Pokharapatra National Daily

निर्वाचनमा देखिएको उत्साह

स्थानीय तहको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरका स्थानीय तहमा मतदान भएको छ । निर्वाचन आयोगले छिटपुट हिंसाका घटनाबाहेक चुनाव शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । निर्वाचनमा जनताको जति उत्साहजनक सहभागिता थियोे त्यस अनुसारको ब्यवस्थापन हुन सकेन ।
‘स्थानीय तह सदस्य निर्वाचनको दौरानमा विभिन्न जिल्लामा विभिन्न किसिमका अप्रिय घटना पनि भएका छन् । सत्ताको दुरुपयोग गरेर अघोषित रुपमा बुथ कब्जा गर्ने काम भएको छ । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मान्न नसकिएको मानवअधिकार आयोगको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछिको यो दोस्रो स्थानीय निर्वाचन होु्। राजनीतिक दल तथा उम्मेदवारबीच उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान रद्द भएको आयोगले जनाएको छ । आयोगले केन्द्रबाट मतदान रद्द भएका मतदान केन्द्रको सूची सार्वजनिक गरेको छैन ।
राजनीतिक दल तथा उम्मेदवारबीच भएको आपसी विवाद झाँगिँदै गएपछि केही ठाउँमा प्रहरीले बल प्रयोग गरेको थियोे । केही ठाउँमा मौसमको प्रतिकूलताका कारण निर्वाचन स्थगन गर्नुपरेको आयोगले जनाएको छ । ती स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशित गरी पुनः मतदान गराउनेछन् । आयोगका अनुसार गण्डकी प्रदेशको तनहुँको रिस्तीमा पुन मतदान हुने भएको छ।नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको गाउँमा काङ्ग्रेसका बागी उमेदवार दिपक जोशीमाथिको आक्रमण र मतदान केन्द्र कब्जामा लिने काम भएको उजुरी परेको थियो ।आयोगले त्यसलाई सम्बोधन गरेर शक्ति र सत्ताको आडमा जे गर्ने पनि पाइन्छ भन्ने मान्यतालाई लगाम कस्न खोजेको छ।
निर्वाचनमा अपेक्षित मतदान हुन सकेको छैन। ‘धेरै मतदाता भएको ठाउँमा अलिकति कम मतदान हुनेबित्तिकै पनि अंकमा फरक पार्छ । काठमाडौं महानगरमा स्थिति शान्तिपूर्ण, मतदान केन्द्रसम्म सहज पहुँच र सबै सुविधा हुँदाहुँदै पनि कम मात्रै मतदान भएको छ । यो किन भयो भनेर दल र सरकारले सोच्नुपर्छ । आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ । मतभार धेरै भएका महानगरलगायत तराई–मधेसका कतिपय स्थानीय तहमा तुलनात्मक रूपमा कम मत खसेको छ ।
स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । यसअघि निर्वाचनको मिति घोषणा भएका दिन १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदानको अवसर पाउँदै आएका थिए ।
निर्वाचनमा हालसम्म तीन सय ९० निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । उमेदवार नभएकामा पनि मतपत्र बन्नु,मतदाता शिक्षा नचलाउने र मतगणना पट्यारलाग्दो बनाउँदा जनतामा वितृष्णा बढाउँछ ।निर्वाचन आयोगले प्रबिधिको प्रयोग गरेर छिटो छरितो र कम खर्चिलो बनाउन सकेमा निर्वाचन आयोगप्रति विश्वास बढाउने काम गर्नेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...