Pokharapatra National Daily

गाली गलौज छाड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समुह आरोप प्रत्यारोपमा उत्रिएका छन । विगतमा नेकपा एमाले विभाजनका वेला जे जस्तो आरोप लाग्ने गरेका थिए । अहिले त्यही शैलीको जुहारी चलेको छ।प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड नेपाल समूह सडकबाट सच्याउन बाध्य हुने भन्दै आन्दोलन जारी राख्ने पक्षमा छ । विघटनको विरोधमा रहेका दलहरूलाईसंगै लैजाने चाहना प्रचण्ड नेपाल समुहको छ ।
जनताको संसद पुनरस्थापना गर्न संविधानले मिल्दैन, त्यो सपना नदेख्न अध्यक्ष ओलीको आग्रह छ । ‘अब नयाँ सरकार बन्ने पनि विकल्प छैन, संसद पुनरस्थापना पनि विकल्प छैन ।’ नयाँ निर्वाचन भएमात्र त्यो सम्भव हुनेछ । संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले आफ्नो कदम असंवैधानिक नभएको प्रष्ट पारेका छन । नेकपा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशस्तरीय बुधबार आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्र विचार टुङ्गो लगाएर आफूहरु अघि बढेको बताउदै ओलीले मुलुकको लोकतन्त्रलाई खतरामा पर्न नदिइने प्रतिबद्धता जनाएका छन । सामाजिक न्यायसहितको लोकतन्त्र, सुशासन र आर्थिक विकासकै बाटोमा लोकतन्त्र जानुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा सार्वजनिक भएका छन ।
‘म विमारी पर्नासाथ अब मरिहाल्छ भने म मरिन, अहिले वैशाखसम्म मात्र आयु हो भनिरहेका छन्, यो भविष्यबाणी पनि मिल्दैन, ।’ एकातिर चुनाव हुँदै हुँदैन भन्नुहुन्छ, अर्कोतिर वैशाखपछि ओलीको पत्तासाफ हुन्छ भन्नुहुन्छ, कुरा कहाँ मिल्यो ? अध्यक्ष ओलीले प्रचण्ड नेपाल समुहप्रति कटाक्ष गरेका छन । अघिल्लो दिन प्रधानमन्त्रीको विरोधमा खर्चेका आरोप सुन्दा राजनीतिक संस्कारलाई देखाउँछ ।
प्रचण्ड–माधव समूहका नेता मध्ये साविक एमालेका ओलीको विरोधमा छन । त्यस्तै साविक माओवादीका नेताले प्रचण्डको विरोध गर्ने गरेकाछन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाच आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि दलका नेताहरुले त्यसमाथि अनेक टिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले धेरै कुरा स्पष्टता पारेका छन् । अवको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ भन्ने ग्यारेन्टी दिनुपर्छ । नेकपा विभाजन रोक्न नसके पनि फेरि एकताबद्ध वनाउने पहल भएको छ।एकतामा मात्र वल हुन्छ भन्ने चेतना भएमा अवस्थामा सुधार आउनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...