Pokharapatra National Daily

युगपुरुषप्रति हार्दिक श्रद्धाञ्जली

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक विदा दिनुका साथै राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि नेपाल सरकारले गरेको छ।जोशीले आइतबार १०३ वर्ष ५ महिनाको उमेरमा आइतबार अन्तिम सास फेरेका थिए । संस्कृतिकर्मी सत्यमोहन जोशीको परम्परागत तवरले अन्तिम संस्कार भएन । विशेष तवरको बिदाइ चाहिँ भयो। उनको राष्ट्रिय सम्मान अर्पण राज्यले नै ग¥या े। जति वर्ष बाँचे। सक्रिय जीवनमात्रै बाँचेनन्, सक्दो समाज र राष्ट्रका लागि खटिए। राज्यले राष्ट्रिय सम्मान अर्पण गरेर नागरिक हैसियतमै राष्ट्रप्रति उनले पु¥याएको योगदानको कदर ग¥यो ।
ठूलो ओहोदामा पुग्नेको भन्दा उनको सम्मान राष्ट्रका लागि पु¥याएको योगदानको कदर हो।राष्ट्र र समाजको लागि किर्ति राख्ने ,योगदान पु¥याउनेको कदर सार्वजनिक विदा दिएर भएको छ । देश र समाजका लागि आफ्नो ऊर्जा खर्चेका जोशीले भौतिक शरीरसमेत समाजकै लागि अर्पण गरेर छाडे । त्यसैले परम्परागत तवरबाट उनको दाहसंस्कार भएन । शरीर अस्पताललाई जिम्मा लगाइयो । उनी आफैंले पार्थिव शरीर दान गर्ने इच्छा देखाएका थिए र परिवारका सदस्यको पनि त्यसमा सहमति थियो । समाज र संस्कृति अध्ययनमा जीवन अर्पण गरेका जोशीको पार्थिव शरीर आफैंमा चिकित्सा विज्ञानका विद्यार्थीका लागि अध्ययन सामग्री बनेको छ । जोशीलाई कीर्तिमानी बनाउने उनको उमेरभन्दा धेरै उनका कीर्ति र राष्ट्रलाई गरेका देनहरू हुन् । उनले देशका कुनाकन्दरा चहारेर संस्कृति केस्राकेस्रा केलाएर नेपाली समाजको सुगन्ध प्रकाशमा ल्याए। दुर्गम कर्णालीका संस्कृतिका ज्ञाता थिए उनी । काठमाडौं खाल्डोका संस्कृति र सभ्यताको त उनका अथाह ज्ञान थियो ।
नेपाली समाजका प्रमुख धर्म हिन्दू र बौद्धका अन्तरसम्बन्धमा विशद ज्ञान राख्थे । मुलुकमै पहिलोपटक पुरातत्त्व विभाग खडा हुँदा पहिलो डाइरेक्टरको नियुक्ति पाएका उनले त्यसअघि नै २०१३ सालमा हाम्रो लोकसंस्कृति पुस्तक लेख्न भ्याएका थिए। त्यसैमा उनलाई मदन पुरस्कार पनि प्राप्त भयो । नेपाली साहित्यमा गरिमामय यो पुरस्कार तीनपटक पाउने स्रष्टा पनि उनै थिए । चीन तिब्बतमा नेपाली युवा अरनिकोको योगदानलाई खोज अनुसन्धान गरी बाहिर ल्याउने जोशी नै थिए। मुद्राको अध्ययनमा उनको लगाव थियो । राजसंस्थाका सदस्यहरूबाहेक जीवितै छँदा हुलाक टिकटमा छापिने सौभाग्य उनलाई प्राप्त भयो । मुद्रामा पनि उनी अंकित भए । तीन÷तीन वटा पुस्तकमा मदन पुरस्कार प्राप्त गर्ने जोशीका अधिकांश कीर्ति अध्ययन र अनुसन्धानमा आधारित रहे । नेपाली लेखन र इतिहासको खोज, अनुसन्धानमा प्रामाणिकतामा जोड दिने एक अगुवा हुन् ।
नेपालको इतिहास लेखनमा थुप्रै विदेशीले पनि योगदान गरेका छन् । नेपाली मौलिक संस्कृतिको पहिचानलाई उजागर गर्नु, त्यसलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउनु र ल्याउन प्रेरित गर्न सत्यमोहनको योगदान रह्यो । सरल जीवनशैली बाँच्दै लोभलाग्दो उमेर व्यतित गरेका उनको जीवन वास्तवमै सिर्जनशीलमात्रै नभई बहुआयामिक थियो । साहित्य, कला, संस्कृति, इतिहास, भूगोल, उनको दख्खल थियोे । मूर्तिकला, पुरातत्व, शिक्षालगायत विषयमा हासिल गरेको ज्ञानका आधारमा समाजलाई मार्गदर्शन गरेका थिए । नेपाली समाजले सयौं वर्षसम्म पनि सम्झिरहने एक युगपुरुष थिए । एक युगको अन्त्य भएको छ । तिनै युग पुरुषप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...