Pokharapatra National Daily

सहकारीको नियमन गर

हरेक क्षेत्रमा महिला पछडि परेको बेला सहकारी संस्थामा महिला सदस्य बढीछ । सहकारी विभागले गरेको सर्भेक्षणले नेपालमा सहकारी संस्थामा ७३ लाख सदस्य रहेको देखाएको छ । सहकारी विभागले गरेको सर्भेक्षण प्रतिवेदन गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ । सहकारी संस्थाको सदस्य संख्या ७३ लाखमाथि भए पनि सदस्याता डुब्लिकेसन भएकाले सहकारीमा आबद्धता रहेको नागरिकको संख्या भने घट्न सक्नेछ । कुल सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत छन् । सहकारी संस्थामा महिला सदस्य बढेकोमा सहकारीको सफलता हो । सहकारीमा आबद्ध महिलालाई संख्याको आधारमा नेतृत्व गर्ने अवसर पाएमा मात्र सफलता पाउनेछ । सहकारी संख्या जति धेरै छन त्यति नियमन गर्न अप्ठ्यारो छ ।
सञ्चालनमा रहेका सहकारी संस्थाहरुले चार खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ रुपैयाँ बचत संकलन गरेर ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रुपैयाँ ऋण लगानी गरेको बोर्डले जनाएको छ । देशभर रहेका सहकारीहरुको सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रुपैयाँ रहेको र मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान दिएको सहकारी बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा धेरै सहकारी र सदस्य वाग्मतीमा, सबैभन्दा कम कर्णालीमा देशभर रहेको कुल सहकारीमध्ये सबैभन्दा धेरै सहकारी वाग्मती प्रदेशमा रहेको विभागले जनाएको छ । ‘वाग्मती प्रदेशमा १० हजार चार सय १८ सहकारीमा २७ लाख १७ हजार ४ सय ६९ रहेको छ,’ सहकारी बोर्डले भनेको छ, ‘सबैभन्दा कम सहकारी संस्था रहेको कर्णाली प्रदेशमा १ हजार ९ सय ६७ सहकारी संस्थामा ४ लाख ४ हजार ९ सय ५६ जना सदस्य छन् ।’
यस्तै प्रदेश १ मा ४ हजार ७ सय ३७ सहकारी संस्थामा ९ लाख ३५ हजार ७ सय सदस्य, प्रदेश २ मा ४ हजार १ सय ५३ सहकारी संस्थामा ५ लाख ५५ हजार १ सय ९७ सदस्या रहेको बोर्डले जनाएको छ । गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारी संस्थामा ११ लाख १६ हजार ६ सय ३२ सदस्य, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५ सहकारी संस्थामा ८ लाख ९८ हजार ६ सय ११ जना सदस्य र सुदूरपश्चिम प्रदेशमा २ हजार ६० सहकारी संस्थामा ५ लाख ४२ हजार ९ सय ८९ जना सदस्य रहेको सहकारी बोर्डले जनाएको छ । प्रदेश १ मा २० हजार ६८५ जनाले सहकारी संस्थामा प्रतयक्ष रोजगारी पाएको बोर्डले जनाएको छ । त्यस्तै प्रदेश २ मा १० हजार ८४३ जना, वाग्मती प्रदेशमा, ३३ हजार ८९२ जना, गण्डकी प्रदेशमा ७ हजार ६३८ जना, लुम्बिनी प्रदेशमा ६ हजार ९८९ जना, कर्णाली प्रदेशमा ४ हजार ५३४ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ हजार २१५ जनाले सहकारी संस्थामार्फत प्रत्यक्ष रोजगारी पाएको विभागले उल्लेख गरेको छ ।
विभागले यसअघि ३४ हजार ८३७ प्रारम्भिक सहकारी रहेको बताउँदै आए पनि यो सर्वेक्षणमा भने २९ हजार ८८६ सहकारी संस्था मात्रै सञ्चालनमा रहेको उल्लेख छ । कतिपय सहकारी संस्थाहरु निस्क्रिय भएको र कतिपय संस्था मर्जर तथा एकीकरण भएकाले यसअघिको भन्दा संख्या घटेको विभागको बुझाईछ । सहकारी संख्या बढेकाले नियमन हुन असजिलो भएको छ।आफैले बनाएको नियम पालना भएको छ कि छैन भनेर जाँच्ने सामर्थ्य नहुँदासम्म अनियमितता रहन्छ । घरघरमा सहकारी पुगोस् भन्ने उदेश्य राम्रो हो । उद्देश्य राम्रो भएर मात्र पुग्दैन कार्यान्वयन कसरी भएको छ भन्ने महत्त्वपूर्ण हुन्छ । सरकारले सहकारीको सिद्धान्त अनुसार चल्न, चलाउन सहकारी शिक्षाको प्रचारप्रसार आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...