Pokharapatra National Daily

राजतन्त्र समर्थकलाई खेल्ने मौका

देशको राजधानी काठमाडौं र झापामा राजतन्त्रको बहाली र हिन्दुराज्य हुनुपर्ने भन्दै प्रदर्शन भएका छन । देशका विभिन्न शहरमा राजतन्त्र समर्थनमा भएका जुलुसले परिवर्तनका उपलब्धि जोगाउन प्रमुख राजनीतिक दलहरूले सोच्ने बेला आएको छ । राजनीतिक दलहरूको आन्तरिक विवाद चुलिएको मौकामा भएका प्रदर्शनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष लाई चुनौती दिन खोजेको छ । मिश्रित निर्वाचन प्रणालीबाट बहुमत ल्याउन सफल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एक वर्ष अघिदेखि भद्दा गुटबन्दीको कारण अस्थिरता बढेको छ । चुनावमा राजनीतिक स्थिरताको नारा दिएपनि नेताहरूको अस्थिरताले राजा आउ भन्ने नारा देशब्यापी भएको छ । दिल्लीमा गएर १२ बुँदे संझौता गर्ने शक्तिहरू बीचको सम्बन्ध राम्रो हुन नसक्दा राजतन्त्र समर्थकले जनआन्दोलनका उपलब्धि उल्ट्याउने नारा लगाउने अवस्था आएको हो ।
सडकमा यति चाँडै राजतन्त्रको नारा र आन्दोलनको उपलब्धि उल्टाउनु पर्छ भन्ने स्थिति आउन दिनुमा १२ बुँदेका पक्ष जिम्मेवार हुन । अझ कोभिड–१९ को महामारीको बेला अनावश्यक भिडभाड रोक्नुपर्ने बेला भिड जम्मा गरेर कोभिड–१९ लाईब खेलवाड गरेका छन । जहा भिडभाड हुन्छ त्यहाँ कोरोना संक्रमण धेरै हुने गरेको छ । अनावश्यक भिड जम्मा गरेर संक्रमण फैलाउनुलाई गतिलो काम ठान्ने प्रबृत्ति बढ्नु बिडम्वना हो । स्वास्थ्य सुरक्षाको लागि बनाइएको मापदण्ड पालना गर्नु सरकारको आदेश पालना गरेको ठह¥याउन थालिएको छ । देशका मुख्य सहरमा राजाका पक्षमा भड्किला जुलुस प्रदर्शन गरिएका छन् । कार, जीप, बस, मोटरसाइकल ¥याली गरेर जनमत बढाउन खोजिएको छ।भड्किलो र खर्चिलो जुलुसहरूबाट राजाको निरंकुश शासनका समर्थक र हर्ताकर्ताहरू निकै उत्साहित भएको देखिन्छ ।
हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने चलाखी राजा समर्थकहरूले गरेका छन् । जनताको घर आँगनमा आएको अधिकार संघीयताका विरुद्ध पनि अप्रत्यक्षरूपमा जनमत बनाउने प्रयत्न गरेको देखिन्छ । राजा आउ देश बचाउ जुलुसहरूका माध्यमबाट दोस्रो जनआन्दोलनका सबै उपलब्धिविरुद्ध जनमत बढेको देखाउन खोजिएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण उपायहरू अपनाउने अधिकार हुन्छ । नेपालको संविधानले पनि यस्तो अभ्यास गर्ने स्वतन्त्रता नेपाली नागरिकलाई दिएको छ । यही कारणले सरकारले यस्ता प्रदर्शनहरू नरोकेको हुनुपर्छ । लोकतन्त्रमा संविधानले दिएको अधिकारको शान्तिपूर्ण अभ्यास गर्न रोक्नु पनि हुँदैन । कोरोना संक्रमण फैलिन नदिन भिडभाड रोक्नुपर्छ । सरकारले छुट दिएको राजनीतिक अधिकारका लागि हो । कोरोना फैलाउने कारक बन्जका लागि होइन ।
देशका प्रमुख राजनीतिक दलहरूका आन्तरिक विवाद, सत्ताको लुछाचुँडीले गर्दा जनतामा वितृष्णा बढेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अराजनीतिक गतिविधिले जनतामा चर्को वितृष्णा उत्पन्न भएको छ । प्रमुख विपक्ष नेपाली कांग्रेसले पनि जनपक्षीय नारा दिएर जनता आकर्षित गर्नसक्ने नेतृत्व वा सुझबुझ देखाउन सकेन । अरू कुनै पनि राजनीतिक दलको जनस्तरमा प्रभाव पार्न सकेका छैनन् । सरकार र दलहरूका अस्थिर स्वभावका कारण जनतामा निराशा उत्पन्न गराउने प्रयत्न भएको छ । राजतन्त्रका समर्थकहरूले यही बेला राजाका पक्षमा जनमत बनाउने र शक्ति प्रदर्शन गर्ने मौका पाएका हुन । सरकारले जनतालाई सुशासनको अनुभुति दिलाउन सक्यो र दलका नेताले बेला न कुबेला कुर्सीको खेलमा नलागे मृत्यु भएको राजतन्त्र ल्याउन खोज्नेहरुलाई जनताले साथ दिने थिएनन ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...