Pokharapatra National Daily

लुटतन्त्र अति भो

नेपाली जनतालाई सरकार भएको अनुभूति हुन छाडेको छ । जनताको दैनिक जीवनसंग जोडिएको विषयमा सरकार कता छ भन्ने पत्तै हुँदैन । जनताले सरकार भएको थाहा पाउने भनेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सवारी साधनको भाडा बढाउँदा देशमा सरकार पनि रहेछ भन्नेमा भान हुन्छ । जनताप्रति उत्तरदायी सरकार नभएको जनताले बारम्बार भोगेका छन।हरेक क्षेत्रमा भएको मूल्यवृद्धिको असर जनताको भान्सामा परेको छ । नेपाल राष्ट्र बैंकले पनि महंगी बढिरहेको तथ्यांक सार्वजनिक गरेको छ ।
पछिल्लो १० महिनाको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा महंगी एकदमै उच्च रहेको छ । गत वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । १ वर्षअघि यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत थियो। काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकार बनेपछि हरेक क्षेत्रमा महंगी बढेको छभन्ने ज्वलन्त उदाहरण राष्ट्र बैंकको तथ्यांक हो । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत छ। २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको छ । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल २४.८६ प्रतिशतले मूल्यवृद्धि भएको छ। फलफूल १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ११.३० प्रतिशत, दाल तथा गेडागुडी १०.५३ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
सेवा समूहअन्तर्गत यातायात २१.८१ प्रतिशत, शिक्षा ११.६४ प्रतिशत र मनोरञ्जन ८.२१ प्रतिशत रहेको छ । यो तथ्यांकले देश कताा जादैछ भन्ने जानकारी दिएको छ । महंगी काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ वैशाखमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिको कारण यातायातको भाउ बढेको छ । ढुवानीमा भएको मूल्यवृद्धिले गर्दा त्यसको सोझो असर फलफूल र तरकारीमा परेको छ । तरकारीमा १ वर्षमा शतप्रतिशत बढीसम्मको मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थ, खाद्यान्नसँगै तरकारीको मूल्यमा भारी वृद्धि हुनपुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक मूल्यमा अधिकांश फलफूल तथा तरकारीमा मूल्य बढेको छ । तरकारी तथा फलफूलको मूल्य किलोमै सय रुपैयाँसम्मले बढेको छ ।
एक वर्षअघि प्रतिकिलो ३ सय रुपैयाँ रहेको अनार अहिले ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै वर्ष दिनअघि ९० रुपैयाँ प्रतिकिलो रहेको आँप अहिले २० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ । त्यसैगरी केरा पनि ५० रुपैयाँ महंगो भएर अहिले १५० रुपैयाँ पुगेको छ। हरेक क्षेत्रमा भाउ बढ्दा सरकारले बजार अनुगमन गर्न पटक्कै चासो दिएको छैन । सरकारले जनतालाई कसरी राहत दिन सकिन्छ भनेर चासो दिन सकेको भए ढाड सेक्ने गरि मूल्यवृद्धि हुने थिएन ।बजार अनुगमन हुन्छ र बजारमा अराजकता हुदैन भन्ने बोध नभएर होइन लुट्न सके लुट गठबन्धनको सरकारले दिन्छ छुट भन्ने मान्यताले काम गरेको छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...