Pokharapatra National Daily

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको प्रेस स्वतन्त्रताको विश्वव्यापी अवस्था उच्चस्तरमा नरहेको पुष्टि गर्छ । नेपालको संविधानको धारा १७ (२) (क) र धारा १९ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको मौलिक हक भनेर प्रत्याभूत गरेको मात्रै छैन, संविधानको प्रस्तावनामा समेत पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने उल्लेख गरेको छ । यस्तै, प्रेस काउन्सिल ऐन, सूचना तथा सञ्चार नीतिहरू, पत्रकार आचारसंहितालगायतका नियमबाट पनि प्रेसको अधिकार परिभाषित गरिएको छ । नेपाल पक्षराष्ट्र भएर हस्ताक्षर गरिएको अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूले पनि प्रेस स्वतन्त्रताको समर्थन गर्छ ।
नेपालको सन्दर्भमा प्रेस स्वतन्त्रताको सारवान कानुनी एवं नीतिगत आधार र प्रयोगपरक व्यावहारिकताबिच ठुलो बेमेल पाइन्छ । राजनीतिक, आर्थिक, सामाजिकलगायतका विभिन्न कारणले अहिले पनि नेपाली पत्रकारितामा पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित भइरहेको छ । प्रेस स्वतन्त्रताका व्यावहारिक पक्षमा धेरै उल्झन र समस्या देखिएका छन् । सन् १९९३ मा संयुक्त राष्ट्र संघ साधारण सभाको घोषणा पछि युनेस्कोको आब्हानमा मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संसारभरीका पत्रकारहरुले मे ३ लाई महत्वपूर्ण दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।सत्तासीन देखि विगतमा सत्तामा रहेकाहरूले शुभकामना दिएर प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाएका छन।सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार, न्याय र बिधिको शासन बिचको सम्बन्धको महत्व बुझाउन सकेमात्र प्रेस सुरक्षित बन्छ । प्रेस स्वतन्त्रताको अवस्था विश्वभर राम्रो छैन । द्वन्द्व ग्रस्त मुलुकमा सबैभन्दा असुरक्षित पत्रकार भएका छन् । रिपोर्टिङमा गएका पत्रकार सुरक्षित रुपमा फर्कन्छन् कि फर्कदैनन् भन्ने अबस्था बिद्यमान छ ।राज्य पक्षमात्र होइन आन्दोलनकारीले पत्रकार सुरेश रजकलाई जलाएर मारेका छन । संचार गृहमाथि तोडफोड गरेर आतंकित पार्ने काम राजसंस्था पक्षधरले चैत १५ गते गरेको आन्दोलनले देखाएको छ ।
नेपाली पत्रकारहरुको भौतिक र व्यावसायिक सुरक्षाको लागि पत्रकार महासंघले लामो समय देखि आवाज उठाउँदै आएको छ । महासंघका अधिवेशनमा मुख्य विषय पत्रकारको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुदै आएका हो । स्थानीय र प्रदेश सरकारले प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध र मिडीयामैत्री हुने अपेक्षा अनुसार ब्यबहारमा देखिन सकेको छैन् । सरकारले तोकेको पारिश्रमिक दिन आनकानी गर्ने , पत्रकारलाई विना सुरक्षा आन्दोलनमा खटाउने सञ्चार प्रतिष्ठान पनि स्वतन्त्र पत्रकारिताका पक्षपाति हुन सक्दैनन् । प्रेस स्वतन्त्रता दिवस मनाउनुको अर्थ श्रमजीवी पत्रकारको ऐनको कार्यान्वयन हो । पत्रकारलाई सबल बनाउन सुरक्षाको प्रत्याभुति र तालिम पनि उतिकै खाचो छ ।
पत्रकार दुर्घटना बिमा र स्वास्थ्य बिमा प्राथमिक सर्त बन्नु पर्दछ । स्वतन्त्र प्रेसको लागि जिम्मेवार र मर्यादित बन्नु आवस्यक छ । राज्यले संबिधानमा भएको प्रावधान अनुसार कानुन बन्नु पर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कागजी खोष्टो मात्र नबनाउन सरकारले ब्यबहारबाट पुष्टि गर्ने बेला आएको छ । जनताले सहि सूचना पाउने र राज्य जनतालाई सहि सुचना दिन प्रतिबद्धता जनाउने बेला यही हो । मूलधारका संचार माध्यम भन्दा सामाजिक संजाल र युट्युवलाई प्रयोग गरेर । भ्रामक, गाली गलौजर चरित्र हत्या गर्ने काम हुँदै आएको छ । प्रविधिको प्रयोग गरेर गलत र भ्रामक सूचना दिने, अफवाह फैलाउने काम रोकिने अवस्था छैन ।जब सम्म सहि र सत्य तथ्य सूचना जनताले पाउदैनन् तबसम्म मर्यादित पत्रकारिता हराउदै जान्छ । आस, त्रास र प्रभावबाट पत्रकार मुक्त हुने अवस्था बनाउने काम राज्यको हो ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...