ को निर्वाचनमा दोस्रो ठूलो दल बने पनि गठबन्धन नफुटेको भए एमालेका लागि आगामी पाँच वर्ष ‘पावर शेयरिङ’ कल्पना मात्रै हुन्थ्यो । दाहाललाई सरकारको नेतृत्व गर्न दिएर ओली शक्ति आर्जन गर्न सफल भएका छन् ।
आफूलाई संसदीय राजनीतिको पारङ‍्गत खेलाडी मान्ने नेपाली कांग्रेसको मुखमा आइसकेको गाँस खोसिएको छ । प्रत्यक्षतर्फ जम्मा २३ सीट जित्दा पनि प्रधानमन्त्री बन्न पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले ५७ सीट जितेपछि आफूलाई प्रतिपक्षमा पु¥याए । पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले परिस्थितिको वस्तुगत मूल्याङ्कन गर्न सकेनन् । राजनीतिको एउटा पाटोलाई मात्रै अन्तिम सत्य मानेर निर्णय गर्दा उनले गठबन्धनको जहाज डुबाए ।
दाहालको जसरी पनि प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा र देउवाको गठबन्धन जोगाउनै अक्षमताको चेपुवामा परेका छन्, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । अध्यक्ष नेपाल र एकीकृत समाजवादीका लागि पछिल्लो राजनीतिक घटनाक्रम अप्रत्याशित सावित भयो । संविधानको धारा ७६ को ४ मा दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकारका प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ। अर्थात्, एमाले र माओवादीको भोट दाहाललाई विश्वासको मत दिन पर्याप्त छैन । राष्ट्रिय स्वतन्त्र पार्टी वा पूर्व पञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन विना बहुमत पुग्ने देखिंदैन । बहुमत पु¥याउने नाममा फेरि फोहोरी खेल हुने कुरालाई नकार्न सकिंदैन ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...