Pokharapatra National Daily

महंगीको विरुद्ध बोल

निर्वाचन सकिएको लगत्तै सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको गठबन्धन सरकारले यातायातको भाउ बढाएको छ।यातायातको भाउ बढाउनु जनतालाई थप महंगी बढाउनु हो । पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सेकेको सरकारले यातायातको भाउ बढाएर उठ्नै नसक्ने बनाउन खोजेको छ । चुनावमा ब्यापारी, दलाल र विचौलीयासंग लिएको पैसाको तिर्न ग्यासको भाउ एकैचोटि दुई सय बढाएको छ।यातायातको भाउ बढाउन पनि उपभोक्तासंग कुनै छलफल गरेको छैन । यो सरकारको स्वेच्छाचारी र जनतामारा काम हो । चुनाव अघि काला ब्यापारी, दलाल र विचौलीयाबाट उठाएर गरेको खर्च निकाल्न मूल्य बढाउने निर्णय हो । निर्वाचन पछि मुल्य बढ्ने गर्दछ भन्ने आरोप सहि सावित भएको छ । काङ्ग्रेस जनता भन्दा ब्यापारी र दलाल पुँजीपतिको लागि वानअं निर्वाचनलाई, विचौसबैको ध्यान निर्वाचनमा गएको मौका छोपेर मुल्य बढाउने गर्दछन । राजनीतिक दल र उमेदवारले ब्यापारी, उद्योगीसंग चन्दा उठाउने र चन्दा दिने हुँदा मूल्यडडाल्नु बढाउने गर्दछन । त्यस्तो मुल्यबृद्धी कृतिम हुनेगर्छ ।
गठबन्धन सरकार बनेपछि हरेक क्षेत्रमा मुल्य बढेको छ । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ध चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ । सरकारले बजार अनुगमन नगर्दा निरन्तर मुल्य बढेको छ । तेल र ध्युको मुल्य अस्वभाविक रुपमा बढाइएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ । चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।
चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ । सरकारको आर्थिक अनुशासनहिनता र बजार अनुगमन हुन छाडेको छ।सरकार जनताप्रति उत्तरदायी नभएकोले यस्तो अवस्था सृजना भएको हो ।गठबन्धन सरकार कायमै रहने र दलाल र विचौलीया हावी भइरहे मुल्यबृद्धी अझै बढ्नेछ ।सरकारको निति तथा कार्यक्रम भन्दा जनतालाई थोपरिएको मूल्य वृद्धि विरुद्ध सदनमा छलफल र सडकमा आन्दोलन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...