Pokharapatra National Daily

बजार अनुगमनलाई नछोड

चाडपर्व शुरु हुन लाग्दा बजारमा चहलपहल बढ्छ । सरकारले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बजार अनुगमनको क्यालेन्डर बनाउने गर्छ । नेपालीको सबैभन्दा ठूलो चाड दशै तिहार, छठ मनाइ सकेपछि बजारमा केही समस्या छैन जस्तो ठान्ने गरिन्छ । यही मौकालाई व्यापारीले पनि बढी नाफा कमाउने अवसर ठान्दछन । दैनिकरूपमा भान्सामा प्रयोग नगरिनहुने खाद्य पदार्थ, तरकारी, चिनी, नुन, तेल, र निर्माणकार्यमा प्रयोग हुने रड, छड, सिमेन्ट , गिट्टी ,वालुवन,ईटा,ढुङ्गामा मुल्य बढेको छ।स्थानीय , प्रान्तीय र संघीय सरकारले बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन । तीन तहका सरकारले उपभोक्तमुखी नीति बनाउन ध्यान दिएका छैनन् । सरकारले जसरी पनि नाफा मात्र कमाउन खोज्ने प्रवृत्तिका व्यवसायीलाई चिनेर सचेत गराउन सक्नुपर्छ । हरेक स्थानीय सरकारले टोलटोलमा उपभोक्तालाई लक्षित चेतनामूलक अभियान सञ्चालन गर्न सक्ने हो भने पनि बजार भाउ नियन्त्रणमा धेरै सहयोग पुग्छ ।
तीन तहको सरकार गठन भइसकेकाले हरेक वडाले यस्तो कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ । उनीहरूले स्थानीय स्तरमा क्रियाशील विभिन्न स्वयंसेवी संस्थाहरूसँग सहकार्य गरेर पनि अभियान सञ्चालन गर्न सक्छन् । हरेक पसलमा राख्नुपर्ने मूल्यसूचीअनुसार सामान बिक्री भएको छ कि छैन भन्ने विषयमा कडा अनुगमन हुनुपर्छ । सिंहदरबारको अधिकार गाउँमा आएको भनेको बजार अनुगमनको अधिकार पाएको हो । कालोबजारी रोक्ने,कमसल सामान बेच्न नदिने,गुणस्तरीय छ कि छैन भनेर हेर्ने र अभाव हुन नदिने हो । त्यो अधिकार पाउँदा पनि नगर्नु जनताप्रति बेइमानी हो ।
बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन सक्ने हो भने यसको फाइदा सबै पक्षले बराबर लिन सक्छन् । यसका लागि तीनै तहको सरकारबीच समन्वय गरेर कार्यक्रम अघि बढाउनुपर्छ । यसको नेतृत्व मुख्य गरेर सम्बन्धित मन्त्रालय र बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्छ । आवश्यकताअनुसार प्रहरी प्रशासनसँग पनि सहयोग माग्नुपर्छ । न्यून आय भएकालाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसललाई प्रभावकारी बनाउनुपर्छ।दुई दिनमा चिनी सकिने सुपथ मुल्य पसल वडाबाट सिफारिस भएको पाएय पर्ने ठाउँमा राख्नुपर्छ । एउटाले सबै लाने भन्दा सबैले समान रुपमा पाउने र सबै विवरण चुस्त दुरुस्त राख्नुपर्ने वातावरणमा वनाउन सकेमा सरकारप्रति जनविश्वास रहनेछ ।
बजार अनुगमनको लागि अनुभवी र दक्ष जनशक्ति संघीय सरकारसंग भएको हुँदा स्थानीय सरकारले सरकारले सहयोग लिने र संघीय सरकारले स्थानीय र प्रान्तीय सरकारलाई सघाएर बजार अनुगमनलाई प्रभावकारी बनाउन सकिन्छ । जनतालाई बढी मुल्य तिर्न नपर्ने र गुणस्तरीय सामान पाउने अवस्था सृजना गर्न सकेमा जनताप्रति सरकार उत्तरदायी छ भन्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...