Pokharapatra National Daily

परिपक्व सदनप्रतिको अपेक्षा

प्रतिनिधि सभाको विघटनपछि राष्ट्रिय सभाको बैठक सुरु भएको छ । जनताका प्रतिनिधिको अभाव नहोस् भनेरै राष्ट्रिय सभालाई स्थायी सभा भन्ने गरिन्छ । हरेक दुई वर्षमा एक तिहाई सदस्य चुनिन्छन।प्रतिनिधि सभा र राष्ट्रिय सभा सहितको संसदलाई संघीय संसद भनिन्छ । प्रतिनिधि सभाले प्रधानमन्त्री चयन गर्ने भएको हुँदा बढी महत्त्व हुने बाहेक अरु सबै बराबरी भुमिका रहन्छ । संसदीय लोकतन्त्रमा माथिल्लो सदनलाई ‘प्रबुद्धहरूको सभा मानिन्छ । नेपालमा भने राजनीतिक दलले राष्ट्रिय सभालाई गौण बनाउने काम गरे।चुनाव टिकट नपाएका, पराजित भएका र थामथुम पार्ने थलो बनाएर प्रभावहिन बनाएका छन । राष्ट्रिय सभाको संरचनाका कारण अझै पनि यस सदनबाट राष्ट्रले केही अपेक्षा गर्नसक्ने देखिन्छ ।
नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभामा ‘प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा’ निर्वाचित ५६ जना र राष्ट्रपति मनोनीत ३ जना गरी ५९ सदस्य हुन्छन् । यिनमा महिला, अपाङ्गता भएका व्यक्ति वा अलपसंख्यक समेतको प्रतिनिधित्व हुन्छ । राष्ट्रिय सभामा जाने हरेक क्षेत्रमा परिपक्व भएका हुने कल्पना गरिएको हुँदा यस्ले खेल्ने भुमिका महत्त्वपूर्ण हुन्छ । कुनै पनि सदनको भुमिका त्यस सदनक सदस्यले खेल्ने भुमिकाले निर्धारण गर्छ। अहिलेसम्म सम्झनुपर्ने कुनै उल्लेखनीय काम नभएको हुँदा ओझेलमा पर्दै आएको हो । संसदीय पद्धतिमा प्रबुद्ध नागरिकको प्रतिनिधित्व हुने माथिल्लो सदनले अपेक्षाकृत जोसिला जनप्रतिनिधिको तल्लो सदनले गल्ती गरेमा सच्याउने अपेक्षा गरिन्छ ।
जनताका समस्या उठाउने, सरकारलाई सहिबाटोमा हिडाउने काम सदनको हो । अहिले जनताले चुनेका प्रतिनिधिले आफ्ना समस्या उठाउने ठाउँ नहुनाले राष्ट्रिय सभासँग जनअपेक्षा बढेको छ । सरकारको विरोध गर्ने दलको स्वभाव सदनलाई आफ्नो मुद्दामा डो¥याउने हुन्छ । राष्ट्रिय सभा दलको संकिर्ण घेराभित्र रहन मिल्दैन ।सबैलाई बाटो देखाउने खालको हुनुपर्छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) विभाजन भएको बेला राष्ट्रिय सभाका सदस्यहरूले जनचासोका विषय उठाउनु पर्छ । राष्ट्रिय सभाका सदस्यहरूमाथि लोकतन्त्र कमजोर हुन नदिने दायित्व पनि छ । पहिलो दिनमै राष्ट्रिय सभामा राजनीतिक विषयको प्रवेश भइसकेको पनि छ । साथै, अहिले राष्ट्रिय सभाले जनताका समस्यामा पनि अपेक्षाकृत बढी ध्यान दिनु जरुरी छ ।
राष्ट्रिय सभा पनि सत्तारुढ दलको भाँडभैलोको भुमरीमा फस्यो भने त्यसबाट निस्कन सक्नेछैन । प्रतिनिधि सभा विघटनको मुद्दा पनि अदालतमा विचाराधीन भएकाले राष्ट्रिय सभाले न्यायालयको अधिकार क्षेत्र र मर्यादाको अतिक्रमण गर्नु विधिको शासनको मर्म विरुद्ध हुन्छ । यसैले राष्ट्रिय सभा राजनीतिक जुहारी खेल्ने होइन जनताका पीरमर्का उठाउने सदन बन्न सकेमा परिपक्व सदनको औचित्य पुष्टि हुनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...