Pokharapatra National Daily

निर्वाचनमा चनाखो र सक्रिय हुनुपर्ने अवधि

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को चुनावी प्रचारप्रसार समय सकिएको छ । दुई दिन स्थिर समय (मौन अवधि )मा प्रचारप्रसार गर्न पाइदैन । मतदान केन्द्रमा कर्मचारी पुगेका छन । दल र उमेदवार आन्तरिक तयारी गर्न थालेका छन । विगतमा मौन अवधिभर सत्ताको दुरुपयोग गरेर मतदातालाई प्रलोभनमा पार्ने, मतदातालाई भोज भतेर खुवाउने र पैसा बाँड्ने गरेका थिए । यो अवधिमा सबै शक्ति लगाएर सत्तामा बस्नेले मतदातालाई प्रभावमा पार्ने काम गर्दछन । निर्वाचन आयोग सकृय हुने र सत्ता र शक्तिको दुरुपयोग हुन नदिन चनाखो हुनुपर्ने अवधि हो ।
चुनावका लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल रहेको र २२ हजार २२७ मतदान केन्द्र रहेका छन। यश पटक कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने सामानुपातीक तर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तीम बन्द सुचीमा कायम राखेको हो । धेरैको धयान प्रतिनिधिसभाको रहेको हुँदा प्रदेश सभामा कम चासो छ । प्रदेश सभाका लागी पहिलो हुने निर्वाचीत हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातीक तर्फ ३ हजार ७०८ जना अन्तीम बन्दसुचीमा कायम गरीएको आयोगले जनाएको छ ।
आसन्न निर्वाचनको पहिलो हुने निर्वाचीत प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातीक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरीएको आयोगले जनाएके छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचीत हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरीसकेको छ । पर्यवेक्षणद्वारा निर्वाचनको विश्वासनियतालाई अभिवृद्धि गर्न ४४ वाटा संस्थाका ७ हजार २०७ जना र दुइवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमती लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरीयाका प्रम्ख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवस्यक्ता अनुसारको सुरक्षकर्मी मतदमन स्थलमा पुगीसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशीत गर्ने, मादकपदार्थ वा हाथहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवस्यक छलफल गरेर निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरण बनाउँछ । चुनावी प्रचार पछिको अवधिमा सामाजीक सञ्जालबाट कुनै किसीमको गलत मित्थ्या सुचना प्रवाहबाट निर्वाचन आयोग प्रभावीत हुनबाट आयोग सचेत रहेनुपर्छ । निर्वाचन सुरक्षा जोखीमका आधारमाहरुलाइ आवस्यक्ता अनुसारका सुरक्ष गस्ती र सम्पन्न घुम्ती टोली परिचालन गरेर मतदातालाई ढुक्क हुने वातावरण बनाउन राजनीतिक दल, उमेदवार र नागरिक समाजले पनि सघाउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...