Pokharapatra National Daily

तिहार पर्वको महत्वलाई घट्न नदिऔं

नेपाली समाजले मनाउने ठूला चाडपर्व मध्ये तिहार मानिन्छ । तिहार दाजुभाइ दिदीबहिनीको मिलनको अवसरको रुपमा लिइन्छ । हरेक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्ल पक्षको द्वितीय तिथिका बीचका पाँच दिनसम्म मनाइने चाड तिहार हो । वैष्णवहरूले रामराज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति र नेवारहरूले म्ह पूजाका रूपमा मनाउने गर्दछन । तिहारलाई फूलमाला र बत्तीको पर्व पनि भन्ने गरिन्छ । हाम्रो शास्त्रीय मान्यताअनुसार उज्यालोलाई समृद्धिको प्रतीकको रूपमा लिइन्छ । हाम्रा धार्मिक आस्थासँग जोडिएको दियो बालेर शुभारम्भ गरिने शास्त्रीय परम्परा रहेकोले यस पर्वलाई उज्यालोको पर्व अर्थात् विकास र समृद्धिको पर्व पनि भन्ने गरिन्छ ।
तिहारमा मृत्युका देवता यमराजको समेत पूजा गरिने हुनाले तिहारका पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । विशेषतः तिहारमा सम्पत्तिकी देवी महालक्ष्मीको भव्यताका साथ पूजाअर्चना गरिन्छ । लक्ष्मीलाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्धि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रूपमा मान्ने चलन छ । यसका साथै हिन्दु धर्मालम्बीहरूले गाईलाई लक्ष्मीको अवतारको रूपमा मान्ने चलन भएकोले लक्ष्मीको रूपमा गाईको विशेष पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको दिन आ–आफ्ना घर आँगन सफा सुग्घर गरी घरको ढोकादेखि पूजाकोठासम्मको बाटोमा रातोमाटोले लिपेर लक्ष्मीको आह्वान गर्ने चलन रहेको छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाहरूले सिँगार्ने प्रचलन छ। यस दिन धनको सिंहासन मूल ढुकुटीको विशेष रूपमा पूजाअर्चना गरिन्छ ।
तिहारका पाँचै दिन आफैँमा अत्यन्त महत्वपूर्ण छन् । मानिसले प्रकृति, जनावर, पशुपन्छी,को पुजा गर्ने गर्दछन । प्रकृति पुजक पनिउ हो भन्ने तिहारले देखाउँछ । पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौँ दिन भाइ तिहार मनाउने चलन छ । क्रमशः यमराजको दूतको रूपमा काग, द्वारपाल कुकुर, वैतर्णी तार्ने गाई, शिवको वाहन तथा धर्ती सेवक गोरुको पूजा गरेपछि पाँचौँ दिनमा भाइ पूजा हुन्छ । तिहारको अन्तिम दिन वा कात्र्तिक शुक्ल द्वितीयाका दिन शास्त्रीय विधानअनुसार दिदी बहिनीहरूले दाजुभाइको दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका र मखमली, सयपत्री, दुबो आदिको माला लगाई मिष्ठान्न भोजन गराउने चलन छ । दिदीबहिनीको हातबाट टीका ग्रहण गरिसकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफूसक्दो दक्षिणा दिने प्रचलन छ । यसरी हेर्दा घर परिवारका दाजुभाइ, दिदीबहिनीका बीचमा सौहार्दपूर्ण व्यवहार, आपसी सद्भावका साथै जमघट हुने अवसर जुटाइदिनु तिहारको सांस्कृतिक सौन्दर्यभित्रको सामाजिक पक्ष हो ।
तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुसंस्कृत छ। यस सन्दर्भमा तिहारको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्छ । यसो भएमा हाम्रा चाडपर्वहरूका शास्त्रीय मूल्यमान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छन्। नयाँ पुस्ताले समाजका स्थापित मूल्य मान्यतालाई शिरोधार्य गर्दै जान सक्छन्। यो आजको आवश्यकता हो। तिहारको सांस्कृतिक र सामाजिक महत्व हुँदाहँुदै पनि यसभित्रका विकृति र विसङ्गतिहरू मौलाइरहेका छन् । तिहारको नाममा पटका पड्काउने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, झै–झगडा गर्नेजस्ता सामाजिक विकृतिहरू पनि समाजमा हुने गरेको छ । वास्तवमा समाज परिवर्तनसँगै आधुनिकताको नाममा भित्रिएका अनेक किसिमका विसङ्गतिको निराकरण गरी तिहारको गरिमालाई कम हुन दिनु हुँदैन । तिहारको सांस्कृतिक सौन्दर्यलाई आधुनिकताको नवनिर्मित व्यवहारले किमार्थ फिका बनाउनु हुँदैन। तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैँमा शास्त्रीय छ। सुशोभित छ। तसर्थ यो चाडको महत्वको बारेमा घर, परिवार र समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई सिकाउनु र बुझाउनु पर्छ। यसो भएमा हाम्रा चाडपर्वका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा पुग्न सक्छ र हाम्रा सांस्कृतिक पर्वको संरक्षण हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...