Pokharapatra National Daily

उथलपुथल ल्याएको वर्ष

ईश्वी सम्वत २०२० विश्वका मानव जातिलाई लामो समय कैदी बनाएर विदाई भएको छ । सन २०१९ को डिसेम्बर ३१ मा चीनको हुवेई प्रान्तको वुहानलाई केन्द्र बनाएर फैलिएको कोरोना छिटै विश्वव्यापी महाव्याधिका रूपमा फैलियो । चीनबाट युरोपको ईटाली, अमेरिका हुदै सारा विश्व फैलिएको कोभिड–१९ अझै नियन्त्रणमा आएको छैन । चीनले शुरुमै कडा लकडाउन गरेर तीन महिना पुग्दा–नपुग्दै धेरै हदसम्म नियन्त्रण गरेर आफ्नो अर्थतन्त्र र समाजलाई सक्रिय बनाउन सक्यो । बाँकी विश्व अहिले पनि यो महामारीको त्राससँग जुधिरहेको छ । संयुक्त राज्य अमेरिकामा मात्रै तीन लाख ३८ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ भने विश्वभर मृत्यु हुने मानिसको संख्या झन्डै १८ लाख हाराहारी पुगेको छ ।
यसैगरी विश्वभर अहिलेसम्म सवा आठ करोड मानिस यो रोगको संक्रमणमा परेका छन् । नेपालमा अहिलेसम्म दुई लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् भने १८५४ भन्दा बढीको ज्यान गएको छ । नेपालमा दुई लाख ५२ हजार कोरोना संक्रमित निको भएका छन । विश्वभर पौने छ करोड निको भएका छन । कोरोना विरुद्ध युरोप र अमेरिकामा खोप दिन थालिएको छ । खोप दिन थालेसंगै यतिवेला युरोप कोभिडको दोस्रो चरणको सामना गरिरहेको छ । बेलायतमा देखा परेको विशेष किसिमको सक्रिय भाइरसले यतिवेला थप सन्त्रास फैलाइरहेको छ । यसले विश्वभरको अर्थतन्त्रलाई गम्भीर धक्का दियो । लकडाउनले गर्दा रोजगारी गुमाएका मजदुर, कामदार, पर्यटन क्षेत्र लगायतका धेरैलाई ठूलो असर पारेको छ । सबैभन्दा धेरै उपचार नपाएर ज्यान गुमाउन पुगे । स्वास्थ्य सेवा राम्रो भएको मुलुकका नागरिकले पनि पर्याप्त अस्पतालका शैया,भेन्टिलेटर र चिकित्सकको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अझै छ ।
कोरोनाको महामारीले दोस्रो विश्व युद्धकालपछि धेरै देशको अर्थतन्त्रमा असर पुगेको छ।पर्यटन क्षेत्रमा चौपट्टै असर परेको छ।कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकले धनी र सम्पन्न मुलुकको स्वास्थ्य उपकरण र औषधीको भर पर्दा न धन रहने, न बाँच्ने स्थिति रहने देखिएन। गुहार माग्दा पनि गुहार नपाउने अवस्था आउनु विडम्बना हो ।त्यति मात्र होइन, यसले नेपालक्षेत्रमा हाम्रो देशका कमजोरी उजागर गर्दै आगामी दिनमा राज्यले के–के सुधार गर्नुपर्ने हो भन्ने तस्बिर पनि सबैका सामु छर्लंग पारिदिएको छ। विश्व अर्थतन्त्रमा आएको संकटले नेपालको पर्यटन, उद्योग, व्यापार र सानातिना रोजगारीका केन्द्रहरू पनि कसरी खुम्च्याइदिएको छ । कोभिड–१९ को प्रभाव अझै पनि हाम्रो चुलोमा स्पष्ट देखिने गरी जिउँदै छ । समष्टिगत अर्थतन्त्रका सूचक हेरेर परिवारको भान्सा–भान्सामा प्रवेश गरेको संकटको वास्तविक चित्र केलाउन असम्भवप्रायः छ, हाम्रो जस्तो अनौपचारिक अर्थतन्त्र बलियो भएको देशमा । कोरोनाको मारमा अरू क्षेत्र जस्तै सञ्चार क्षेत्र पनि प¥यो । नेपालमा सञ्चार क्षेत्रले अहिले पनि यसको प्रभावको चर्को सामना गरिरहेको छ । कतिपय पत्रिका बन्द हुने अवस्थामा पुगे भने कतिपय संकटसँग जुध्दै घस्रिरहेका छन् ।
यही वर्षको आखिरी महिनामा नेपालको सत्तारुढ दलको विभाजन र संसद् विघटन गरिएको घटनाले नेपालीलाई थप हतोत्साही बनाउनु स्वाभाविकै हो । धेरै कोणबाट हेर्दा यो वर्ष बिर्सन लायक रह्यो । आशा गरौँ, आगामी वर्ष मानव समुदायले यो समस्याबाट पार पाउनेछ र नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछ । सन २०२० ले धेरै पिडा दिएको छ । संगसंगै हामीमा रहेका गलत आनीवानी हटाउने, प्रकृतिमाथिको दोहन रोक्ने र कसरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने कुरा सिकाएको छ।छोटोे समयमा धेरै कुरा बुझ्ने, आत्मनिर्भर हुने र चिकित्सा विज्ञानका माध्यमबाट मानव जातिले धेरै फड्को मार्न सक्छ भन्ने आशावादी बनाएको छ । नयाँ वर्ष पुरानो त्रासबाट मुक्ति र नयाँ आविस्कार गरेर पुरानै लयमा फर्काउन सक्नेछ भन्ने आशासँगै नयाँ वर्षको सबैमा शुभकामना ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...