Pokharapatra National Daily

दस्तावेजमा सिमित मानवअधिकार

संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकार घोषणा पत्र सार्वजनिक गरेको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रुपमा मनाउन थालिएको छ । सन १९४८ डिसेम्बर १० तारिखमा राष्ट्रसंघीय महासभाले मानवअधिकारको घोषणापत्र जारी गरेको थियोे । ऐतिहासिक दिनलाई दिवसको रुपमा मनाउन थालेको धेरै वर्ष भएको छ । मानिस जन्मिएदेखि मृत्युपर्यन्त आधारभूत अधिकार पाउने कुरा घोषणापत्रले समेटेको छ । मानवअधिकारको विषय सबैको साझा चासोको विषय हो । हरेक देशमा मानवअधिकारको अवस्था कस्तो छ भनेर राष्ट्रसंघीय मानवअधिकार परिषद्मा छलफल हुने गर्दछ । नेपालमा मानवअधिकारको अवस्था कस्तो छ भनेर राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउने गर्दछ ।
आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रपति विद्या देवी भण्डारीलाई पेश गरेको प्रतिवेदनमा अहिले पनि मानव अधिकारको समग्र अवस्था सन्तोषजनक नरहेको जनाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस सरकारले कार्यान्वयन नगरेको उल्लेख गरेको छ।सरकारले आयोगको सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकारप्रतिको बेवास्ता हो । दशवर्षको सशस्त्र द्वन्द्वका कारण मानवअधिकारको अवस्था दयनीय थियोे । मानवअधिकार उल्लंघनका घटनाले सबैलाई चिन्तित बनाएको थियोे । द्वन्द्व समाधानको लागि बिस्तृत शान्ति संझौता भएको हो । विस्तृत शान्ति सम्झौतामार्फत शुरू भएको शान्ति–प्रक्रियाले १६ बर्ष पार गरिसक्दा पनि द्वन्द्वपीडितले अझै न्याय पाउन नसकेको आयोगको प्रतिवेदले ओैल्याएको छ । बालविवाह, महिला हिंसा, हिरासतमा मृत्यु, मानव बेचबिखन जस्ता समस्या विद्यमान छन । पीडितको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन सकेको छैन । साशकले भन्ने एकथोक गर्ने अर्कै थोक हुनेगरेको छ ।
आप्रवासी कामदारमाथि श्रम शोषण, यौन शोषण, नेपालमै हुने ठगीजस्ता कार्यले उनीहरूको मानव अधिकारको अवस्था सन्तोषजनक छैन । सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक लगायतको विषयमा राज्यले विशेष ध्यान दिन सकेको छैन । अहिले पनि दण्डहीनताको अवस्था कायमै रहेको, आयोगका सिफारिस सरकारले कार्यान्वयन नगरेको, सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको, कानुनी अपर्याप्तता कायमै रहेको जनाइएको छ । मानवअधिकार दिवस मनाइरहँदा पनि पुरानै विषय घच्घच्याउनु पर्ने अवस्थाले हामी धेरैले पछाडि छौं भन्ने देखाएको छ । मानवअधिकारको लागि सरकारले सबैलाई आश्वस्त पार्न आयोगको सिफारिस कार्यान्वयन र प्रतिबद्धता अनुसार काम गर्नु आवश्यक छ ।
राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेका सिफारिसमध्ये १५ प्रतिशत मात्रै पुर्णरुपमा कार्यान्वयन भएको पाइएको छ । आयोगले वुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको गत आर्थिक वर्षको प्रतिवेदन अनुसार आयोगका सिफारिसको सरकारले १५.३ प्रतिशत मात्रै कार्यान्वयन गरेको पाइएको हो । सरकार मानवअधिकार प्रति जिम्मेवार छैन भन्ने देखाउँछ । आयोगका अनुसार सिफारिसमध्ये आंशिक रुपमा भने ३९.२ प्रतिशत कार्यान्वयन भएका छन् भने ४५.५ प्रतिशत सिफारिस भने सरकारले कार्यान्वयन गर्न नै बाँकी रहेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव डा.टिकाराम पोखरेलले दिएका छन । आयोगबाट गत आर्थिक वर्षमा अनुसन्धान सम्पन्न भएका जम्मा ४१४ उजुरीमाथी निर्णय भएको भएको छ । जसमा ६ वटा नीतिगत सिफारिस भएको छ । गत वर्ष मानव अधिकारको उल्लंघन वा हनन भउको भन्दै आयोगमा १०१ वटा उजुरी दर्ता भएको जनाएको छ । आयोगले उक्त अवधिमा २२१ पटक अनुगमन गरेको, आयोगले पुराना र नयाँ गरी ५०३ उजुरीमाथि अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
आयोगका सिफारिस कार्यान्वयन हुन सकेमात्र उल्लंघन गर्नेहरू हच्किन्छन । पुरातन र रुढीबादी मानसिकताले गर्दा नेपाली समाजको ठूलो हिस्सा ग्रसित रहेको आयोगको ठहर छ । अधिकार, न्याय, स्वतन्त्रता र समानता लगायतका विषय उठान भए पनि व्यवहारमा भने अझै पनि नेपाली समाज जातीय भदेभाव, बोक्सी, छाउपडी, बालविवाह र दाइजो जस्तो कुप्रथाबाट मुक्त हुन नसकेको अवस्थाले मानव अधिकार उपभोगमा चुनौती सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाली समाज अझै पनि पछौटे चिन्तनबाट मुक्त हुन सकेको छैन । मानवअधिकारको जागरण चलाउनुपर्ने उत्तिकै खाँचो छ।मानवअधिकारका कुरा आयोगको मात्र हो भनेर पन्छिन मिल्दैन । राजनीतिक दल,नागरिक समाज र संचार माध्यमले मानव मर्यादा कायम राख्ने र मानवअधिकारको लागि सरकारलाई दबाबमूलक कार्यक्रम ल्याउन घचघच्याइ रहनुपर्दछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...