Pokharapatra National Daily

बिर्सन नसकिने भुकम्प

नेपालमा विनाशकारी भूकम्प गएको सात वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । विहान ११.५६ मिनेट जादाँ गएको भूकम्प र त्यस पछिको पराकम्पनबाट नौ हजारले ज्यान गुमाए । २२ हजार जना घाइते भएका थिए । ५ लाख घर पूर्ण ध्वस्त भएका थिए भने करिब ९ लाख भवन क्षति भएका थिए । भूकम्पबाट ९ सय सम्पदा पूर्ण र आंशिक क्षति भएका थिए । ९ हजार सरकारी भवनहरु क्षतिग्रस्त भएका थिए ।
भूकम्प पछि पुननिर्माणका लागि नेपालमा अन्तर्राष्ट्रिय दाता सम्मेलन भयो । दाता सम्मेलनमा चार खर्बको प्रतिवद्धता आएको थियो । भूकम्प गएको ८ महिना पछि मात्र संसदबाट पुननिर्माण प्राधिकरण ऐन बन्यो । दलहरुका कारण प्राधिकारणको सिइओ नियुक्तीमै ढिला भयो । प्राधिकरणमा सरकार फेरिए संगै सिइओ फेरिए । राजनीतिक दाउपेचमा प्राधिकरण पर्दा अपेक्षित काम हुन सकेन । धेरै संमय पछि मात्र पुननिर्माणको कामले गति लियो । हालसम्म ८३ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणको दावी छ । निजि आवास निर्माणको काम ५० प्रतिशत पूरा भैसकेको छ । सात लाख बैसठीहार तीन सयले अनुदान सम्झौता गरेका छन् । ति मध्ये ३ लाख बयासी पुननिर्माण भैसकेको प्राधिकारणको आकडा छ । ७ हतार ५ साय विद्यालय मध्ये ५६ प्रतिशत भवन पुर्ननिर्माण भैसकेका छन् । ५४५ स्वास्थ्य संस्था मध्ये ३१२ भवन निर्माण भएका छन् । अरुको उद्धार गर्ने सुरक्षा निकाय भने आफै टेन्टमा बस्दै आएका छन् । सुरक्षा नकिायका ३८ प्रशित मात्र निर्माण सम्पन्न भएको छ ।
नेपाल प्रहरीका १३९ मध्ये ५९, ससस्त्रको ३९ मध्ये २९ र नेपाली सेनाका २०४ मध्ये ५७ मात्र भवन बनोको छ । सबैभन्दा कामजोर अवस्था सम्पदा पुर्ननिर्माणमा देखिएको छ । ७५३ सम्पदा क्षति भएकोमा ३० प्रतिश मात्र पुननिर्माण भएका छन् । सम्पदा क्षेत्रको निर्माण कार्य कछुवाको गतिमा चलेको छ । पुर्नमिाणको लागि ४२९ अर्व अपुग हुने देखिए थियो । आलु आ.व.मा १२३ अर्व खर्च भएको छ । सहकारी र निजि क्षेत्रबाट २ खर्ब खर्च हुने अनुमान गरिएको छ । गत वर्षमात्र १८६ अर्व रुपैया खर्च भएको थियो । दाताले प्रतिवद्धता जनाएको ३४३ अर्व मध्ये २६२ सम्झौता भएको छ ।
वि.स. १९९० माघ २ गते गएको भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल भूकम्पीय जोखिममा रहेको हुदाँ भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्न सकिए मात्र क्षति न्यूनिकरण गर्न सकिन्छ । भूकम्प पीडितले चार वर्षको अवधिमा चर्को गर्मी, वर्षा र जाडोमा मुटु काम्ने जाडो सहनु प¥यो । सरकारले समयमै भूकम्प पीडितको पिडालाई आत्मसाथ गर्न नसक्दा भूकम्पले पु¥याएको क्षति पछि जुन रफ्तारमा काम गर्नु पर्ने हो त्यो अनुसार हुन सकेन।हामी भुकम्प जोखिम क्षेत्रमा छौ भन्ने सम्झेर निर्माण गर्नुपर्दछ । हामीले विर्से पनि भुकम्पले विर्साउदैन भन्ने सबैमा चेतना आउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...