Pokharapatra National Daily

विवादका बीच एमसीसी अनुमोदन

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी बीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको करिब दुईवटा वर्षपछि गठबन्धन दलभित्रको असन्तुष्टिबीच एमसीसी अनुमोदन भए पनि जनतामा भएको नकारात्मक भावना चिर्ने चुनौती छ।सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसीको विरोधमा सडकमा कार्यकर्ता उतारेर संसदमा लुसुक्क अनुमोदन गराउने कार्यले कार्यकर्तालाई निराश बनाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । ब्याख्यात्मक घोषणाको अमेरिकाले मान्यता दिनेमा सन्देह छ ।
फागुन ८ गतेदेखि टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो । सत्तारूढ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समर्थन गरे । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरु विभाजित भए । धेरैले व्याख्यात्मक घोषणा गरेर पास गर्नुपर्ने बताउँदा विरोध गर्नेहरुले भने राष्ट्रिय हितमा नभएको बताएका थिए । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले प्रकियामै भाग लिएनन् । २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको एमालेका सांसदहरूले दुबै वैठकमा वेलमा नाराबाजी गरे । १४ सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै नाराबाजी गरेका उनीहरुले एमसीसीको समर्थन वा विरोध भने गरेनन् । एमाले सांसद भीम रावलले भने छलफलमा भाग मात्र लिएनन्, एमसीसीको विरोध गरे ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताए । संसद बैठक स्थगित भएपछि बानेश्वरमै मन्त्रिपरिषद बैठक बस्यो, व्याख्यात्मक घोषणाको प्रस्ताव पास गर्यो । नेपालका राजनीतिक दलहरूबीच सहमतिको वातावरण नबनाई संसदबाटो विदेशसंग गरिएको सम्झौता विवादित हुने गरेको छ।दलका नेताहरूको स्वार्थमा हतारमा निर्णय गरेर अनुमोदन गराउने पुरानै शैली हो । नेता पनि तिनै हुन। अहिले माओवादी केन्द्रका र मधेस केन्द्रीत दल थपिएका छन।विवादका बीच २०५३ असोज ४ गते महाकाली एकीकृत विकास सन्धि संसद्‍को दुई तिहाई बहुमतबाट पारित भएको थियो । अहिले जस्तै त्यससमयमा पनि सन्धि पारित गर्ने विषयमा व्यापक राजनीतिक ध्रुविकरण भएको थियो । जसको सबैभन्दा ठूलो असर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र परेको थियो । महाकाली सन्धिको विषयलाई लिएर सो दल फुटेको थियो ।
अहिले महाकाली जस्तै एमसीसीको विषयमा सडकदेखि सदनसम्म ध्रुविकरण देखिएको छ । प्रमुख प्रतिपक्षी दल मौन र गठबन्धनभित्र चर्को असन्तुष्टी देखिएको एमसीसी सम्झौतालाई पारित गराउन व्याख्यात्मक टिप्पणीको साहारा लिइएको छ । त्यस्तै महाकाली सन्धि अनुमोदन गर्ने समयमा पनि ‘संकल्प प्रस्ताव’को साहार लिइएको थियो । आइतबार एमसीसी सम्झौतामाथि सौद्धान्तिक छलफल भाग लिने सांसदहरुले समेत व्याख्यात्मक घोषणाको हैसियत के हुने भन्दै प्रश्न गरेका थिए । जसमा एमसीसीको विषयमा चर्को विरोध गर्दै आएका पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि नेकपा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले व्याख्यात्मक घोषणालाई एमसीसीले स्वीकार नगरे के हुने भनी प्रश्न उठाएका छन । शुरुमा विरोधमा उत्रिने पछि सत्ता स्वार्थमा अनुमोदन गराउन अनैतिक र झेली काम गर्ने गरेका छन।त्यसको असर परियोजना संचालनमा पर्नेछ । जनतामा फैलाएको भ्रमका कारण आफैंलाई अप्ठ्यारो पार्नेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...