Pokharapatra National Daily

निर्वाचनमा चनाखो र सक्रिय हुनुपर्ने अवधि

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को चुनावी प्रचारप्रसार समय सकिएको छ । दुई दिन स्थिर समय (मौन अवधि )मा प्रचारप्रसार गर्न पाइदैन । मतदान केन्द्रमा कर्मचारी पुगेका छन । दल र उमेदवार आन्तरिक तयारी गर्न थालेका छन । विगतमा मौन अवधिभर सत्ताको दुरुपयोग गरेर मतदातालाई प्रलोभनमा पार्ने, मतदातालाई भोज भतेर खुवाउने र पैसा बाँड्ने गरेका थिए । यो अवधिमा सबै शक्ति लगाएर सत्तामा बस्नेले मतदातालाई प्रभावमा पार्ने काम गर्दछन । निर्वाचन आयोग सकृय हुने र सत्ता र शक्तिको दुरुपयोग हुन नदिन चनाखो हुनुपर्ने अवधि हो ।
चुनावका लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्र रहेका छन। यश पटक कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातीक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तीम बन्द सुचीमा कायम राखेको हो । धेरैको धयान प्रतिनिधिसभाको रहेको हुँदा प्रदेश सभामा कम चासो छ । प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८ जना अन्तीम बन्दसुचीमा कायम गरीएको आयोगले जनाएको छ ।
आसन्न निर्वाचनको पहिलो हुने निर्वाचीत प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातीक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरीएको आयोगले जनाएके छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचीत हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरीसकेको छ । पर्यवेक्षणद्वारा निर्वाचनको विश्वासनियतालाई अभिवृद्धि गर्न ४४ वाटा संस्थाका ७ हजार २०७ जना र दुइवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमती लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरीयाका प्रम्ख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवस्यक्ता अनुसारको सुरक्षकर्मी मतदमन स्थलमा पुगीसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशीत गर्ने, मादकपदार्थ वा हाथहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवस्यक छलफल गरेर निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरण बनाउँछ । चुनावी प्रचार पछिको अवधिमा सामाजीक सञ्जालबाट कुनै किसीमको गलत मित्थ्या सुचना प्रवाहबाट निर्वाचन आयोग प्रभावीत हुनबाट आयोग सचेत रहेनुपर्छ । निर्वाचन सुरक्षा जोखीमका आधारमाहरुलाइ आवस्यक्ता अनुसारका सुरक्ष गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेर मतदातालाई ढुक्क हुने वातावरण बनाउन राजनीतिक दल, उमेदवार र नागरिक समाजले पनि सघाउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...