Pokharapatra National Daily

असार १५ फेसन नबनाऊँ

नेपाली किसानले १५ असारलाई ब्यस्त दिनको रुपमा लिन्छन् । मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा चित्रित गरिन्छ । घरमा कोही मरे भनेपनि डोकोले छोपेर राख्ने धान रोपेर आएपछि फाल्ने गरिन्छ भन्ने कथा बनाइएको छ । नेपालमा असार १५ लाई धान दिवस मनाउन थालिएको छ।चामलको आयात बढ्दै गएको छ । नेपाल चार दशकअघि चामल निर्यात गर्ने देशमा थियो । धान चामल निर्यात कम्पनी खुलेको थियो । यी अहिले एकादेशको कथा भएका छन । नेपालको मौलिक र रैथाने खेती प्रणालीलाई तहस नहस पारे पछि चामल आयात गर्ने मुलुकमा पर्न थालेको छ । नेपालको कृषि नीति देशलाई अघि बढाउने भन्दा विदेशी अनुदान लिने, घुमफिर गर्ने र प्रोजेक्ट चलाउनेमा सिमित हुन पुग्यो । कृषिमा सरकारले केही अनुदानको व्यवस्था गर्न थालेको छ । सारकारले दिने अनुदान प्रस्ताव बनाउन जान्नेले पाउने तर काम गर्न नआउने अवस्था छ । जसले काम गर्छ उसले प्रस्ताव बनाउन सक्दैन । जसलाई दिन पर्ने हो उसले नपाउने जसलाई नदिए हुन्छ उसले पाउने अवस्था विद्यमान छ । बजेटमा पनि कृषिमा केहि बढोत्तरी भएको छ । जति हुन पर्ने हो त्यो हुन सकेको छैन ।
कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम बन्न नसकेसम्म अवस्था फेरि पनि आयात मै निर्भर हुनसक्छ । गाउँमा काम गर्ने जनशक्तिको अभावमा पाखोवारी खाली छन् । नेपाल कृषि प्रधान देश भएको हुँदा अझैपनि धेरै जनसंख्या कृषिमा आश्रित छन् । नेपालको अर्थतन्त्रमा कृषिको योगदान विस्तारै कम हुंदै गएको छ । कृषिवालीमा सवैभन्दा मुख्य धान भएको हुँदा अर्थतन्त्रमा यस्को अंश उल्लेख्य छ । नेपालमा १३० जातका धान सुचित छन।धानको धेरै जात हुनु फरकफरक स्वादको माग हुनु ह।देशको अर्थतन्त्रमा धानको योगदान १ खर्व रहेको अनुमान छ । खाद्यन्नको रुपमा चमल नै मुख्य हुँदा उत्पादन वृद्धिले ठूलो अर्थ राख्ने गरेको छ । नेपालले असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ । दिवस अवसर पारेर नेता र उच्च पदाधिकारी लगाएर रोपाईँमा सामेल भएको देखाउने गरेका छन् । केहि वर्षदेखि सहरबजारका युवापिंढिका लागि असार १५ हिलोमा खेल्ने मनोरञ्जनको साधन वनेको छ । रोपाईँको महत्वभन्दा हिलोमा खेलेर रमाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गतिलो औजार भएको छ । आफ्नो खेतवारी बाँझो राख्ने, बाबुआमालाई नसघाउने पनि १ दिन हिलोमा टेकेर कृषिकर्मप्रति लागेको देखाउने गरेका छन् । वस्तविकता भन्दा देखावटिका लागि दिवस बन्ने गरेका छन् ।
धान दिवस मनाएपछि कति उत्पादन बढ्यो भन्ने कुनै तथ्याङ्क कृषि मंत्रालयले दिने गरेको छैन् । तथ्याङ्कका आधारमा नीति बनाउनुभन्दा हचुवाका भरमा लक्ष्य तोक्ने र हचुवाकै भरमा प्रचार हुने गरेको छ । धानको उत्पादकत्व बढाउनका लागि बनाइएका योजना वास्तविकतासँग मेल खान्छन् कि खाँदैनन् भनेर कहिल्यै समिक्षा हुँदैन् । धानमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । रोपाइँ गर्ने बेला रासायनिक मल पाउन सकेका छैनन् । सरकारले किसानलाई मल दिन सकेको छैन । प्रतिनिधिसभाले सरकारलाई जसरी भएको पनि रासायनिक मल उपलब्ध गराउन निर्देशन दिएको छ।सरकारको प्राथमिकता किसानलाई मल दिन परेको छैन । सत्ता टिकाउने, कमिसन खाने मात्र छ । सरकारले धानको उत्पादन बढाउन मल, बीउ, सिंचाइ र उन्नत प्रबिधि भित्र्याउने बनाउन सकेको छैन । बनाइएका योजना पनि यथार्थपरक नहुँदा र काम गर्नसक्ने जनशक्ति तयार नभएसम्म कार्यान्वयनमा आउन सक्दैन । नेपालमै श्रम गरेर जीवन धान्न सकिन्छ र त्यसवाट केहि नाफा पनि हुन्छ भन्ने सन्देश युवा शक्तिमा प्रवाह गर्न सक्नु पर्दछ ।
तराई र ठूला फाँटमा आधुनिक प्रविधिले गर्दा खेती गर्न सजिलो र कम समयमा सकिने अवस्था छ । पहाडमा भने जनशक्ति र प्रबिधिको अभावमा जमिन बाँझै रहेका छन् । काम गर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएको र शहर बजारमा बसाइँसराइका कारण खेती गर्ने जनशक्तिको अभावमा जमिन बाँझो रहने गरेको छ । सरकारले स्वदेशमै रोजगारी दिन नसक्दा र स्वदेशमा भन्दा बिदेशमा नगई जीवन चल्दैन भन्ने मानसिकता छ । सरकारले कृषिमा दिएको अनुदान कृषकसम्म पुग्न सकेको छैन । कृषिमा आधुनिक प्रबिधि भित्र्याउन थालिएको छ।आधुनिक प्रबिधिको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सक्ने भएको छ । समयमै मनसुन शुरु भएको कारण धान रोपाइँ भएको छ । बाढी र पहिरोले गर्दा खेतीयोग्य जमिन बगाएको छ । बाढी, पहिरो र डुबानको चुनौती खडा भएको छ । मौसमले साथ दिएको हुँदा रोपाइँ धमाधम भए पनि अतिवर्षाबाट हुने क्षति कम गर्न किसानलाई सल्लाह दिनु आवश्यक छ । कृषि नै धन हो भन्ने भावना जागृत गराउन सकेमा नेपाल केही वर्ष पछि धानमा आत्मनिर्भर हुन सक्छ । धान दिवस मनाउनु भनेको हिलोमा खेल्ने मात्र होईन । धानको महत्व बुझाउने, कृषि पेशा सम्मानित पेशा हो भन्ने सन्देश दिनु पनि हो । जसले अन्न उत्पादन गर्छन तिनै हाम्रा देवता हुन भन्ने सन्देश दिन सकेमा मात्र राष्ट्रिय धान दिवस मनाएको सार्थकता रहनेछ ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...