Pokharapatra National Daily

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख २४ गते प्रकाशित भएको दिनलाई विशेष दिन बनाईएको छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको छ । यो दन मुलकी व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गर्ने भएकाले यस दिवसलाई राज्यले पनि आत्मसात् गरेको छ । यस वर्षको पत्रकारिता दिवसको नारा ‘विश्वसनीय सूचनाको आधारः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ ले पनि लोकतन्त्रमा जनतालाई सुसूचित गराउन महत्वपूर्ण अगुवाइ गर्ने पत्रकारिता क्षेत्र र यसमा संलग्न पत्रकारहरुको पेसागत सुरक्षालाई महत्व दिइएको छ । पत्रकारिता कुनै पनि लोकतान्त्रिक समाजको आधारशिला हो । जनताको आवाजलाई सरकारसमक्ष पु¥याउने, समाजका विकृति र विसङ्गतिहरूलाई उजागर गर्ने र नागरिकलाई सूचित गर्ने कार्य पत्रकारिताले गर्छ । यसकारण पत्रकारिता केवल समाचारको माध्यम मात्र नभई यो परिवर्तनको शक्ति पनि हो । पत्रकारिताको अभावमा नागरिकले सूचना पाउने प्रणाली नै खत्तम हुनपुग्छ र एउटा अकल्पनीय अन्धकारमा समाज धकेलिन्छ । सूचनाको निर्वाध सम्प्रेषणबाट मात्रै प्रेस स्वतन्त्रता हुनसक्छ । लोकतान्त्रिक मुलुकमा सधँै प्रेसले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग र रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले लोकतन्त्रको अभिन्न अङ्ग स्वतन्त्र प्रेस नै हो, लोकतन्त्रको अक्सिजन पनि हो ।
सूचनाको वास्तविकता, सत्यको जाँच तथा प्रमाणको पुष्टि हुनुपर्नेजस्ता पत्रकारिताका आधारभूत मान्यताबाट विचलित हुनुहुँदैन । नेपालको पत्रकारिताले लामो सङ्घर्ष र बलिदानको इतिहास बोकेको छ । निरङ्कुश शासनदेखि प्रजातन्त्र र लोकतन्त्रको यात्रामा पत्रकारहरू जेलमा परे, यातना सहनुप¥यो, तर सत्य र न्यायको पक्षमा कलम चलाइरहेको छ । आजको स्वतन्त्र प्रेसको अवस्था त्यही सङ्घर्षको फल हो । मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सञ्चार जगतको मुख्य अभिष्ट मान्दै आएको छ । नेपाली पत्रकारिता जगतले जनसरोकारका सबैजसो विषयमा नागरिकलाई सुसूचित गराउँदै सार्वजनिक सेवा प्रदायकलाई जनताका आवश्यकताको बारेमा पृष्ठपोषण प्रदान गरी सञ्चार सेतुको रूपमा काम गरिरहेको छ । अहिले सामाजिक सञ्जालको व्यापकताका कारण सूचना प्रवाह गर्ने पहुँच अब पत्रकारिताको औपचारिक क्षेत्रभन्दा धेरै विस्तार भएको छ । राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको हुनाले जिम्मेवारीपूर्ण सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम राख्न सकिन्छ । त्यसैले आज विश्वसनीय सूचनाको आधारको निर्माण गरी जवाफदेही पत्रकारितालाई प्रोत्साहनको खाँचो छ भने र पत्रकारहरुले पनि सुरक्षित वातावरणमा काम गर्ने अवस्थाको सुनिश्चित हुनुपर्ने देखिन्छ ।
नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्न सकिने अवस्थामा छैन । आज पनि पत्रकारिता राजनीतिक दबाब, आर्थिक अस्थिरता, फेक न्युजको प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न चुनौतीसँग जुधिरहेको छ । कतिपय चुनौती समयले ल्याइदिएको छ भने कतिपय प्रविधिले, अनि कतिपय व्यक्तिका प्रवृत्तिले । भौतिक हमला र पेसागत असुरक्षा दुवैले पत्रकारहरुलाई त्रासमा राखेको अवस्था छ भने इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्दै पत्रकारलाई निरुत्साहित गर्ने, अपमानित गर्ने खालका नयाँ प्रवृत्तिहरु पनि देखिन थालेका छन् । इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्तिहरु पनि बढेका छन् । पत्रकारितामाथि विभिन्न कोणहरुबाट प्रश्न उठिरहेका बेला यसमा हुने ससाना त्रुटिहरुलाई औँल्याउँदै सञ्चार गृह र तिनमा काम गर्ने पत्रकारहरुको सुरक्षामा सङ्कट देखा पर्न थालेको छ । सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको छ । इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरका बीच सङ्घर्षरत छ ।
कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी गलत समाचार दिने, नागरिकलाई दिग्भ्रमति तुल्याउनेजस्ता घटनाहरु बढ्न थालेका छन् । यस्ता अवस्थामा सत्य, तथ्य र निष्पक्षता कायम राख्नु पत्रकारहरूको सबैभन्दा ठूलो जिम्मेवारी हो । पत्रकारिता क्षेत्रलाई विश्वसनीय र जनमुखी बनाउन नागरिकस्तरबाट पनि उत्तिकै रचनात्मक भूमिकाको खाँचो पर्दछ । पत्रकारको हातमा रहेको कलमबाट कसैमाथि अन्याय हुनुहुँदैन । पत्रकारिताको सबैभन्दा मुख्य धर्म आमजनतासामु निष्पक्षरुपमा सत्य, तथ्य प्रस्तुत गर्नु हो । गल्तीलाई ग्रहण गर्ने र सच्चिन तत्परता देखाउने पत्रकारिताको चरित्र पनि हो । आलोचना र लाञ्छनाले पत्रकारिता कमजोर हुँदैन, बरु थप सशक्त हुन प्रेरित गर्दछ । आचारसंहिता, नीतिनियम र पेसागत इमानदारीलाई आत्मसात् गर्दै समाजप्रति उत्तरदायी बन्ने र पत्रकारलाई सूचना दिनका लागि र तथ्य दिनका लागि नागरिकहरु पनि जागरुक भैदिने हो भने सहज हुने छ र असल नागरिकको कर्तव्य निर्वाह गरेको मानिनेछ ।

प्रतिकृया दिनुहोस्

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...