Pokharapatra National Daily

प्रतिशोधको राजनीति

सत्ता गठबन्धनमा रहेको दलले चुनावमा पनि गठबन्धन गरोस् भन्ने चाहना हुनु स्वभाविक हो । काङ्ग्रेस नेतृत्वको सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी जसपा एमालेसंग तालमेल गरेको छ । काङ्ग्रेस र माओवादी केन्द्र, एकीकृत समाजवादीले जसपालाई सिट संख्यामा पेलेपछि एमालेसंग तालमेल गरेको छ । सरकारमा रहेको दलले प्रतिपक्षी दलसँग गठबन्धन गरेको निहुँमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा मन्त्रीहरुलाई हटाएका छन् । गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाएर कडा जवाफ दिएका छन ।
देउवाले जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् । यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् । २०७४ सालको निर्वाचनमा काङ्ग्रेस सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई विनाविभागीय बनाएका थिए ।
सरकारमा रहेको माओवादी केन्द्रले विपक्षी एमालेसंग गठबन्धन गरेको थियो । अहिले पनि जसपा सरकारमा रहेको र विपक्षी एमालेसंग चुनावी तालमेल गर्दा मन्त्री हटाउने काम दोहोरो मापदण्ड हो । हिजो नै हटाउने तयारी गरेका देउवाले राष्ट्रपति कार्यालयसंगको परामर्शपछि बर्खास्त गरेका छन । राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् । सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका हुन कि कसैको दबाब अनुरुप चलेका हुन भन्ने प्रश्न खडा भएको छ ।
संघ सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि मधेस सरकारबाट पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने तयारी गरिएको छ । मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । सत्ता गठबन्धनबाट हटेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसको बदला लिने वातावरण बन्दैछ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुलाई हटाउन छलफल थालेका छन । कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरु नैतिकताका आधारमा राजीनामा दिउन भन्ने छ । प्रतिशोधको राजनीति लिएर देउवाले दलहरूबीच दुरी बढाउने काम गरेका छन ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...