Pokharapatra National Daily

घोषणापत्र देखावटी नहोस्

संघ र प्रदेशको चुनावमा एक चरणको प्रचार पछि बल्ल राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र जारी गरेका छन् । सत्ता गठबन्धनका दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले घोषणापत्र सार्वजनिक गरेका छन । प्रतिपक्षी नेकपा एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गर्दैछ । दलले सार्वजनिक गरेका घोषणापत्र आकर्षक र महत्वकांक्षी बुँदाहरू छन । घोषणापत्र हेर्दा राजनीतिक दलहरू वितरणमुखी बन्ने होडमा छन् । देशको आर्थिक स्रोत जति मतदाता प्रभावित गर्ने गरी वितरणमुखी बनाएका छन । कर्मचारीलाई तबल खुवाउन नै बाह्य र अन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुक छ । विदेशमा आर्थिक मुद्दा प्राथमिकतामा पर्छ ।
चुनावमा दिएका आश्वासन र हाम्रो वाचा कसरी पूरा गर्ने भन्ने सवालमा बहस भएन । अझ काम गरेको शैली हेर्दा भनाइ र गराइ फरक हुन्छन् भन्ने स्पष्ट भएको छ । नयाँ संविधानसँगै अनेकन किसिमका नयाँ शासकीय संरचना सिर्जना भए । ती संरचना चुस्त तुल्याउने भन्दा पनि ‘आफ्ना’लाई रिझाउन भड्किला बनाए । जसले साधारण खर्चमा अचाक्ली वृद्धि गरायो । जसका कारण संघ र प्रदेशका सांसद र कर्मचारीलाई तलब खुवाउने दीगो आर्थिक स्रोतसमेत सरकारलाई पुग्दैन भने तिलस्पी सपना कसरी पूरा गर्ने ? कम्तीमा वाचा पूरा गर्न स्रोत छ कि छैन भन्ने गम्भीर भएनन् ।
दलका घोषणापत्र हेरेर आम मतदाताले आफ्नो मत बनाउने भन्ने ‘चलन’ नेपालमा अझै केही वर्ष लाग्नेछ । किनभने चुनाव जनप्रतिनिधि अर्थात् सांसदको हो । संसद्‍ले विकास निर्माण, ठेक्कापट्टा गर्ने होइन । नीति, विधेयक बनाउने, संसद्‍मा कुरा उठाउने, संसदीय समितिहरूमा विकास निर्माणका अनुगमन गर्ने, निर्देशन दिने र तिनै सांसदहरूमध्येबाट योग्यतम र विषयगत क्षमता राख्नेहरू मन्त्री हुने हुन् । तर, यो ‘चलन’ विपरीत सांसद नै विकास निर्माणको ठेकेदार बन्ने, अर्थमन्त्री र प्रधानमन्त्रीसँग खुसामद गरेर आफ्नो क्षेत्रमा बजेट ओइराउन लगाउने, मन्त्री हुन जस्तोसुकै ‘प्रतिबद्धता’ गर्न पनि पछि नपर्ने प्रवृत्ति छ । आममतदातामा पनि सांसदले नै हो विकास गर्ने, सरकारले होइन भान पारिएको छ । मतदाताको यो मनसाय बुझेरै सांसदका प्रत्यासीहरू जस्तोसुकै वाचा गर्न पनि पछि पर्दैनन् । पत्याईदिने नेपाली जनता भएपछि एमालेले त प्रतिनिधि सभा विघटन गर्न र संसदको बैठकमा अवरोध गर्न ‘ख्याति’ नै कमाएको छ । एकातिर संसदको बैठकमा उपस्थित नै नहुने सांसदहरू मत माग्न घर–दैलोमा पुगेका छन् ।
संसद्‍मै नआउने सांसदहरूलाई किन पुनः चुनाव जिताउने ? संसद्‍मा देश र आम नेपालीका समस्याबारे छलफल गर्न उनीहरूलाई जाँगर चल्दैन । यस्तै पात्र २०४८ सालदेखि अनवरत रूपमा सांसद चुनिएका छन् । यस्ता असफल पात्र पटक–पटक चुनाव जित्नु भनेको मतदातामा जागरुकता र चेतनाको कमी हो भन्न सकिन्छ । दलहरूका चुनावी घोषणापत्रमा ‘दिने’ धेरै कुरा गरेका छन् । कोहीले वाइफाइ दिने, कोही २०० युनिट बिजुली दिने, फ्रि भिसा फ्रि टिकट दिने भनाइले देशको आर्थिक अवस्था सुदृढ गर्न के–के गर्नुपर्छ भन्ने विषयमा दलहरू गम्भीर हुनुपर्छ वैदेशिक रोजगारी कसरी घटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने भन्दा पनि कसरी बढीभन्दा बढी विदेश पठाउनेमा होडबाजी छ । चुनावी घोषणापत्र मा लेखिएको कुरा सरकारमा हुँदा कार्यान्वयन नगर्नेले उठाउने मुद्दा देखाउने गहना मात्र हो ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...