Pokharapatra National Daily

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्पबट गोरखा सहित १४ जिल्ला अतिप्रभाबित बने भने ३१ जिल्लामा क्षति भयो । बिहान ११.५६ मिनेट जादाँ गएको भूकम्प र त्यस पछिको पराकम्पनबाट आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए । २२ हजार तीन सय ९ जना घाइते भएको तथ्यांक छ । ५ लाख घर पूर्ण ध्वस्त भएका थिए भने करिब ९ लाख भवन क्षति भएका थिए । भूकम्पबाट ९ सय सम्पदा पूर्ण र आंशिक क्षति भएका थिए । ९ हजार सरकारी भवनहरु क्षतिग्रस्त भएका थिए ।
भूकम्प पछि पुननिर्माणका लागि नेपालमा अन्तर्राष्ट्रिय दाता सम्मेलन भयो । दाता सम्मेलनमा चार खर्बको प्रतिवद्धता आएको थियो । भूकम्प गएको ८ महिनापछि मात्र संसदबाट पुननिर्माण प्राधिकरण ऐन बन्यो । दलहरुका कारण प्राधिकारणको सिइओ नियुक्तीमै ढिला भयो । प्राधिकरणमा सरकार फेरिए संगै सिइओ फेरिए । राजनीतिक दाउपेचमा प्राधिकरण पर्दा अपेक्षित काम हुन सकेन । धेरै संमय पछि मात्र पुननिर्माणको कामले गति लियो । निजि आवास निर्माणको काम अधिकांश पूरा भैसकेको छ । सात लाख बैसठीहार तीन सयले अनुदान सम्झौता गरेको ति मध्ये धेरै पुननिर्माण भैसकेको प्राधिकारणको आकडा छ । ७ हतार ५ साय विद्यालय मध्ये अधिकांश भवन पुर्ननिर्माण भैसकेका छन् । स्वास्थ्य संस्थाका अधिकांश भवन निर्माण भएका छन् । अरुको उद्धार गर्ने सुरक्षा निकाय भने केही अझै बाँकी छन् । पुनःनिर्माणको काम ९८ प्रतिशत सकिए पनि सांस्कृतिक सम्पदा, मन्दिर पुनःनिर्माण पुरै हुन सकेका छैनन् । सबैभन्दा कामजोर अवस्था सम्पदा पुर्ननिर्माणमा देखिएको छ । सम्पदा क्षेत्रको निर्माण कार्य कछुवाको गतिमा चलेको छ ।
वि.स. १९९० माघ २ गते गएको भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल भूकम्पीय जोखिममा रहेको हुदाँ भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्न सकिए मात्र क्षति न्यूनिकरण गर्न सकिन्छ । भूकम्प पीडितले चर्को गर्मी, वर्षा र जाडोमा मुटु काम्ने जाडो सहनु प¥यो । सरकारले समयमै भूकम्प पीडितको पिडालाई आत्मसाथ गर्न नसक्दा भूकम्पले पु¥याएको क्षति पछि जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो अनुसार हुन सकेन।हामी भुकम्प जोखिम क्षेत्रमा छौ भन्ने सम्झेर निर्माण गर्नुपर्दछ ।
जाजरकोटम , रुकुम र सल्यानमा गएको भुकम्पबाट पाठ नसिकेको र पुनःनिर्माण का काम कछुवा गतिमा भएको छ । हामीले विर्से पनि भुकम्पले बिर्साउदैन भन्ने सबैमा चेतना आउनु आवश्यक छ । अहिले नेपाल भूकम्पको जोखिममा छैन, सबै ठिकठाक छ जस्तो गरि घर, भवन र अन्य संरचना निर्माण गरिएका छन । भूकम्प सचेतना सम्बन्धि कार्यक्रम हुन छाडेका छन।कसरी उद्दार गर्ने, कसरी राहत बाँड्ने र जनशक्ति तयार गर्ने सबै आवश्यक छैन जस्तो ठानिएको छ । दस वर्षअघिको त्यो विनाशकारी दिन सम्झेर सचेत हुने र हरदम हामी भुकम्पीय जोखिममा छौं भन्ने विर्सनु हुँदैन । हामी दस वर्ष अघिको त्यो दिनलाई सम्झेर कसरी भूकम्प प्रतिरोधात्मक भवन र संरचना निर्माण गर्ने र सुरक्षाका उपायबारे सचेतना चाहिन्छ । यी सबै कुरा २०७२ वैशाख १२ जस्तै फेरि पनि हुन सक्छ । जहिले पनि हुन सक्छ भनेर सचेतना अपनाउन आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...