Pokharapatra National Daily

बुद्धका उपदेश सधैं पथ निर्देशक

शान्तिका अग्रदूत महामानव गौतम बुद्धको २५६६ औँ जयन्ती भब्य रुपमा मनाइएको छ । संसारभरिका मानिसले बुद्धको जन्म, कठोर तपसाधना र उहाँले निकाल्नुभएका कालजयी निष्कर्षहरूको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिन्यायाधीश । बुद्धका निष्कर्षहरू मानव समाजका लागि अत्यन्त हितकर छन् । कुनै पनि महामानव यसै बनेका हुँदैनन् भन्ने विषय पनि बुद्धको जीवनीबाट स्पष्ट हुन सकिन्छ । बुद्ध आफैमा अत्यन्त सृजनशील व्यक्तित्व हो । यही सृजनशील व्यक्तित्वबाट नै आजको मानव समाज प्रभावित र लाभान्वित रहेको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुन बुद्धलाई हिन्दुहरूले भगवान् विष्णुको नवौँ अवतारका रूपमा र बौद्धहरूले बुद्धलाई बौद्ध धर्मको संस्थापकका रूपमा मान्ने, बुझ्ने र पुज्ने गर्दछन् । तर, स्वयं बुद्ध भने यस्ता विषयमा सहमत हुनुहुन्थेन भन्ने देखिन्छ । बुद्धका विषयमा संसारमा धेरैथरि अध्ययन भएको छ । धार्मिक हिसाबले पनि संसारको निकै ठुलो जनसंख्या बौद्ध मतावलम्बी रहेको छ । ई.पूर्व ५६३ मा अर्थात् आजभन्दा २५८५ वर्षअघि नेपालको लुम्बिनीमा भएको हो । बुद्धलाई गौतम बुद्ध, सिद्धार्थ गौतम, शाक्यमुनि बुद्ध आदि अनेकौँ नामले सम्बोधन गरेको पाइन्छ । महामानव बुद्ध कल्पनाका पात्र नभई कपिलवस्तुका तत्कालीन शाक्य वंशीय राजा शुद्धोदन र महारानी मायादेवीका सन्तान हुन ।
राजकुमार सिद्धार्थ गौतमबाट शाक्यमुनि बुद्ध, महात्मा बुद्ध, महामानव, शान्तिका अग्रदूत, भगवान् बन्न उहाँले प्राण नै सङ्कटमा पर्ने गरी कठोर तप गरेको प्रसङ्ग छ । कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्ष र त्यसको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग विकास गर्नुभएको थियो । सन्तुलित साधनाबाट सिद्धि प्राप्त गरेका बुद्धको गृह त्यागदेखि बुद्धत्व प्राप्ति सम्मको विषय मनन गर्दा बुद्धलाई चिन्न गाह्रो पर्दैन ।
बुद्धलाई कहिलेकाहीँ विवादको विषय बनाइन्छ । बुद्ध विवाद होइनन्, बुद्ध त समाधान हुनहुन्छ । खोजी मात्र होइन, उपलब्धि हो । बुद्ध खोजीका अन्त्य होइनन्, खोजिरहन सकिने व्यक्तित्व हुन् । नाक—नस्लमा देखिने आर्य—अनार्यमा बुद्ध भेटिँदैनन् । बुद्धको खोजी जात, धर्म र नस्लमा खोज्नु र निष्कर्ष निकाल्नु बुद्धप्रतिको अन्याय ठहर्छ । महान् व्यक्तित्वहरू जात, धर्म, नस्ल आदिभन्दा माथि हुन्छन् । बुद्धलाई कसैको स्वीकारोक्तिको चुलीमा र अस्वीकारोक्तिको खाडलमा खोजिनु, तोकिनु र सीमित पारिनुहुँदैन । बुद्धलाई सबै देश, सबै जाति समुदाय, सबै नस्ल, सबै धार्मिक मान्यता भएका मानिसहरूले मानून् भन्ने सोच्नुपर्दछ । हामीले प्रायः चर्चा गरिने र यहाँ चर्चा गरिएका बुद्ध गौतम बुद्ध—शाक्यमुनि बुद्ध हुनन्छ । यसअघि पनि बुद्ध थिए ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...