Pokharapatra National Daily

हचुवाको भरमा दुई दिन विदा

काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको सरकारका प्रबक्ता संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन । बिदाको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको थियोे । एक महिना अघि चर्चा भएको विषयमा गहन छलफल नगरी बिदा दिने प्रस्ताव स्वीकृत गरेर सरकारले असफल भएको अभ्यासलाई फेरि ल्याउन खोजेको छ । जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ ।
दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ । विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ । इन्धनको खपत घटाउन आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो । सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट विदाको निर्णय कार्यान्वयनमा ल्याउने भएको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले २०५६ साउन १ गतेबाट लागू हुने गरी नेपालमा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास सुरु गरेको थियो । ‘त्यस बेला पनि अहिलेजस्तै पेट्रोलियम पदार्थको मूल्य बढ्यो । बिद्युत् पनि बचाउनुपर्ने अवस्था आएको हुनाले तत्कालीन सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको थियो । ‘शनिवार र आइतबार गरेर दुई दिन बिदा दिने निर्णय भयो । कर्मचारीहरू शुक्रवार पनि आधा दिनमै घर जान थाले । अनि सोमबार पनि मध्यान्ह १२÷१ बजेसम्म कार्यालय हाजिर हुन थाले । यसबाट नागरिकले पाउने सेवा प्रभावित भयो । त्यसरी हेर्दा हप्तामा तीन दिन बिदा भएजस्तै भयो । कतिपय कर्मचारी शनिवार र आइतबार बिदा भए पनि मन्त्री निवास तथा क्वार्टरमा नै फाइल बोकेर आउन थाले । त्यसै कारण पछि हटाइएको तत्कालीन मुख्य सचिवको भनाई छ । ‘शनिवार र आइतबार बिदा दिए पनि केही फरक पर्दैन तर, शुक्रवार र सोमबार प्रभाव पर्न दिनुभएन । शुक्रवार पनि पुरै दिन कार्यालय खुलाउनुप¥यो र सोमबार पनि बिहानैदेखि कार्यालय हाजिर हुने व्यवस्था गर्नुप¥यो ।’ जतिसुकै राम्रो काम गर्न खोजेपनि कर्मचारीको बानी नै सरकारको काम कहिले जाला घाम भन्ने छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार पनि हप्तामा ४० घण्टा बिदा दिनुपर्छ हुनु पर्छ ।’ अहिले ६ दिन कार्यालय सञ्चालन हुँदा पनि कर्मचारीले काम काम पुरै समय गरेको छन् कि छैनन् भन्ने कुरा अध्ययनको विषय भएको छ । सरकारले निगरानी प्रणालीलाई व्यवस्थित बनाउन सकेको छैन । अहिलेकै प्रचलनमा रहेको प्रणालीलाई सुधार गर्न मुस्किल भइरहेको अवस्थामा दुईदिने बिदा जनताले सास्ती र कर्मचारीलाई मस्ती बाहेक केही हुँदैन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...