Pokharapatra National Daily

बुद्धका उपदेश सधैं पथ निर्देशक

शान्तिका अग्रदूत महामानव गौतम बुद्धको २५६६ औँ जयन्ती भब्य रुपमा मनाइएको छ । संसारभरिका मानिसले बुद्धको जन्म, कठोर तपसाधना र उहाँले निकाल्नुभएका कालजयी निष्कर्षहरूको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिन्यायाधीश । बुद्धका निष्कर्षहरू मानव समाजका लागि अत्यन्त हितकर छन् । कुनै पनि महामानव यसै बनेका हुँदैनन् भन्ने विषय पनि बुद्धको जीवनीबाट स्पष्ट हुन सकिन्छ । बुद्ध आफैमा अत्यन्त सृजनशील व्यक्तित्व हो । यही सृजनशील व्यक्तित्वबाट नै आजको मानव समाज प्रभावित र लाभान्वित रहेको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुन बुद्धलाई हिन्दुहरूले भगवान् विष्णुको नवौँ अवतारका रूपमा र बौद्धहरूले बुद्धलाई बौद्ध धर्मको संस्थापकका रूपमा मान्ने, बुझ्ने र पुज्ने गर्दछन् । तर, स्वयं बुद्ध भने यस्ता विषयमा सहमत हुनुहुन्थेन भन्ने देखिन्छ । बुद्धका विषयमा संसारमा धेरैथरि अध्ययन भएको छ । धार्मिक हिसाबले पनि संसारको निकै ठुलो जनसंख्या बौद्ध मतावलम्बी रहेको छ । ई.पूर्व ५६३ मा अर्थात् आजभन्दा २५८५ वर्षअघि नेपालको लुम्बिनीमा भएको हो । बुद्धलाई गौतम बुद्ध, सिद्धार्थ गौतम, शाक्यमुनि बुद्ध आदि अनेकौँ नामले सम्बोधन गरेको पाइन्छ । महामानव बुद्ध कल्पनाका पात्र नभई कपिलवस्तुका तत्कालीन शाक्य वंशीय राजा शुद्धोदन र महारानी मायादेवीका सन्तान हुन ।
राजकुमार सिद्धार्थ गौतमबाट शाक्यमुनि बुद्ध, महात्मा बुद्ध, महामानव, शान्तिका अग्रदूत, भगवान् बन्न उहाँले प्राण नै सङ्कटमा पर्ने गरी कठोर तप गरेको प्रसङ्ग छ । कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्ष र त्यसको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग विकास गर्नुभएको थियो । सन्तुलित साधनाबाट सिद्धि प्राप्त गरेका बुद्धको गृह त्यागदेखि बुद्धत्व प्राप्ति सम्मको विषय मनन गर्दा बुद्धलाई चिन्न गाह्रो पर्दैन ।
बुद्धलाई कहिलेकाहीँ विवादको विषय बनाइन्छ । बुद्ध विवाद होइनन्, बुद्ध त समाधान हुनहुन्छ । खोजी मात्र होइन, उपलब्धि हो । बुद्ध खोजीका अन्त्य होइनन्, खोजिरहन सकिने व्यक्तित्व हुन् । नाक—नस्लमा देखिने आर्य—अनार्यमा बुद्ध भेटिँदैनन् । बुद्धको खोजी जात, धर्म र नस्लमा खोज्नु र निष्कर्ष निकाल्नु बुद्धप्रतिको अन्याय ठहर्छ । महान् व्यक्तित्वहरू जात, धर्म, नस्ल आदिभन्दा माथि हुन्छन् । बुद्धलाई कसैको स्वीकारोक्तिको चुलीमा र अस्वीकारोक्तिको खाडलमा खोजिनु, तोकिनु र सीमित पारिनुहुँदैन । बुद्धलाई सबै देश, सबै जाति समुदाय, सबै नस्ल, सबै धार्मिक मान्यता भएका मानिसहरूले मानून् भन्ने सोच्नुपर्दछ । हामीले प्रायः चर्चा गरिने र यहाँ चर्चा गरिएका बुद्ध गौतम बुद्ध—शाक्यमुनि बुद्ध हुनन्छ । यसअघि पनि बुद्ध थिए ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...