Pokharapatra National Daily

महंगीको विरुद्ध बोल

निर्वाचन सकिएको लगत्तै सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको गठबन्धन सरकारले यातायातको भाउ बढाएको छ।यातायातको भाउ बढाउनु जनतालाई थप महंगी बढाउनु हो । पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सेकेको सरकारले यातायातको भाउ बढाएर उठ्नै नसक्ने बनाउन खोजेको छ । चुनावमा ब्यापारी, दलाल र विचौलीयासंग लिएको पैसाको तिर्न ग्यासको भाउ एकैचोटि दुई सय बढाएको छ।यातायातको भाउ बढाउन पनि उपभोक्तासंग कुनै छलफल गरेको छैन । यो सरकारको स्वेच्छाचारी र जनतामारा काम हो । चुनाव अघि काला ब्यापारी, दलाल र विचौलीयाबाट उठाएर गरेको खर्च निकाल्न मूल्य बढाउने निर्णय हो । निर्वाचन पछि मुल्य बढ्ने गर्दछ भन्ने आरोप सहि सावित भएको छ । काङ्ग्रेस जनता भन्दा ब्यापारी र दलाल पुँजीपतिको लागि वानअं निर्वाचनलाई, विचौसबैको ध्यान निर्वाचनमा गएको मौका छोपेर मुल्य बढाउने गर्दछन । राजनीतिक दल र उमेदवारले ब्यापारी, उद्योगीसंग चन्दा उठाउने र चन्दा दिने हुँदा मूल्यडडाल्नु बढाउने गर्दछन । त्यस्तो मुल्यबृद्धी कृतिम हुनेगर्छ ।
गठबन्धन सरकार बनेपछि हरेक क्षेत्रमा मुल्य बढेको छ । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ध चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ । सरकारले बजार अनुगमन नगर्दा निरन्तर मुल्य बढेको छ । तेल र ध्युको मुल्य अस्वभाविक रुपमा बढाइएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ । चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।
चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ । सरकारको आर्थिक अनुशासनहिनता र बजार अनुगमन हुन छाडेको छ।सरकार जनताप्रति उत्तरदायी नभएकोले यस्तो अवस्था सृजना भएको हो ।गठबन्धन सरकार कायमै रहने र दलाल र विचौलीया हावी भइरहे मुल्यबृद्धी अझै बढ्नेछ ।सरकारको निति तथा कार्यक्रम भन्दा जनतालाई थोपरिएको मूल्य वृद्धि विरुद्ध सदनमा छलफल र सडकमा आन्दोलन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...