Pokharapatra National Daily

कोरोना नियन्त्रणमा नेपालको प्रयास

नेपालका राजनीतिक दल, नागरिक संगठन दिनहुँ सभा, जुलुस गरिरहेका छन । धेरै भिडभाड हुँदा कोरोना भाइरस संक्रमण हुने भन्दै आएकाहरु नै भिडभाड गर्दै आएका छन । पुस २७ गतेसम्म नेपालमा दुई लाख ५८ हजार ९ सयभन्दा बढी सक्रमण मुक्त भएका छन । संक्रमण मुक्त हुने ९७.६३ प्रतिशत छन । अहिले सकृय संक्रमितको संख्या ४३७३ जना छन । दुई लाख ६४ हजार भन्दा बढी संक्रमित मध्ये एक हजार ९२७ जनाको मृत्युु भएको छ । नेपालमा सरदर दैनिक पाँच हजारको पिसिआर परिक्षण हुने गरेको छ । संक्रमितको संख्या घटेका कारण जनतामा कोरोनाको भय हट्दै गएको छ । पीसीआर कम गरेको कारण संक्रमण कम देखिएको हो कि भन्ने जिज्ञाशामा महाशाखाका निर्देशक डाक्टर बासुदेब पाण्डेले अश्वीकार गरे ।
कोरोना संक्रमित घटेपछि शुक्रराज अस्पतालले १० महिनापछि माघ १ गतेबाट कोरोना बाहेकका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले वार्ड र आइसीयू दुबैमा कोरोना संक्रमित घटेका र माघ १ गतेदेखि आइसीयूलाई मात्र कोभिड वार्ड बनाउने र अन्यलाई पहिले जस्तै सामान्य वार्ड बनाउने बताए । उनले अन्य रोगका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको नेपाल प्रेसलाई जानकारी दिए । संघीय राजधानी काठमाडौं बाहिरका जिल्लाहरुमा पनि कोभिड अस्पतालका शय्याहरु खाली हुँदै गएका छन् । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमितहरु नआउँदा अस्पताल खाली भएको छ । ८० शैयाको क्षमता भएको उक्त उपचार केन्द्रमा अहिले एक जना पनि संक्रमित नभएको केन्द्रले जनाएको छ । प्रदेश–१ का अधिकांश अस्पतालमा कोरोना संक्रमित घटेको अस्पतालहरुले जनाएका छन् । चितवनको कोरोना अस्पतालमा पनि संक्रमित घटेका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभर नै संक्रमित घट्दै गएको र अवस्था सामान्यतिर फर्किरहेको जनाएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असोजमा गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको पनि भेटिएको थियो । बेलायत लगायत अन्य मुलुकमा कोरोनाको नयाँ स्वरुप पनि भेटिएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालन गरेर कोरोनाको नयाँ स्वरुपलाई रोक्नतर्फ सचेत हुनुपर्ने शुक्रराज अस्पतालका डा. शेर बहादुर पुन बताउछन् । धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ । त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणको दोस्रो लहरबाट बच्नुपर्ने डा. पुन को सुझाब छ । संक्रमण यही रफ्तारले घट्दै गए र भाइरसको दोस्रो लहर सुरु नभए सार्क मुलकुमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्ने बिज्ञहरुले बताएका छन् ।
१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले जोखिम लिष्टबाट हटाउने गरेको छ । यो हिसाबले नेपाल अहिले न्यून जोखिम लिष्टमा छ र अवस्था सामान्य तर्फ फर्किरहेको पनि इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ । सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ४०.२ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १९.८, श्रीलंकामा १४.७, अफगानिस्थानमा १५.२, बंगलादेश ९.२, माल्दिसमा ५.० र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन् । नेपालमा १.९ प्रतिशत सक्रिय संक्रमित छन् । सार्क मुलुकमा नेपाल सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो । अन्यत्र भन्दा नेपालमन संक्रमितको संख्या घट्दै जानुले परिक्षण कम भएको भन्ने पनि छन । सरकारी दाबी भने लक्षण नदेखिएकाले परिक्षण गर्न नआएको भन्ने छ । सरकारी दाबी र परिक्षण कम गरिएको आरोपमा केही सत्यता छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...