Pokharapatra National Daily

आचार संहिता नभुलौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन पछि सडक र संचार माध्यममा अमर्यादित र अशिष्ठ समाचार आउने गरेको छ।संचार माध्यममा सडकमा लागेका गाली गलौज र घृणा फैलाउने नाराले ठाउँ पाउने गरेको छ । राष्ट्रप्रमुखमाथि लागेका नारालाई सभ्य समाजका लागि सुहाउने खालका छैनन् । राजनीतिक दलका नेताहरूले भाषणमा जे जस्तो शब्द चयन गरेका छन त्यसले उनिहरुको संस्कृतिको उजागर गरेको छ । राजनीतिक मुद्दा भन्दा ब्यक्तिगत गाली गलौजमा उत्रदा त्यसको छायाँ संचार माध्यममा परेको छ । संचार माध्यम र पत्रकारलाई प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ ।
काउन्सिलले सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन आग्रह गरेको छ । तरल राजनीतिक परिस्थितिका कारण त्यसको मारमा पत्रकार र संचार माध्यम नपरुन भनेर सचेत गराउनु प्रेस काउन्सिलको कर्तव्य हो । अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै बैठक तथा सभामा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्शृृखल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकको मर्यादामासमेत आँच पुग्ने गरी मूल शीर्षक बनाइ, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमबाट प्रचारप्रसार भइरहेको काउन्सिलको ठम्याइ छ ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत भएको पनि जनाएको छ । तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानि पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस् पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने कार्य आचारसंहिता प्रतिकूल हुने काउन्सिलले संझाएको छ । सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु–गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो, यसबाट नै प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न मद्दत पु¥याउछ । प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा राजनीतिक दल र नेता जस्तै गरि पत्रकार र संचार माध्यम देखिनु उचित होइन । राजनीतिक दलका नेता, कानुन ब्यवसायी पक्ष विपक्षमा रहनु स्वभाविक मानिए पनि पत्रकार र संचार माध्यम दलका नेता र वकिल भन्दा बढी पक्ष विपक्षमा देखिँदा पत्रकारको निस्पक्षता, सन्तुलन हुन सक्दैन । पत्रकारले वनाएको आचार संहिता पालना नगर्दा जनमानसमा के असर पर्छ भन्ने ख्याल गर्नुपर्छ । प्रेस काउन्सिलले गरेको आग्रह जिम्मेवार र मर्यादित प्रेसका लागि हो भन्ने ठान्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...