Pokharapatra National Daily

हचुवाको भरमा दुई दिन विदा

काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको सरकारका प्रबक्ता संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन । बिदाको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको थियोे । एक महिना अघि चर्चा भएको विषयमा गहन छलफल नगरी बिदा दिने प्रस्ताव स्वीकृत गरेर सरकारले असफल भएको अभ्यासलाई फेरि ल्याउन खोजेको छ । जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ ।
दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ । विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ । इन्धनको खपत घटाउन आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो । सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट विदाको निर्णय कार्यान्वयनमा ल्याउने भएको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले २०५६ साउन १ गतेबाट लागू हुने गरी नेपालमा दुई दिन सार्वजनिक बिदा दिने अभ्यास सुरु गरेको थियो । ‘त्यस बेला पनि अहिलेजस्तै पेट्रोलियम पदार्थको मूल्य बढ्यो । बिद्युत् पनि बचाउनुपर्ने अवस्था आएको हुनाले तत्कालीन सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको थियो । ‘शनिवार र आइतबार गरेर दुई दिन बिदा दिने निर्णय भयो । कर्मचारीहरू शुक्रवार पनि आधा दिनमै घर जान थाले । अनि सोमबार पनि मध्यान्ह १२÷१ बजेसम्म कार्यालय हाजिर हुन थाले । यसबाट नागरिकले पाउने सेवा प्रभावित भयो । त्यसरी हेर्दा हप्तामा तीन दिन बिदा भएजस्तै भयो । कतिपय कर्मचारी शनिवार र आइतबार बिदा भए पनि मन्त्री निवास तथा क्वार्टरमा नै फाइल बोकेर आउन थाले । त्यसै कारण पछि हटाइएको तत्कालीन मुख्य सचिवको भनाई छ । ‘शनिवार र आइतबार बिदा दिए पनि केही फरक पर्दैन तर, शुक्रवार र सोमबार प्रभाव पर्न दिनुभएन । शुक्रवार पनि पुरै दिन कार्यालय खुलाउनुप¥यो र सोमबार पनि बिहानैदेखि कार्यालय हाजिर हुने व्यवस्था गर्नुप¥यो ।’ जतिसुकै राम्रो काम गर्न खोजेपनि कर्मचारीको बानी नै सरकारको काम कहिले जाला घाम भन्ने छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार पनि हप्तामा ४० घण्टा बिदा दिनुपर्छ हुनु पर्छ ।’ अहिले ६ दिन कार्यालय सञ्चालन हुँदा पनि कर्मचारीले काम काम पुरै समय गरेको छन् कि छैनन् भन्ने कुरा अध्ययनको विषय भएको छ । सरकारले निगरानी प्रणालीलाई व्यवस्थित बनाउन सकेको छैन । अहिलेकै प्रचलनमा रहेको प्रणालीलाई सुधार गर्न मुस्किल भइरहेको अवस्थामा दुईदिने बिदा जनताले सास्ती र कर्मचारीलाई मस्ती बाहेक केही हुँदैन ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...