Pokharapatra National Daily

जनैपूर्णिमाको शुभकामना

जनैपूर्णिमाको भोलिपल्ट मनाइने गरिएको गाईजात्रा यसपटक जनैपूर्णिमा दिनमा परेको छ । नेपालमा एकै दिनमा जनैपूर्णिमा र गाईजात्रा यस अघि पनि परेको थियोे । कुन दिन जनैपूर्णिमा मनाउने र कुन दिन गाईजात्रा मनाउने भनी अन्योल हुने गरेको छ । यस्तो अन्योल नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हटाएको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ ।
साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ । ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित श्रावण २७ गते शुक्रबार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हामो धर्म, संस्कृति र परम्परा अनुकुल रहेको छ,’ बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, यसमा कुनै सन्देह नराखी आफ्ना कृत्यहरू गर्न÷गराउन यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सम्बन्धित सबैमा हार्दिक निवेदन गर्दछ ।
समितिका अनुसार यो वर्षको जस्तो तिथिहरूको अवस्था वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि परेको थियो । ती वर्षहरूमा पूर्णिमाकै दिन पर्व मनाइएको थियो । ‘हाम्रा धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रानुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा समेत रहेको छ,’ विज्ञप्तिमा थप उल्लेख छ । समितिले कुनै भ्रममा नपरी साउन २७ गते नै रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन अनुरोध गरेको छ ।
‘सबै शास्त्रीय आधार र नेपालमा प्रचलित परम्परा तथा पुराना पञ्चाङ्गमा उल्लिखित श्रावणी कृत्यहरू गर्न कुनै भ्रममा नपरी वि.सं. २०७९ को नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रो अनुसार २०७९ श्रावण २७ गते शुक्रबार उपाकर्म, श्रावणी, रक्षाबन्धन र गाईजात्रा कर्म गर्न सादर अनुरोध गरिन्छ । तिथि अनुसार चल्दै आएकलाई हाम्रो संस्कृति, परम्परा र धार्मिक मान्यतालाई विश्वास गर्दछन।सरकारले जनैपूणिर्माका दिनमा विदा दिएको छ । गाईजात्रा काठमाडौं उपत्यकाभित्र मात्र दिने गरेको छ ।
काठमाडौं उपत्यका बाहिर सार्वजनिक विदा नदिए पनि स्थानीय विदा दिने गरिएको छ । आजको दिनलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ । जनैपूर्णिमामा नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ । पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँधीदिने गरिन्छ । भारतीय चलन नेपालमा सरेको छ । राखी कुटनीति पनि हुन थालेको छ ।
प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालालाई राखी बाँधेर भारतीय सत्तारूढ पार्टीसँग सम्बन्ध सुधारको काम गरेकोले कुटनीति पनि बन्न पुगेको छ । यो दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ । क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ। धेरै महत बोकेको चाडलाई सबैले मनाउन सक्ने बनाउन सकेमा जनैपूणिर्माको महत्व बढेर जानेछ । जनैपूर्णिमाको सबैमा हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...