Pokharapatra National Daily

संविधान मिच्न छोडौं

नेपालको संविधान जारी भएको सात वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर राजनीतिक खपतका लागि मात्र भएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु समेत संविधानलाई स्वीकारेर तीनै तहका सरकार सञ्चालन गर्ने ठाउँमा पुगेका छन् । असन्तुष्ट पक्ष सबै सरकारमा सहभागी भएका छन । प्रदेश सरकारको नेतृत्व गर्ने र सहभागी भएका छन । संबिधानमा अपुरा कुरा थप्नु पर्ने माग कायमै छ । संबिधान आफैमा पूर्ण नहुने हुदा समय क्रममा संशोधन हुदै जाने दस्ताबेज हो । संबिधान संशोधनको आवज उठ्नु पनि त्यसको स्वीकार्यता बढाउदै जानु हो । संविधानले व्यवस्था गरेको मौलिक हक सम्वन्धी कानुन वनीसकेको छ । संविधान कार्यान्वयनमा आउन मौलिक हक सम्वन्धी कानुन अनिवार्य थियो । संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघीय सरकार कार्यान्वयनमा आईसकेको छ । संविधानको स्वागतमा देशभरी कार्यक्रम भईरहेका छन् । संविधान दिवस जनस्तरबाट मनाउनुपर्छ भनेर नेकपा एमालेले असोज १ गते काठमाडौंमा बृहत प्रदर्शन गरेको छ।संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गरेको एमालेले संविधानप्रति जनविश्वास बढाउने कामको अगुवाइ गरेको छ। संबिधान दिवश मनाउन सातै प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ। मधेस केन्द्रीत दलले संविधान दिवस नमनाउने भएका छन ।
संविधान मानेर संसद, सरकारमा पनि बस्ने र बिरोध पनि गर्छु भन्ने परस्पर बिरोधी कुरा हुन । संशोधन नभएसम्म विरोध गर्ने भनि राजनीतिक खपतका लागि कर्मकाण्डी व्यवहार मात्र हो । अहिले संशोधनका कुरा अपरीहार्य बन्न सकेको छैन । चार वर्ष अघि जुन मात्रामा विरोध थियो त्यो क्रमश कम हुँदै गएको छ । संविधान विपरीत गतिविधि सत्तारूढ गठबन्धनले गरेको छ।राज्य सत्ता कब्जामा लिएर गुण्डा राज चलाउन खोजिएको छ । संविधान जिवन्त दस्तावेज भएको हुँदा त्यसमा संशोधन हुँदै जान सक्छ । नेपाली जनताले चुनेका प्रतिनिधिले बनाएको संविधान मनाउन विभिन्न कार्यक्रम गरिएको छ । नेपाली जनताको दिगो शान्ति र राजनीतिक स्थिरताको चाहनालाई संविधानले केही हदसम्म पुरा गरेको छ । संविधान घोषणा भएको दिनलाई सरकारले सार्वजनिक विदा दिने निर्णय पहिल्यै गरेको हो । संविधानले संघीय लोकतान्त्रिक, गणतन्त्रलाई संस्थागत गरेको छ । सार्वभौमसत्ता राज्य शक्तिको श्रोत जनता नै हुन् भन्ने संविधानले स्थापित भएको छ । समानुपातिक, समावेसी प्रतिनिधित्वलाई संविधानले अंगीकार गरेको छ । देश धर्मनिरुपेक्ष भएको छ । विभिन्न जातीय समुदायको संसदमा प्रतिनिधित्व छ । महिला सहभागिता लाई उत्कृष्ट नै मान्नुपर्छ । प्रतिनिधिसभामा र प्रदेश सभामा एक तिहाइ महिलाको प्रतिनिधित्व भइसकेको छ।अब हुने चुनावमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गर्न प्रत्यक्षमा पनि एक तिहाइ महिलालाई उमेदवार बनाउन निर्वाचन आयोगले दलहरूलाई परिपत्र गरेको छ। ।
स्थानीय तहमा करिब ४० प्रतिशत प्रतिनिधित्व छ। संविधानका धेरै पक्ष आधुनिक लोकतान्त्रिक मुलुकले अपनाउने अधिकार समावेश छन् । समाजवाद उन्मुख संविधानले नै मौलिक हकहरुको व्यवस्था गरेको छ, र ति कानुन समेत वनिसकेका छन् । नेपालमा वनेका ७ वटा संविधान मध्ये ६ वटा संविधान जनताले आफै बनाएका थिएनन् । केहि विज्ञले तयार पारेर राजा महाराजले जारी गरेका थिए । संविधानसभाले जारी गरेको संविधान अरु संविधानभन्दा धेरै फरक छ । यसमा जनताको व्यापक सहभागिता छ । संविधान सभाका लागि हजारौ नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरेका छन् । वषौदेखिको आन्दोलन, संघर्ष, तपस्याको फल संविधान सभाबाट संविधान घोषणा हो । विश्वका अन्य मुलुक जस्तै लोकतान्त्रिक सहभागिता मुलक संविधान बनेको छ । विश्वका धेरै मुलुकले नेपालको संविधानलाई स्वागत गरेका छन् । छिमेकी मुलुक भारतले पनि घुमाउरो तरिकाले स्वागत गरेको छ । संविधान गतिशील दस्तावेज हो । यसलाई पारिमार्जन गर्न सकिन्छ । यो संविधानले ग्यारेन्टी गरेको छ । अव देशलाई समृद्धिको दिशामा अघि बढाउन, संविधान कार्यान्वयन गने पात्रहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
राजनीतिक नेतृत्वमा लोकतान्त्रिक आचरण र राज्यसंयन्त्र त्यही अनुसार चल्न सक्नुपर्दछ । लोकतान्त्रिक चरित्र अनुसार चल्न सकेमा संविधानको बिरोधमा लाग्नेहरुलाई कम्जोर बनाउन सकिन्छ । अहिले पनि सत्ताको आडमा संविधान कुल्चने, कानुनको पालना नगर्ने र जंगली राज चलाउन खोजिएको छ। यस्तै शैलीले गर्दा चुनौति थपिएका छन् । जनताले खोजेको आर्थिक विकास र समृद्धीको बाटोमा जानको लागि गलत चिन्तन र संस्कार वोकेका विरुद्ध जनतालाई परिचालित गर्नुपर्ने खाचो छ । नेपालमा राजनैतिक स्थिरता कायम गर्दै जनताको आर्थिक विकास र सम्वृद्धिको बाटोमा लाग्नु संविधानको मुल मर्म हो । सधै अरुको खेलौना बन्ने काम छोडेर जनताको चाहनाको पुरा गर्ने तर्फ लाग्नु संविधानको पालना र कार्यान्वयन हो ।सबैलाई संविधान पालना गर्ने र लोकतान्त्रिक आचरण देखाउने र निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउन सकेमा संविधान कार्यान्वयन हुनेछ । संविधान दिवसको शुभकामना ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...