Pokharapatra National Daily

कोरोना नियन्त्रणमा नेपालको प्रयास

नेपालका राजनीतिक दल, नागरिक संगठन दिनहुँ सभा, जुलुस गरिरहेका छन । धेरै भिडभाड हुँदा कोरोना भाइरस संक्रमण हुने भन्दै आएकाहरु नै भिडभाड गर्दै आएका छन । पुस २७ गतेसम्म नेपालमा दुई लाख ५८ हजार ९ सयभन्दा बढी सक्रमण मुक्त भएका छन । संक्रमण मुक्त हुने ९७.६३ प्रतिशत छन । अहिले सकृय संक्रमितको संख्या ४३७३ जना छन । दुई लाख ६४ हजार भन्दा बढी संक्रमित मध्ये एक हजार ९२७ जनाको मृत्युु भएको छ । नेपालमा सरदर दैनिक पाँच हजारको पिसिआर परिक्षण हुने गरेको छ । संक्रमितको संख्या घटेका कारण जनतामा कोरोनाको भय हट्दै गएको छ । पीसीआर कम गरेको कारण संक्रमण कम देखिएको हो कि भन्ने जिज्ञाशामा महाशाखाका निर्देशक डाक्टर बासुदेब पाण्डेले अश्वीकार गरे ।
कोरोना संक्रमित घटेपछि शुक्रराज अस्पतालले १० महिनापछि माघ १ गतेबाट कोरोना बाहेकका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले वार्ड र आइसीयू दुबैमा कोरोना संक्रमित घटेका र माघ १ गतेदेखि आइसीयूलाई मात्र कोभिड वार्ड बनाउने र अन्यलाई पहिले जस्तै सामान्य वार्ड बनाउने बताए । उनले अन्य रोगका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको नेपाल प्रेसलाई जानकारी दिए । संघीय राजधानी काठमाडौं बाहिरका जिल्लाहरुमा पनि कोभिड अस्पतालका शय्याहरु खाली हुँदै गएका छन् । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमितहरु नआउँदा अस्पताल खाली भएको छ । ८० शैयाको क्षमता भएको उक्त उपचार केन्द्रमा अहिले एक जना पनि संक्रमित नभएको केन्द्रले जनाएको छ । प्रदेश–१ का अधिकांश अस्पतालमा कोरोना संक्रमित घटेको अस्पतालहरुले जनाएका छन् । चितवनको कोरोना अस्पतालमा पनि संक्रमित घटेका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभर नै संक्रमित घट्दै गएको र अवस्था सामान्यतिर फर्किरहेको जनाएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असोजमा गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको पनि भेटिएको थियो । बेलायत लगायत अन्य मुलुकमा कोरोनाको नयाँ स्वरुप पनि भेटिएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालन गरेर कोरोनाको नयाँ स्वरुपलाई रोक्नतर्फ सचेत हुनुपर्ने शुक्रराज अस्पतालका डा. शेर बहादुर पुन बताउछन् । धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ । त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणको दोस्रो लहरबाट बच्नुपर्ने डा. पुन को सुझाब छ । संक्रमण यही रफ्तारले घट्दै गए र भाइरसको दोस्रो लहर सुरु नभए सार्क मुलकुमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्ने बिज्ञहरुले बताएका छन् ।
१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले जोखिम लिष्टबाट हटाउने गरेको छ । यो हिसाबले नेपाल अहिले न्यून जोखिम लिष्टमा छ र अवस्था सामान्य तर्फ फर्किरहेको पनि इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ । सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ४०.२ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १९.८, श्रीलंकामा १४.७, अफगानिस्थानमा १५.२, बंगलादेश ९.२, माल्दिसमा ५.० र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन् । नेपालमा १.९ प्रतिशत सक्रिय संक्रमित छन् । सार्क मुलुकमा नेपाल सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो । अन्यत्र भन्दा नेपालमन संक्रमितको संख्या घट्दै जानुले परिक्षण कम भएको भन्ने पनि छन । सरकारी दाबी भने लक्षण नदेखिएकाले परिक्षण गर्न नआएको भन्ने छ । सरकारी दाबी र परिक्षण कम गरिएको आरोपमा केही सत्यता छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...