जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको अन्त्य दोश्रो जनआन्दोलकले ग¥यो । राजा ज्ञानेन्द्रको निरंकुशतालाई जनआन्दोलनले परास्त गरेको हो । शसस्त्र संघर्ष गरेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम २०६२–०६३ को आन्दोलनले नै हो । २०६२ साल चैत २४ गतेबाट शुरु भएर २०६३ बैशाख ११ गते आन्दोलन टुङ्गीएको हो । शान्तिपूर्ण आन्दोलनबाट जनताले आफ्नो अधिकार लिएको दिनको रुपमा बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा सम्झने गरिएको छ । लोकतन्त्रलाई दिवसको रुपमा नागरिकले अधिकार पाएको दिनको रुपमा लिने गरेका छन् ।जनताले जितेको दिनलाई भव्य रुपमा मनाउन नेकपा एमालेले युवालाई उतार्ने भएको छ ।
लोकतन्त्रिक आन्दोलनको उपलब्धि संविधान सभा, संविधानसभाले बनाएको संविधान, गणतन्त्र, समावेशी प्रतिनिधित्व र राज्यको पुनसंरचना हो । गणतन्त्र घोषणा हुँदा जनतामा जुन उत्साह थियोे अहिले नेताप्रति आक्रोश छ । मुलुकमा राष्ट्रपति पनि छन् । समावेशी प्रतिनिधित्व गराउन निर्वाचन प्रणाली पनि प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रतिनिघित्व गराइएको छ । जनआन्दोलनमा नेपाली जनताले उठाएका मुद्धा संविधान जारी गरेपछि ती अधिकार संस्थागत भएको छ । तिनै तहका सरकार बनेर अधिकारको वाडफाड भएको छ । सिंहदरबारको अधिकार गाउँमा आइपुगेको आठ वर्ष पुग्दैछ । केन्द्रीकृत मानसिकताले गर्दा स्थानीय तह र प्रदेश सरकारबाट सम्पादन हुने काम अपेक्षाकृत हुन सकेको छैन । संघीयता कार्यान्वयन गर्ने निजामती, प्रहरी र विद्यालय शिक्षा ऐन संघीय संसदबाट जारी हुन नसक्दा असन्तुष्टि बढेको छ। शिक्षकका आन्दोलनले सामुदायिक विद्यालय बन्द छन।शिक्षक काठमाडौंमा २२ दिन देखि प्रदर्शन गरिरहेका छन। अर्थिक बृद्धि वृद्धि हुन सकेको छैन । देशको अर्थतन्त्र कमजोर हुँदा साशकहरु जनतालाई बुझाउन सक्दैनन् । रोजगारीका लागि विदेश जान बाध्य युवाशक्ति गणतन्त्रका नेता र दलपति आक्रोश व्यक्त गर्दछन । राजतन्त्रको वकालत गर्ने बढ्न थालेका छन । पूर्व राजा ज्ञानेन्द्र फेरि शासन आफ्नै हातमा लिन सकिन्छ कि भनेर राजसंस्था पक्षधरलाई आन्दोलनमा उतारेका छन । जननिर्वाचित संसद्ले कानुन बनाउने र देशका समस्यामा गहन छलफल नभइ कुण्ठा, घुर्की र प्रतिशोध साँध्ने थलोमा परिणाम गराउन खोजिदै छ । क्यालेन्डर बनाएर चल्न नसक्ने अवस्थामा पुर्याउन खोजिदैछ । संसदप्रति वितृष्णा फैलाउनेलाई मलजल हाल्ने काम संसदीय प्रणालीका हिमायती हौँ भन्नेबाट भएको छ ।
लोकतन्त्र स्थापनाका लागि शाहदत प्रप्त गर्ने शहिदको रगत खेरा जाने हो कि भन्ने अवस्था आएको छ । सरकारले शहीदहरुलाई समान व्यवहार गरेको छैन । जनआन्दोलनका घाइते र अंगभंग भएकाहरुले अझै राहत पाउन सकेका छैनन् । शरीर भित्र रहेको गोली र अंगभंग भएकाहरुको उपचार र भरणपोषणको व्यवस्था नगरेसम्म जनआन्दोलनको मर्म पुरा हुन सक्दैन । रातारात धनकमाउने कालाबजारीया, निरंकुश, भ्रष्ट र तस्करहरुले जनतालाई लोकतन्त्रको पाठ पढाउने अवस्था बढेर गएको छ । निर्वाचनमा जस्ले खर्च गर्न सक्छ भन्नेलाई उमेदवार कनाउने आफ्नो दास बन्न सक्ने खोज्ने प्रबृत्ति हावी हुदाँ राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक आचरण देखाउन नसक्दा अहिले जनतामा निराशा छाएको छ । पुरानै निरंकुश शासन ठिक थियोे भन्ने र पपुलिष्ट कुरा गर्नेको श्वर चर्को हुन थालेको छ ।
नेताहरुले सिमित घेरा भन्दा बाहिर हेर्न नसक्दा जनताले विश्वास गरेका नेताहरुका बारेमा प्रश्न उठाउने ठाउँ दिएको छ । अन्दोलनमा सँगै लडेको शक्ति दुई ध्रुब हुन पुगेका छन । जनताको सहभागितामा जनताका प्रतिनिधिले मुलुक चलाउने प्रणाली स्थापित नगरी बाँडीचुँडी खाने प्रणाली स्थापित गराउन खोजिएको छ । साशकको सोच र चिन्तन आफू र आफ्नाका लागि केन्द्रीत छ । लोकतान्त्रिक प्रणाली देखाउन मात्र छ । लोकतान्त्रिक जीवन पद्धति बनाउन सकियो भने मात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र स्थापना गर्न जस्ले योगदान गरेको छ उनीहरुले परिवर्तनको अनुभूति गर्न नपाएसम्म ब्यबस्था बलियो हुँदैन । जनताको अवस्था परिवर्तन गर्न सके मात्र लोकतन्त्र बलियो हुनेछ । लोकतान्त्रिक आन्दोलनमा संगै लडेका र लोकतन्त्रलाई बलियो बनाउन लागेका सबै शक्तिले सत्ता स्वार्थभन्दा माथि उठेर देश र जनताको निम्ति लाग्ने वाचा गरेमा लोकतान्त्रीकरणमा सहयोग पुग्नेछ ।लोकतन्त्र जनताले जितेको दिनको रुपमा सबैले मनाउने दिन बन्न सकेमा निरंकुशतालाई सधैंका लागि परास्त गरेर लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सकिनेछ ।