Pokharapatra National Daily

गाली गलौज छाड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समुह आरोप प्रत्यारोपमा उत्रिएका छन । विगतमा नेकपा एमाले विभाजनका वेला जे जस्तो आरोप लाग्ने गरेका थिए । अहिले त्यही शैलीको जुहारी चलेको छ।प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड नेपाल समूह सडकबाट सच्याउन बाध्य हुने भन्दै आन्दोलन जारी राख्ने पक्षमा छ । विघटनको विरोधमा रहेका दलहरूलाईसंगै लैजाने चाहना प्रचण्ड नेपाल समुहको छ ।
जनताको संसद पुनरस्थापना गर्न संविधानले मिल्दैन, त्यो सपना नदेख्न अध्यक्ष ओलीको आग्रह छ । ‘अब नयाँ सरकार बन्ने पनि विकल्प छैन, संसद पुनरस्थापना पनि विकल्प छैन ।’ नयाँ निर्वाचन भएमात्र त्यो सम्भव हुनेछ । संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले आफ्नो कदम असंवैधानिक नभएको प्रष्ट पारेका छन । नेकपा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशस्तरीय बुधबार आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्र विचार टुङ्गो लगाएर आफूहरु अघि बढेको बताउदै ओलीले मुलुकको लोकतन्त्रलाई खतरामा पर्न नदिइने प्रतिबद्धता जनाएका छन । सामाजिक न्यायसहितको लोकतन्त्र, सुशासन र आर्थिक विकासकै बाटोमा लोकतन्त्र जानुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा सार्वजनिक भएका छन ।
‘म विमारी पर्नासाथ अब मरिहाल्छ भने म मरिन, अहिले वैशाखसम्म मात्र आयु हो भनिरहेका छन्, यो भविष्यबाणी पनि मिल्दैन, ।’ एकातिर चुनाव हुँदै हुँदैन भन्नुहुन्छ, अर्कोतिर वैशाखपछि ओलीको पत्तासाफ हुन्छ भन्नुहुन्छ, कुरा कहाँ मिल्यो ? अध्यक्ष ओलीले प्रचण्ड नेपाल समुहप्रति कटाक्ष गरेका छन । अघिल्लो दिन प्रधानमन्त्रीको विरोधमा खर्चेका आरोप सुन्दा राजनीतिक संस्कारलाई देखाउँछ ।
प्रचण्ड–माधव समूहका नेता मध्ये साविक एमालेका ओलीको विरोधमा छन । त्यस्तै साविक माओवादीका नेताले प्रचण्डको विरोध गर्ने गरेकाछन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाच आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि दलका नेताहरुले त्यसमाथि अनेक टिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले धेरै कुरा स्पष्टता पारेका छन् । अवको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ भन्ने ग्यारेन्टी दिनुपर्छ । नेकपा विभाजन रोक्न नसके पनि फेरि एकताबद्ध वनाउने पहल भएको छ।एकतामा मात्र वल हुन्छ भन्ने चेतना भएमा अवस्थामा सुधार आउनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...