Pokharapatra National Daily

जनैपूर्णिमाको शुभकामना

जनैपूर्णिमाको भोलिपल्ट मनाइने गरिएको गाईजात्रा यसपटक जनैपूर्णिमा दिनमा परेको छ । नेपालमा एकै दिनमा जनैपूर्णिमा र गाईजात्रा यस अघि पनि परेको थियोे । कुन दिन जनैपूर्णिमा मनाउने र कुन दिन गाईजात्रा मनाउने भनी अन्योल हुने गरेको छ । यस्तो अन्योल नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हटाएको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ ।
साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ । ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित श्रावण २७ गते शुक्रबार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हामो धर्म, संस्कृति र परम्परा अनुकुल रहेको छ,’ बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, यसमा कुनै सन्देह नराखी आफ्ना कृत्यहरू गर्न÷गराउन यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सम्बन्धित सबैमा हार्दिक निवेदन गर्दछ ।
समितिका अनुसार यो वर्षको जस्तो तिथिहरूको अवस्था वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि परेको थियो । ती वर्षहरूमा पूर्णिमाकै दिन पर्व मनाइएको थियो । ‘हाम्रा धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रानुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा समेत रहेको छ,’ विज्ञप्तिमा थप उल्लेख छ । समितिले कुनै भ्रममा नपरी साउन २७ गते नै रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन अनुरोध गरेको छ ।
‘सबै शास्त्रीय आधार र नेपालमा प्रचलित परम्परा तथा पुराना पञ्चाङ्गमा उल्लिखित श्रावणी कृत्यहरू गर्न कुनै भ्रममा नपरी वि.सं. २०७९ को नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रो अनुसार २०७९ श्रावण २७ गते शुक्रबार उपाकर्म, श्रावणी, रक्षाबन्धन र गाईजात्रा कर्म गर्न सादर अनुरोध गरिन्छ । तिथि अनुसार चल्दै आएकलाई हाम्रो संस्कृति, परम्परा र धार्मिक मान्यतालाई विश्वास गर्दछन।सरकारले जनैपूणिर्माका दिनमा विदा दिएको छ । गाईजात्रा काठमाडौं उपत्यकाभित्र मात्र दिने गरेको छ ।
काठमाडौं उपत्यका बाहिर सार्वजनिक विदा नदिए पनि स्थानीय विदा दिने गरिएको छ । आजको दिनलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ । जनैपूर्णिमामा नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ । पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँधीदिने गरिन्छ । भारतीय चलन नेपालमा सरेको छ । राखी कुटनीति पनि हुन थालेको छ ।
प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालालाई राखी बाँधेर भारतीय सत्तारूढ पार्टीसँग सम्बन्ध सुधारको काम गरेकोले कुटनीति पनि बन्न पुगेको छ । यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ । क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। धेरै महत बोकेको चाडलाई सबैले मनाउन सक्ने बनाउन सकेमा जनैपूणिर्माको महत्व बढेर जानेछ । जनैपूर्णिमाको सबैमा हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...