Pokharapatra National Daily

परिपक्व सदन बन्न सकेन

प्रतिनिधि सभा विघटनपछि राष्ट्रियसभाको सातौँ अविधेशन पुस १७ बाट सुरु भएर २६ गते अन्त्य भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले २६ पुसबाट राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभा विघटन पछि राष्ट्रिय सभाको बैठकको गरिमा उच्च राख्ने अवसरलाई प्रतिपक्षी दलले सदुपयोग गर्न सकेनन । प्रतिनिधि सभामा जस्तै विरोधको शैली अपनाउने काम भयो । परिपक्व सदन हो भन्ने छाप दिन सकेको भए जनताको सहानुभूति हुने थियो । माथिल्लो सदनका सदस्यको विचार सडक आन्दोलन गरेका युवा विध्यार्थिको जति पनि नहुनु गरिमा घटाउनु हो । राष्ट्रिय सभाले सरकार र राजनीतिक दललाई सहि बाटोमा हिडाउन सक्नुपथ्र्यो । पहिलोपटक राष्ट्रिय सभामा आफ्ना बिचार राख्दा नेकपा उपाध्यक्ष बामदेव गौतमले परिपक्वता देखाएका थिए ।
नेकपा विभाजनको असर राष्ट्रिय सभामा पर्नु स्वभाविक हो । नेकपा सत्ता पक्ष र विपक्षमा रहदा राष्ट्रिय सभामा पुगेका नेताहरूको शैलीले परिपक्व र गरिमामय सदन बनाउने प्रयास गरेनन । एक्लै चलेको बेला सुझबुझका साथ चल्न सकेनन । सरकारले घाँडो ठानेर दस दिनमै अधिवेशन अन्त्य गरेको हो । संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाका छवटा अधिवेशन एकै समयमा आह्वान र अन्त्य भएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संविधानको धारा ९३ को व्यवस्थाअनुसार यसपटक राष्ट्रियसभाको मात्रै अधिवेशन आह्वान भएको हो । संघीय संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि प्रतिनिधिसभाको रिक्तताका बेला पनि राष्ट्रियसभाको अधिवेशन सुरु भएको हो । संविधानले नै संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभालाई स्थायी सदनका रूपमा परिभाषित गरेको छ । नेपालमा दुई सदनात्मक व्यवस्थापिकाको अभ्यास पहिलो होइन । पूर्ववर्ती संवैधानिक व्यवस्थाअनुसार २०१६–१७ र २०४८–२०५९ मा पनि दुई सदनात्मक संसदीय अभ्यास भएको थियो ।
नेपाल अधिराज्यको संविधान २०१५ अनुसारको माथिल्लो सदन महासभा र २०४७ को संविधानअनुसारको माथिल्लो सदन राष्ट्रियसभा अभ्यासमा थिए । तर, महासभाका दुई र राष्ट्रियसभाका २२ वटा अधिवेशनहरू तल्लो सदन प्रतिनिधिसभाका अधिवेशन सँगसँगै मात्रै भएका थिए । २०५९ मा प्रतिनिधिसभाको विघटनपछि राष्ट्रियसभाको बैठक बस्न सकेको थिएन । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको मात्रै बैठक बस्न सक्छ÷सक्दैन भन्ने कौतूहल धेरैमा देखिन्थ्यो । पुस १७ देखि राष्ट्रियसभाको अधिवेशन सुरु भएपछि भने प्रतिनिधिसभाको अनुपस्थितिमा माथिल्लो सदनले के गर्छ र के गर्दैन भन्न्ने थियोे । सरकारले संविधानमा भएको ब्यवस्था अनुरुप अधिवेशनको कर्मकाण्ड पुरा गरेको छ ।
नेकपा विभाजनपछि विपक्षी वनेकाहरुले क्षणिक आवेगमा आएर प्रधानमन्त्रीको संबोधन बहिष्कार गर्दा राम्रो सन्देश गएको छैन । त्यसले दलहरूको असहिष्णु ब्यवहार देखाएको छ । सरकारलाई सहिबाटोमा हिडाउन र देशका सामु उपस्थित चुनौतीको कसरी सबै मिलेर हल गर्ने भन्ने विषयमा दल र नेताको चासो हुन छाडेको छ । हरेक कुरामा क्षणिक राजनीति हेर्ने वानीले गर्दा अस्थिरता बढ्दै गएको छ । हरेक क्षेत्रमा सडकबाट दबाब दिन खोज्दा राष्ट्रिय सभाले भुमिका खेल्न नपाई अधिवेशन अन्त्य गरेर भुमिका विहिन बनाउने काम भएको छ । जनताको आवाज मुखरित गर्ने ठाउँ राष्ट्रिय सभा बैठक अन्त्य गरिनु उचित होइन ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...