Pokharapatra National Daily

ब्यापकता लिंदै ट्होट

नेपाल बहुजाति, धर्म र भाषा भएको देश हो । नेपालको संविधानले नै बहु धर्म, जाति, सस्कृति र भाषा भएको देश किटान गरेको छ । हरेक जाति, भाषा र सस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न राज्यको दायित्व हो । नेपालमा बसोबास गर्ने सवै जाति, सम्प्रदायले मनाउने चार्ड पर्व फरक फरक प्रकृतिका छन । आ–आफनो मौलिकता बोकेका सांस्कृतिक चार्ड पर्व छन । एक जातिले मनाउने चाडपर्वमा अर्को जातिले पनि मनाउने गरेको उदाहरण छ । एउटा जातिले अर्को जातिको पर्वमा अर्को जाति गएर शुभकामना दिने सहभागिता जनाउने गरेको छन । सबैले सबैको अस्तित्व स्वीकार गरेकै कारण सामाजिक सद्भाव कायम छ ।
गण्डकी प्रदेश गुरुङ जातिको थाक थलो हो । गण्डकी प्रदेशमा गुरुङ जातिको एतिहासिक थाक थलो भएकै कारण यहाँ मनाउने चाडपर्व पनि एतिहासिक छन । गुरुङ जाति जहाँ बसे पनि आफ्नो सांस्कृतिक पर्व मनाउने गर्दछन । नेपालमा मात्र सिमित नभई वेलायत, अमेरिका, हङकङ, जापान, लगायत विदेशमा पनि आफना मौलिक सास्कृतिक पर्व मनाउने गरेको छन । गुरुङहरुले साउन र चैत महिनामा गाउँघरको सुरक्षाको लागि ट्होटे खेल्ने गर्दछन । आफनो घर बारी, समाज र राज्यको सुरक्षाका लागि ट्होटे खेल्ने गरेको इतिहासकार र वुढापाखाहरु बताउने गर्दछन । समाज विकाससंगै चाडपर्वलाई पनि परिस्कृत गर्ने गरिएको छ । आधुनिक समाजमा चाडपर्व पनि आधुनिकता दिने गरिएको छ ।
जंगली युगमा हँुदा जनावरवाट सुरक्षित छन् हतियार लिने गर्दथे । पछि गुरुङ जातिले आफनो गाउँको सुरुक्षाको लागि हतियार लिएर ट्होटे खेल्ने गर्दथे । पछि खेतवारीमा लाग्ने किरा फट्याङ्गा र भुतप्रेत मगाउने ट्होटे खेल्ने गरिएको जानकारहरु बताउछन । हिजोको गाउँघरमा खेल्ने ट्होटेलाई बचाई राख्न शहर वजारमा बसोबास गर्नेहरुले प्रयास गरेका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा वसोवास गर्ने गुरुङ जातिले ट्होटेलाई तमु धिं नेपालको आव्हानमा भव्य रुपमा मनाउने गरेका छन । आफनो भाषा, संस्कृति र संस्थाले संस्कृतिलाई जोगाउने काम गरेका छन । वर्षको दुई पटक साउन महिनाको अन्तिम मंगलबार र चैत महिनाको अन्तिम मंगलबार पोखरामा सामुहिक ट्होटे मनाउने गरिएको छ । पोखरामा मनाइएको ट्होट्मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएर गरिमा बढाउने काम भएको छ ।
राष्ट्र प्रमुख समारोहमा उपस्थित भएर सम्बोधन गर्नु तमु धिं को ऐतिहासिक काम भएको छ।गणतन्त्र पछि हरेक भाषा, धर्म, संस्कृति र पर्वको महत्व बढ्छ भन्ने राष्ट्रपतिको उपस्थिति हो । पहिला जनावार, किरा फट्याङग्रा भूतप्रेतवाट जोगिन पर्दथ्यो भने अहिले अन्याय र अत्याचार, भ्रष्टचार, कुशासन र विसंगती विरुद्ध लड्नु पर्ने भएको छ । ट्होटेलाई अधिकार प्राप्ति, संस्कृति बचाउने र विकृति अन्त्यका लागि खेल्न थालिएको छ । भाषा, भेषभुषा र संस्कृति जोगाउने काम बुठापाकाको मात्र हाईन । गुरुङ जातिका नयाँ पिढी, युवा, पुस्ता र राज्यलाई पनि ट्होटे पर्वको सांस्कृतिक महत्व बुझाउनु पर्ने भएको छ । संघ, प्रदेश र स्थानीय गरी तीन तह तहका सरकारले सघाउनु पर्दछ । अझ प्रदेश र स्थानीय तहका सरकारले गुरुङ जातिको ऐतिहासिक सांस्कृतिक पर्व ट्हाटेलाई आफ्नै पर्व संझेर सहयोग गर्नु पर्दछ । ट्होटे पर्वलाई जीवन्त राख्न लागिपर्ने र सहयोग गर्नेलाई गोलबन्द गर्दै व्यापक बनाउन सकेमा महत्व बढेर जानेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...