Pokharapatra National Daily

आचार संहिता नभुलौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन पछि सडक र संचार माध्यममा अमर्यादित र अशिष्ठ समाचार आउने गरेको छ।संचार माध्यममा सडकमा लागेका गाली गलौज र घृणा फैलाउने नाराले ठाउँ पाउने गरेको छ । राष्ट्रप्रमुखमाथि लागेका नारालाई सभ्य समाजका लागि सुहाउने खालका छैनन् । राजनीतिक दलका नेताहरूले भाषणमा जे जस्तो शब्द चयन गरेका छन त्यसले उनिहरुको संस्कृतिको उजागर गरेको छ । राजनीतिक मुद्दा भन्दा ब्यक्तिगत गाली गलौजमा उत्रदा त्यसको छायाँ संचार माध्यममा परेको छ । संचार माध्यम र पत्रकारलाई प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ ।
काउन्सिलले सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको छ । तरल राजनीतिक परिस्थितिका कारण त्यसको मारमा पत्रकार र संचार माध्यम नपरुन भनेर सचेत गराउनु प्रेस काउन्सिलको कर्तव्य हो । अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृखल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूल शीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको काउन्सिलको ठम्याइ छ ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत भएको पनि जनाएको छ । तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानि पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलले संझाएको छ । सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पु¥याउछ । प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा राजनीतिक दल र नेता जस्तै गरि पत्रकार र संचार माध्यम देखिनु उचित होइन । राजनीतिक दलका नेता, कानुन ब्यवसायी पक्ष विपक्षमा रहनु स्वभाविक मानिए पनि पत्रकार र संचार माध्यम दलका नेता र वकिल भन्दा बढी पक्ष विपक्षमा देखिँदा पत्रकारको निस्पक्षता, सन्तुलन हुन सक्दैन । पत्रकारले वनाएको आचार संहिता पालना नगर्दा जनमानसमा के असर पर्छ भन्ने ख्याल गर्नुपर्छ । प्रेस काउन्सिलले गरेको आग्रह जिम्मेवार र मर्यादित प्रेसका लागि हो भन्ने ठान्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...