Pokharapatra National Daily

डेंगु विरुद्ध अभियान चलाऊ

सरकारले समयमै खोज र नष्ट अभियान नचलाउँदा देशभर फैलिएको डेंगुका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ । समयमै परिक्षण हुन नसक्दा संक्रमित बढ्दै गएको हो । राजधानीका अस्पतालमा डैंगुका बिरामीले भरिएका थिए ।
मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । राजधानीबाट सावधानी अपनाउन नसक्दा देशका सबै ठाउँमा फैलिएको छ। लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ । भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा तीन वर्षअघि २०१९ मा पनि डेंगुले प्रकोपको रूप लिएको थियो । त्यो समयमा सरकारी तथ्यांक अनुसार १८ हजार संक्रमित भएका थिए । ६ जनाको मृत्यु भएको थियो ।
‘अहिले अवस्थालाई हेर्दा डेंगुले प्रकोपको रुप लिइसकेको चिकित्सकको भनाइ छ।अझै केही समय डेंगुको जोखिम छ ।
अघिल्ला वर्षमा संक्रमित भएका भन्दा बढी भइसकेका छन । अझै बढ्ने संभावना छ । नेपालमा प्रभावकारी प्रविधि नभित्रिएका कारण पनि डेंगु नियन्त्रणमा समस्या आएको चिकित्सकको बुझाइ छ । ‘जबसम्म लामखुट्टे नियन्त्रण गर्न सक्दैनौं, तबसम्म उपचारमा जोड दिँदैमा डेंगु नियन्त्रणमा आउँदन । ‘डेंगु नियन्त्रणमा मानिसको व्यवहार परिवर्तन हुन आवश्यक छ ।’ अहिले मनसुन सँगसँगै डेंगु तीव्र गतिमा फैलिरहेको छ । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिने विज्ञहरु बताउँछन् । लामखुट्टेले फुल पार्न सक्ने घरभित्रका सम्भावित ठाउँ, वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्नुपर्छ । त्यस्तै लामखुट्टेको फुल पनि नष्ट गर्नुपर्दछ ।
‘पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्ने साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरियो भने डेंगुको प्रकोपलाई रोक्न सकिन्छ। ‘अहिले एडिस लामखुट्टे घर–घरमा छिरेको छ । त्यसकारण लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर, विद्यालय र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडाहरु खोजी–खोजी सफा गर्नुपर्छ।पोखरामा तीन वर्षअघि चलाइएको अभियान अहिले नचलाई बस्नु विडम्बना हो । जनताको स्वास्थ्य भन्दा ठूलो अरु काम हुन सक्दैन । सस्तो प्रचारबाजी गर्ने जनताको स्वास्थ्य कम चासो दिने तीन तहका सरकारलाई बिउँझाउनु पर्नेछ बेला भएको छ । अस्पतालमा समेत प्रभावकारी उपचार नहुँदा बिरामीले कमजोर महशुस गरेका छन । बिरामीको आत्मबल बढाउने र उपचारका साथै प्रभावकारी रोकथामका लागि सरकारको कदमको सकृयता जरुरी छ ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...