Pokharapatra National Daily

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको प्रेस स्वतन्त्रताको विश्वव्यापी अवस्था उच्चस्तरमा नरहेको पुष्टि गर्छ । नेपालको संविधानको धारा १७ (२) (क) र धारा १९ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको मौलिक हक भनेर प्रत्याभूत गरेको मात्रै छैन, संविधानको प्रस्तावनामा समेत पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने उल्लेख गरेको छ । यस्तै, प्रेस काउन्सिल ऐन, सूचना तथा सञ्चार नीतिहरू, पत्रकार आचारसंहितालगायतका नियमबाट पनि प्रेसको अधिकार परिभाषित गरिएको छ । नेपाल पक्षराष्ट्र भएर हस्ताक्षर गरिएको अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूले पनि प्रेस स्वतन्त्रताको समर्थन गर्छ ।
नेपालको सन्दर्भमा प्रेस स्वतन्त्रताको सारवान कानुनी एवं नीतिगत आधार र प्रयोगपरक व्यावहारिकताबिच ठुलो बेमेल पाइन्छ । राजनीतिक, आर्थिक, सामाजिकलगायतका विभिन्न कारणले अहिले पनि नेपाली पत्रकारितामा पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित भइरहेको छ । प्रेस स्वतन्त्रताका व्यावहारिक पक्षमा धेरै उल्झन र समस्या देखिएका छन् । सन् १९९३ मा संयुक्त राष्ट्र संघ साधारण सभाको घोषणा पछि युनेस्कोको आब्हानमा मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संसारभरीका पत्रकारहरुले मे ३ लाई महत्वपूर्ण दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।सत्तासीन देखि विगतमा सत्तामा रहेकाहरूले शुभकामना दिएर प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएका छन।सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार, न्याय र बिधिको शासन बिचको सम्बन्धको महत्व बुझाउन सकेमात्र प्रेस सुरक्षित बन्छ । प्रेस स्वतन्त्रताको अवस्था विश्वभर राम्रो छैन । द्वन्द्व ग्रस्त मुलुकमा सबैभन्दा असुरक्षित पत्रकार भएका छन् । रिपोर्टिङमा गएका पत्रकार सुरक्षित रुपमा फर्कन्छन् कि फर्कदैनन् भन्ने अबस्था बिद्यमान छ ।राज्य पक्षमात्र होइन आन्दोलनकारीले पत्रकार सुरेश रजकलाई जलाएर मारेका छन । संचार गृहमाथि तोडफोड गरेर आतंकित पार्ने काम राजसंस्था पक्षधरले चैत १५ गते गरेको आन्दोलनले देखाएको छ ।
नेपाली पत्रकारहरुको भौतिक र व्यावसायिक सुरक्षाको लागि पत्रकार महासंघले लामो समय देखि आवाज उठाउँदै आएको छ । महासंघका अधिवेशनमा मुख्य विषय पत्रकारको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुदै आएका हो । स्थानीय र प्रदेश सरकारले प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध र मिडीयामैत्री हुने अपेक्षा अनुसार ब्यबहारमा देखिन सकेको छैन् । सरकारले तोकेको पारिश्रमिक दिन आनकानी गर्ने , पत्रकारलाई विना सुरक्षा आन्दोलनमा खटाउने सञ्चार प्रतिष्ठान पनि स्वतन्त्र पत्रकारिताका पक्षपाति हुन सक्दैनन् । प्रेस स्वतन्त्रता दिवस मनाउनुको अर्थ श्रमजीवी पत्रकारको ऐनको कार्यान्वयन हो । पत्रकारलाई सबल बनाउन सुरक्षाको प्रत्याभुति र तालिम पनि उतिकै खाचो छ ।
पत्रकार दुर्घटना बिमा र स्वास्थ्य बिमा प्राथमिक सर्त बन्नु पर्दछ । स्वतन्त्र प्रेसको लागि जिम्मेवार र मर्यादित बन्नु आवस्यक छ । राज्यले संबिधानमा भएको प्रावधान अनुसार कानुन बन्नु पर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कागजी खोष्टो मात्र नबनाउन सरकारले ब्यबहारबाट पुष्टि गर्ने बेला आएको छ । जनताले सहि सूचना पाउने र राज्य जनतालाई सहि सुचना दिन प्रतिबद्धता जनाउने बेला यही हो । मूलधारका संचार माध्यम भन्दा सामाजिक संजाल र युट्युवलाई प्रयोग गरेर । भ्रामक, गाली गलौजर चरित्र हत्या गर्ने काम हुँदै आएको छ । प्रविधिको प्रयोग गरेर गलत र भ्रामक सूचना दिने, अफवाह फैलाउने काम रोकिने अवस्था छैन ।जब सम्म सहि र सत्य तथ्य सूचना जनताले पाउदैनन् तबसम्म मर्यादित पत्रकारिता हराउदै जान्छ । आस, त्रास र प्रभावबाट पत्रकार मुक्त हुने अवस्था बनाउने काम राज्यको हो ।

प्रतिकृया दिनुहोस्

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...