Pokharapatra National Daily

निर्वाचनमा देखिएको उत्साह

स्थानीय तहको दोस्रो कार्यकालको नेतृत्व चयनका लागि शुक्रबार देशभरका स्थानीय तहमा मतदान भएको छ । निर्वाचन आयोगले छिटपुट हिंसाका घटनाबाहेक चुनाव शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । निर्वाचनमा जनताको जति उत्साहजनक सहभागिता थियोे त्यस अनुसारको ब्यवस्थापन हुन सकेन ।
‘स्थानीय तह सदस्य निर्वाचनको दौरानमा विभिन्न जिल्लामा विभिन्न किसिमका अप्रिय घटना पनि भएका छन् । सत्ताको दुरुपयोग गरेर अघोषित रुपमा बुथ कब्जा गर्ने काम भएको छ । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मान्न नसकिएको मानवअधिकार आयोगको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछिको यो दोस्रो स्थानीय निर्वाचन होु्। राजनीतिक दल तथा उम्मेदवारबीच उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान रद्द भएको आयोगले जनाएको छ । आयोगले केन्द्रबाट मतदान रद्द भएका मतदान केन्द्रको सूची सार्वजनिक गरेको छैन ।
राजनीतिक दल तथा उम्मेदवारबीच भएको आपसी विवाद झाँगिँदै गएपछि केही ठाउँमा प्रहरीले बल प्रयोग गरेको थियोे । केही ठाउँमा मौसमको प्रतिकूलताका कारण निर्वाचन स्थगन गर्नुपरेको आयोगले जनाएको छ । ती स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशित गरी पुनः मतदान गराउनेछन् । आयोगका अनुसार गण्डकी प्रदेशको तनहुँको रिस्तीमा पुन मतदान हुने भएको छ।नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको गाउँमा काङ्ग्रेसका बागी उमेदवार दिपक जोशीमाथिको आक्रमण र मतदान केन्द्र कब्जामा लिने काम भएको उजुरी परेको थियो ।आयोगले त्यसलाई सम्बोधन गरेर शक्ति र सत्ताको आडमा जे गर्ने पनि पाइन्छ भन्ने मान्यतालाई लगाम कस्न खोजेको छ।
निर्वाचनमा अपेक्षित मतदान हुन सकेको छैन। ‘धेरै मतदाता भएको ठाउँमा अलिकति कम मतदान हुनेबित्तिकै पनि अंकमा फरक पार्छ । काठमाडौं महानगरमा स्थिति शान्तिपूर्ण, मतदान केन्द्रसम्म सहज पहुँच र सबै सुविधा हुँदाहुँदै पनि कम मात्रै मतदान भएको छ । यो किन भयो भनेर दल र सरकारले सोच्नुपर्छ । आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ । मतभार धेरै भएका महानगरलगायत तराई–मधेसका कतिपय स्थानीय तहमा तुलनात्मक रूपमा कम मत खसेको छ ।
स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी कुल एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् । यसअघि निर्वाचनको मिति घोषणा भएका दिन १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदानको अवसर पाउँदै आएका थिए ।
निर्वाचनमा हालसम्म तीन सय ९० निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । उमेदवार नभएकामा पनि मतपत्र बन्नु,मतदाता शिक्षा नचलाउने र मतगणना पट्यारलाग्दो बनाउँदा जनतामा वितृष्णा बढाउँछ ।निर्वाचन आयोगले प्रबिधिको प्रयोग गरेर छिटो छरितो र कम खर्चिलो बनाउन सकेमा निर्वाचन आयोगप्रति विश्वास बढाउने काम गर्नेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...