Pokharapatra National Daily

मंसिर ४ मा निर्वाचन घोषणा

नेपाल सरकारले आगामी मंसिर ४ गते एकै चरणमा मतदान गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १०८ दिनको समय दिएर निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले १२० दिनको समय मागेको थियोे । आयोगले मंसिर २ गतेको मिति सिफारिस गरेको थियो । प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा मंसिर ४ गतेका लागि सहमति जुटाएका थिए । जुन देउवालाई ज्योतिषीले सुझाएको मिति भएको अनुमान गरिएको छ ।
नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएपछि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन दोस्रो पटक हुन लागेको छ । प्रतिनिधि सभाको २७५ सदस्य मध्ये १६५ सदस्य पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुन्छन् । प्रतिनिधिसभा सदस्यका लागि १६५ निर्वाचन क्षेत्र कायम गरिएको छ भने प्रदेश सभामा त्यसको दोब्बर अर्थात् ३३० निर्वाचन क्षेत्र कायम गरिएको छ। प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान हुने छ । प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० सदस्यका लागि समानुपातिक प्रणाली अनुसार मतदान हुने छ। निर्वाचन मिति घोषणालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वागत गरेको छ।सत्ता गठबन्धनका दलहरूले मिलेर चुनाव लड्ने बताउँदै आएका छन ।
प्रादेशिक तथा संघीय निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धन सरकार कामचलाउमा परिणत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ । कामचलाउ बन्नु अघि गठबन्धन सरकारले धेरै महत्वपूर्ण निर्णय र कर्मचारी सरुवा गरेको छ । कामचलाउमा परिणत भएसँगै अब यो सरकारले ठुला निर्णयहरु गर्न पाउने छैन । अब सरकारले नियमित दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन असर पर्ने नीति–कार्यक्रम, बजेट र योजना ल्याउन पाउँदैन । अब यो सरकार चुनावी सरकार भएकाले कर्मचारीहरुको नियमित सरुवा–बढुवा, मन्त्रीहरुको नियुक्ति, चुनाव प्रभावित पर्ने गरी बजेट ल्याउन, सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने, राजनीतिक नियुक्ति गर्नेलगायतका कामहरु गर्न पाउँदैन । चुनाव घोषणा गरेर संसद स्थगन नगरी चलाउन खोज्नु संसदीय मुल्य र मान्यता विपरीत हुने संविधानविद्को तर्क छ ।
अब यो सरकार चुनावी सरकार हो । चुनावी सरकारलाई संविधानले ठूलो छेकबार लगाउने भन्दा पनि राजनीतिक संस्कार बसाल्ने हुँदा ‘अब यसले ठूला निर्णय, सार्वजनिक महत्व राख्ने, नीतिगत र कानुनी कुरा गर्न मिल्दै । चुनावी सरकारले कर्मचारीहरुको नियमित सरुवा–बढुवा, मन्त्रीहरुको नियुक्ति, चुनाव प्रभावित पर्ने गरी बजेट ल्याउन, सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने, राजनीतिक नियुक्ति गर्नेलगायतका कामहरु गर्न मिल्दैन । चुनावलाई विश्वस्नीय, निस्पक्ष र मर्यादित बनाउन सबै क्षेत्रले खबरदारी र सहयोग गर्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...